६ अगष्टका दिन भैरहवाबाट काठमाण्डौतरर्फ आउदै गरेको बस धादिङको महेस खोलामा दुर्घटना हुदा ११ जना यात्रुले घटनास्थलमा नै ज्यान गुमाएका थिए । सोही दुर्घटनामा परी मगर संघ युएईका भूतपूर्व अध्यक्ष श्री हरि घर्ती मगरको पुज्यनिय माता पार्वती घर्ती मगर तथा धर्मपत्नि शुसिला धर्ती मगरको पनि असमायिक दुखद निधन भएको मगर संघ युएईका अध्यक्ष नुन प्रसाद सोमै मगरले बताए । त्यसैले यस्तो दुखद घडीमा घर्ती मगरप्रति भगवान बुद्धले धैर्य घारण गर्ने शक्ति प्रदान गरुन भन्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरी शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना मगर संघ युएईले प्रकट गरेका छ ।
युएईका भू.पु उपाध्यक्ष घर्ती मगरले दुर्घटनामा आमा र श्रीमती गुमाए
Read Time:59 Second