१२ अगष्ट, हंगकंगमा अन्य संस्थाको दाजोमा बढि कार्यक्रम गर्ने संस्थाको रुपमा चिनिने मगर संघ हंगंकंगको १५ औ बार्षिक उत्सब याउ मा तेइ कम्यूनिटि हलमा केक काटेर सम्पन्न भएको छ । संस्थापक अध्यक्ष भोलानाथ थापा मगरले प्रमुख आतिथ्य गर्दै सम्बोधनको क्रममा मगर संघ हंगकंगको स्थापना भएको दिन स्मरण गराएका थिए । हंगकंग नेपाली महासंघका अध्यक्ष प्रदिप थापा मगर र आदिवासी जनजाति महासंघ हंगकंगका अध्यक्ष एम वि थापा मगर विशेष अतिथि रहेका थिए । अन्य अतिथिहरुमा बिभिन्न संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए । संघकी अध्यक्ष चन्द्र ज्योति आले मगरको अध्यक्षतामा महासचिब बोध बिक्रम थापा मगरले कार्यक्रम सञ्चालन गरेका थियो भने उपाध्यक्ष प्रेम थापा मगरले स्वागत मन्तब्य दिएका थिए । महासंघका अध्यक्ष प्रदिप थापा मगर तथा संघका पूर्व उपअध्यक्ष हर्क राना मगर साथै मगर बौद्ध समाज हंगंकंगका अध्यक्ष प्रेम गलामी मगरले पनि सुभकामना दिएका थिए l गलामी मगरले मगरको मर्दा पर्दा चाहिने कर्म काण्डको बारेमा बताएका थिए l
कार्यक्रममा संघलाई विशेष योगदान दिने ब्यक्तिहरुलाई प्रशंसापत्रले सम्मान गरीएको थियो भने आजिबन सदस्यहरुलाई आजिबन सदस्यता ताम्रपत्र प्रदान गरीएको थियो । पहिलो चरणको कार्यक्रम समापन भए पश्चात दास्रो चरणको कार्यक्रममा महासचिब बोध विक्रम थापा मगरले कार्य पत्र प्रस्तुत गरेका थिए ।
मगर संघ हंगकंगले १५ औं बार्षिक उत्सब मनायो
Read Time:2 Minute, 7 Second