व्याकुल माइलालाई बेलायतमा सम्मान

Read Time:7 Minute, 41 Second

प्रवासमा रहेको नेपालीहरु विच नेपाली भाषा, साहित्य,कला तथा संस्क्रितीको संरक्षण र संवर्धन गर्ने पवित्र उद्देश्यका साथ नयाँ सन्देश साप्ताहिकको पहलमा नेपाली भाषा, साहित्य, कला तथा संस्क्रितीको क्षेत्रमा अतुलनिय योगदान गर्नु भएको नेपाली राष्ट्र गानका सर्जक व्याकुल माइला लाई बेलायतमा बसोबास गरिरहेको नेपालीहरुको तर्फबाट बिभिन्न ठाउँहरुमा सम्मान प्रदान गरिदै आईरहेको छ । यसै सन्दर्भमा नेपाली समाज स्वीन्डनको प्रमुख आयोजकत्वमा तथा किराँत राई यायोक्खा वेलायत, प्रारम्भिक कार्य समिती स्वीन्डनको सह-आयोजकत्वमा यही ४ अगष्ट, २०१२ मा पार्क साउथ कम्युनिटी हल स्वीन्डनमा श्रष्टा सम्मान तथा सांस्कृतिक साँझ २०१२ सम्पन्न भएको छ । उक्त कार्यक्रममा नेपाली राष्ट्र गान सिर्जना गरी नेपाली भाषा, साहित्य, कला तथा संस्क्रितीको क्षेत्रमा अतुलनिय योगदान पुर्‍याउनु भएकोमा नेपाली राष्ट्रिय गानका सर्जक व्याकुल माइला तथा नेपाली सांगीतिक क्षेत्रका चर्चित गायिका पार्वती राईलाई स्वीन्डनमा बसोबास गर्ने सम्पूर्ण नेपालीको तर्फबाट सम्मान गरिएको थियो । नेपाली समाजका अध्यक्ष धन बुढाथोकीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथी तथा सम्मानित व्यक्तित्व व्याकुल माइलाले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो।कार्यक्रममा किराँत राई यायोक्खा वेलायतका कानूनी सल्लाहकार तथा नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक चन्डिराज राई बिशेष अतिथी रहनु भएको थियो भने अन्य अतिथीहरुमा मगर संघ यू के, शाखा कमिटी स्वीन्डनका अध्यक्ष तथा नेपाली समाज स्वीन्डनका सल्लाहकार मोहन थापा, किराँत याक्थुङ चुम्लुङ यू के, शाखा कमिटी स्वीन्डनका अध्यक्ष तथा नेपाली समाज स्वीन्डनका सल्लाहकार हरिभक्त लिम्बु, किराँत याक्थुङ चुम्लुङ स्वीन्डनका उपाध्यक्ष कोपिला सुब्बा हुनुहुन्थ्यो भने अन्य उपस्थित महानुभावहरुमा नेपाली समाज स्वीन्डनका सल्लाहकारहरु बिज्ञान शर्मा, रिम गलामी, स्थानिय समाजसेवी बागवीर राई, रि. क्या. भवानी शंकर राई, रि. क्या. वेल बहादुर राई, रि. क्या. बेदलभ राई लगायत हुनुहुन्थ्यो ।
कार्यक्रममा नेपाली समाज स्वीन्डनक जेष्ठ नागरिक संयोजक ले. रि. जुम बहादुर गुरुङ्ले हेल्थ एण्ड सेफ्टीको बारेमा जानकारी गराउनु भएको थियो भने किराँत राई यायोक्खा स्वीन्डनका अध्यक्ष धन कुमार राईले स्वागत मन्तव्य गर्नु भएको थियो । स्वागत मन्तव्यको क्रममा उहाँले नेपाली राष्ट्र गानका सर्जक व्याकुल माइला लाई सम्मान गर्न पाउँदा खुशी लागेको बताउनु भयो । नयाँ सन्देश साप्ताहिकका प्रधान सम्पादक अधिवक्ता चण्डिराज राई ले वेलायतमा नेपाली राष्ट्र गानका सर्जक व्याकुल माईला लाई सम्मान गरिनु पर्ने कारणहरुको बारेमा प्रकाश पार्नु भएको थियो । सो क्रममा उहाँले मान्छेको अमूल्य सम्पत्ति भन्नु नै उस्को भाषा,साहित्य, कला र संस्क्रिती रहेकोले हामी विश्वको जुन कुनामा गए पनि तेस्को संरक्षण र संवर्धन गर्नु पर्ने कुरामा जोड दिनु भयो । साथै उहाँले बेलायतको प्राथमिक स्कूलहरुमा पनि नेपाली भाषाको पठन पाठनको ब्यबस्था हुनु पर्ने र त्यस्को लागि सबै मिलेर पहल गर्नु पर्ने बताउनु भयो । कार्यक्रममा सम्मानित व्यक्तित्व राष्ट्र गानका सर्जक व्याकुल माइलाले वेलायती प्रवासी नेपालीहरु बिच आएर यती धेरै सम्मानित हुन पाउदा खुसी लागेको बताउनु भयो साथै उहाँले, वेलायती प्रवासी नेपालीहरुमा आफ्नो भाषा,साहित्य,कला, संस्क्रिती प्रतिको अपार माया तथा श्रध्दा पाएको र यो कुरा यहाँका भावी सन्ततीहरुमा पनि फैलाउदै लानु पर्नेमा जोड दिनु भयो । सो अवसरमा मगर संघ यू के, शाखा कमिटी स्वीन्डनका तर्फ बाट इन्दिरा गलामी मगरले समानित व्यक्तित्व ब्याकुल माईला प्रती समर्प्रित नानीमैया मगरले लेख्नु भएको मिठो कविता वाचन गर्नु भएको थियो । कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्नु हुँदै कार्यक्रमका अध्यक्ष धन बुढाथोकीले पहिलो औपचारिक कार्यक्रमको अन्त्य भएको घोषणा गर्नु भए पछी दोश्रो चरणमा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको दोश्रो चारनमा नेपाली सांगीतिक क्षेत्रका लोक प्रिय गायिका पार्वती राईले आफ्ना लोकप्रिय गीतहरु, “माया गर्ने धेरै छन”, “बिर्सी जानेले त”, “खोटाङ हलेसी” लगायत गाएर उपस्थित दर्शक श्रोताहरुलाई नचाउन सफल हुनुभएको थियो भने स्थानिय गायकहरु दौलत राई र बि सि राईका प्रस्तुतिहरुले पनि सबैको मन छुन सफल भएको थियो । त्यसैगरी स्वीन्डनका प्रतिभा सबिता राना र सम्झना रानाले प्रस्तुत गर्नु भएको कौडा नाँचले सबैको वाहावाही पाउन सफल भएको थियो भने सबिता रानाको एकल न्रित्य, “यो मेरो दिल किन गर्छ ढक ढक ” ले पनि सबै प्रशंसा बटुल्न सफल भएको थियो । । अन्य न्रित्य,” पालुवा पालुवा ” रसना लिम्बु र अनुज्ञा लिम्बु र ” सोचे जस्तो हुन्न जीवन ” रसना लिम्बुको आकर्षक प्रस्तुतिहरुले पनि सबैको मन छुन सफल हुन भएको थियो । कार्यक्रम सन्चालन नेपाली समाजका सचिव भोला बिक्रम राईले गर्नु भएको थियो ।

अनिता राना मगर
स्वीन्डन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %