ओलम्पिक ज्योतिसंगै जलेका सपनाहरू

Read Time:10 Minute, 44 Second

बेलायत, बिजय हितान, बेलायतसंगै सम्पुर्ण बिश्वनै ओलम्पिक ज्वरोबाट गुज्री सकेको छ । बेलायतमा बसेर होस या नेपालमा, प्रत्यक्ष रङगसालामा गएर हेरेको होस या टेलिभिजनका स्क्रिनमा, पत्रपत्रिकाका पानाहरूमा पढेर होस या रेडियोका तरङमा सुनेर, म जस्तै सम्पुर्ण नेपालिहरूमा आजभोलि एउटै प्रश्न छ होला – किन नेपालले ओलम्पिकमा एरुटा पनि पदक जित्न सकेन ? सन १९६४ देखि ओलम्पिकमा भागलिँदै आइरहेको, खेलकुद भनेपछि मरिहत्ते गर्ने, नेपालले आजसम्म पनि एउटा पदक हातपार्न नसक्नु कौतुहलको बिषय बन्यो मेरो । सुनेको थिएँ  सन १९८८ को सिओल ओलम्पिकमा बिधान लामाले कास्य पदक पाएको ताइक्वान्दोमा । गौरब अनुभुती गरेको थिएँ । तर यी पङ्तीहरू लेख्ने क्रममा अनुसन्धान गर्दै जाँदा उक्त पदक  बास्तबिक ओलम्पिक खेलमा नभै एक प्रदर्सनी खेलको रुपमा जितिएको रैछ । त्यसपछी खिन्नता महसुस भयो एकाएक मेरो मनमा । सन २००० को सिडनी ओलम्पिक देखि मात्रै ताइक्वान्दोलाई ओलमपिकमा पूर्णरुपमा समाबेस गरिएको रहेछ ।

म तपाईंहरू जस्तै एक खेलप्रेमी बेल्पाली (बेलायती नेपालि) । आफ्नै घरको साङ्हारमा ओलम्पिक भैरहँदा पनि रङसालामा गएर प्रत्यक्ष हेर्ने सामर्थ्य भएन ।  गत बिहिबार ९ अगस्टको राती घरकै टेलिभिजनमा बेलायत बिरुद्द अफ्गानिस्तान कास्य पदकको लागि खेलिएको ताइक्वान्दो खेल हेरे । अफ्गानी केटाले जित्यो । उक्त बिजयी खेलाडी अफ्गानी झन्डा बोकेर रङगसालाको वरिपरि दौड्यो । मैले सोँचे – यदि त्यो केटा एक नेपालि भएको भए ?  प्रश्न गरे आफैलाई, के ओलम्पिकमा पदक जित्न अफ्गानिस्तान जस्तै साम्राज्यबादीको उपनिबेस हुन पर्छ ? या बिदेशि सिपाहीहरूको बुटले त्यो देशको माटोलाई कुल्चेको हुनुपर्छ ? या त अमेरिका र बेलायतका ट्याँकहरूले त्यो देशको छातीलाई टेकेको हुनुपर्छ ? रणभुमिमा बिजय प्राप्त गर्न नसके पनि खेलको रङगसालामा बिजय प्राप्त गर्दा उसलार्इ कति गर्ब लागेको होला आफ्नो देश प्रति ! तालीबानले अफ्गानिस्तानको गुफा र कन्दरामा कति बिजय उत्सव मनाए होलान त्यस दिन !  मलार्इ लाग्थ्यो नेपाल मार्सल आर्ट्समा धेरै अगाडी छ । तर ५ सदस्यिय नेपाली ओलम्पिक समुहमा ताइक्वान्दो खेलाडीको सहभागिता नदेख्दा आस्चार्य परेको थिएँ । त्यसैमा यी खेलाडीको सहभागिताको बारेमा नेपाल रास्ट्रिय खेलकुद परिसद नै अनभिग्य छ भनि समाचारहरुमा सुन्दा आस्चार्य मात्रै होईन झोँक पनि चलेको थियो भ्रस्ट नेपालि सरकार र राजनीति प्रति ।  

त्यसैगरी महिलाको माराथुन दौड हेरेँ आइतबार ५ अगस्टको दिन । अनी तिकी गेलानाले स्वार्ण पदक जितेको देख्दा फेरि एउटा प्रश्न उब्ज्यो ममा – के ओलम्पिकमा पदक जित्न इथियोपिया जस्दै गरीब हुनुपर्छ देश ? अनी २००४ को एथेन्स ओलम्पिकमा चाईनाको लिउ जेङ ले ११० मिटर हर्डल जितेको संम्झदा ओलम्पिक दौड जित्न काला जातिको खेलाडी हुनैपर्छ भन्ने पनि छैन । तर प्रश्न याँहा के ठडिन्छ भने किन हामि नेपालिले ओलम्पिकमा सहभागि भएको आधा सताब्दिसम्म पनि केही जित्न सफल छैंनौ ? हाम्रो सारिरिक बनोट (होचोपन) लाई दोस दिने हो भने हामी जस्ता होचा म्याराडोना, लाइनन मेसीलाई, अनी विश्व कप बिजेता स्पेनका खेलाडीहरूलाई हेरे हुन्छ । हो, केही खेलहरुमा शरीरको उचाइले अवस्य असर पार्दछ ।  जस्तै भलिबल, बास्केटबल, ताइक्वान्दो इत्यादिमा । त्यसैले होला ताइक्वान्दो नेपालमा अति नै प्रचलित भएर पनी अर्न्तरास्ट्रिय स्तरमा आफ्नो बर्चस्वता कायम गर्न सकेको छैन् । चाइना, जपान र कोरिया जस्ता देशहरू सधैं अग्र स्थानमा आउँछन विश्व कप र ओलम्पिक प्रतियोगितामा, यद्यपी उनिहरु हामी नीपाली जस्तै होचा भएता पनि । देखिएको छ नयाँ सन्तान पुराना भन्दा अग्ला हुँदै गैरहेका छन । अग्लाले मात्रै खेलहरू जित्न सक्छन् भन्ने मान्यतलाई बिस्वास गर्ने हो भने नेपालले ओलम्पिकमा पदक जित्न अर्को एक सताब्दी पर्खने हो की ?

नेपालको बारेमा जति पिर गरेपनी कोइ सक छैन बेल्पालीहरूले यस पालीको ओलम्पिक खेल हेरेर निकै आनन्दित  भए । किन भने बिश्वका अरु देसमा जस्तै राती राती उठेर हेर्न परेन । त्यसै माथी बी बी सी को कलात्मक अनी प्रत्यक्ष टेलिभिजन प्रसारणले घरमै बसेर ओलम्पिकको मजा लिन सकिएको थियो । यो नै सस्तो मिठो उपाय थियो ।  सयौँ पाउन्ड तिरेर रङगसालामा गएर हेर्ने सामर्थ्य थिएन मेरो । ओलम्पिक रङगसालामा दिन दिनैको ८० हजारको भिडमा म हुन सकिन । धनीले मात्रै टिकट किनेर हेर्न सक्ने यो खेल प्रर्दसन, आखिरमा मोज मजा धनी हरुकै हो भन्ने सम्झेर मेरो मन अमिलो न भएको भने होइन ।
 
प्रतेक दिन छिटो छिटो कामबाट आउनसाथ स्टेला बीयरको साथमा टेलिभिजनको नजिकै टासिएर दुइहप्ता बिताएको थिएँ । स्यानो छोराले कार्टुन र श्रीमतीले हिन्दी सिरियल हेर्न नपाउँदा सधैं रिमोट कन्ट्रोल माथी हाम्रो  लुछा चुँडी हुन्थ्यो । ओलम्पिक दौरान भरी न त कतैबाट मोबाइल फोन आयो न त त्यति ईमेल नै । मेरा सम्पुर्ण मित्रहरू र आफन्तहरू ओलम्पिक हेर्न ब्यस्त छन भन्ने अनुमान लगाउन सकिन्थ्यो । नेपालले कुनै पदक जित्न नसकेको खिन्नता त छँदै थियो तर ओलम्पिकको बिर्सनै नसकिने क्षण उसेन बोल्टको १०० मिटर र २०० मिटरको जित थियो मेरो लागि । त्यसपछि भब्य उदघाटन समारोह, बेलायत आफै तेस्रो स्थानमा र एक सफल ओलम्पिकको रुपमा हामी सबैको मानसपटमा यो घटना जिवनभर रहिरहने छ । त्यसरी नै मनमा रहिरहने छ हाम्रो । एक नेपाली खेलाडी पदक जितेर चन्द्र सूर्य झन्डामा बेरिएर रङगसालाको वरिपरि हिंडेको देख्न नपाएको । अनी अमिलो महसुस भेइरहने छ हामीलाई – पदक जितेपछी सयौँ फुलका थुङा हामी राष्ट्रिय धुन रङगसालाभरी गुन्जिएको सुन्न नपाएकोमा ।

कुनै क्षण आउला कतै एक नेपाली भएर गर्ब  गर्ने दिन ? भो, नेपाल बुध्दको देश भनेर नाख ठुलो पार्ने चलन पुरानो भयो अब । भएका एउटा बुद्दलाई पनि भारतले आफ्नो भन्ने । त्यसैमाथी दलाई लामा बेलायत आएर बुद्द नेपालमा जन्मेका हुन भन्न नचाहेको बिषयले त हामी बेल्पालीलाई पार्नु पिर पारेको छ । हुन पनि हो जतिबेला बुद्द जन्मे त्यतिबेला नेपाल भन्ने एक स्वतत्र देश थिएन । सम्पुर्ण दक्षिण एसियालाई भारत बर्ष भनिन्थ्यो त्यतिबेला । हामीलाई चिनाउने अर्को बस्तु सगरमाथालाई उत्तरबाट चाइनाले कोतार्दै लगेको त धन्न सुनेको छैन मैले । तर जलबायु परिवर्तनको असरले हिउँ पग्लिएर सगरमाथाको उचाइ घट्यो भने संसारको अग्लो चुचुरो भनेर छाती फुल्याउन बन्द हुनेछ । यो परापुर्ब कालको भगवान र प्रकृतिले दिएको कुरालाई लिएर घमन्ड गर्ने बेला छैन यो उत्तर आधुनिक युगमा । सकिन्छ भने मानव रचित बिश्वबिख्यात कार्यहरू गरेर छाती फुल्याएर हिँडन सकौं भन्ने मेरो मान्यता हो ।  कि त दुबइको बर्ज खालिफा जस्तो बिश्वकै अग्लो भवन निर्माण गरेर, या त इन्डिया र चाइनाले जस्तो आर्थिक बिकासमा लम्केर, या त कार्ल लुइस, उसेन बोल्ट जस्ता  बिस्वप्रसिद्द खेलाडीहरू उत्पादन गरेर मात्रै छाती फुलाएर हिँडने युग आएको छ । त्यसैले आज एउटा यस्तो तारा जन्मिनु परेको छ नेपालमा जसले सधैं हामी नेपालीलाई संसारमा चम्काइ रहोस, गौरब बनाउन सकोस । तर यस ओलम्पिक अवधिभरी जसरी ओलम्पिक दीपको ज्योति जलिरह्यो त्यसरी नै एक नेपालीले कतै एक पदक जित्छनकी भन्ने मेरो सपना जलिरह्यो, जलिरह्यो ।      

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %