लन्डन ओलम्पिक, ५० किलोमिटर दौडमा राना मगरले भाग लिने

Read Time:6 Minute, 12 Second

राज्यसत्ता, अगष्त ९, भारतीय सैनिकमा कार्यरत सुनवल-८, सिरानटोलका वसन्त बहादुर राना मगर लन्डन ओलम्पिकमा ५० किलोमिटर दौडमा ११ अगष्टको राती १० बजेप्रतिस्पर्धा गर्दै छन । रूपन्देहीको सिमलार- १ चम्केपुर, २०४६ मा जन्मेका वसन्त बहादुर बाबा धनबहादुर राना मगर र आमा गोमा माया राना मगरका जेठा छोरा हुन् । उनको पुख्र्याउलि घर स्यांगजाको बांसडाडा बानेथोक हो। परिवार बसाइँ सरेर सुनवल-८, सिरानटोल आएका थिए । पढ्दापढ्दै बुटवलमा १० वर्षअघि खुलेको गोर्खा भर्तीमा भर्ना हुन जाँदादौडमा पहिलो भएर सन् २००२ मा भारतीय गोर्खा सैनिकमा छनौट भएका थिए । पल्टन जानु अगी उनि कुनै खेलमा सहभागी थिएनन्, उनि भन्छन खेलकुद क्षेत्रमा लागेको बल्ल ७ बर्ष भयो, भने उनि भारतकै पहिलो हिडाई खेलाडी हुन् । बसन्त बहादुर राना मगरले यो खेलबाट ३ पटक भरतीय राष्ट्रिय च्याम्पियनको गोल्डमेडल हातपारी सकेका छन ।

रुपन्देही चम्केपुरका बसन्त राना मगर मात्रै भने एक्ला नेपाली खेलाडी होइनन उनिसंग अरु ३ जना नाम्चेका तरुनदीप राई बर्ष २८, धनुषबाणमा, गुहाटीका सिबथापा बर्ष १८, (५६ केजी) तौलमा पुरुष तर्फबाट बक्सिंगमा र बर्ष ३० का भरत क्षेत्रीले हक्किको किप्परमा पनि भारतको तर्फबाट यो ओलम्पिकमा सहभागीता जनाईरहेका छन् । बसन्त राना मगर र तरुन्दिप राई बहालवाला गोर्खा सैनिक हुन भने २ जना गैरसैनिक हुन । तर उनिहरुको मात्रै बिदेशबाट पहिलो सहभागीता भने होइन । ओलम्पिकमा बिभीन्न समयमा बिभीन्न ठांउबाट प्रबासी नेपालीले भागलिदै आईरहेका छन् ।
यहा स्मरण रहोस सन् १९६४ मा जापानको टोकीयोमा नेपालको तर्फबाट  प्रथम् चोटी बेलायती गोर्खा सैनिक (६ र्गोखा राइफलस् बाट ४ जना लाहुरे नाम्सिंग थापा मगर, ओम प्रसाद पुन मगर, राम प्रसाद गुरुंग र भिम बबहादुर गुरुंग चारै जनाले बक्सिंगमा प्रतिश्प्रर्धाको लागी नेपालको तर्फबाट प्रतिनिधीत्व गरेका थिए । नामसिं थापा मगर (हाल रिटायर क्याप्टेन) क्वाटरफाइनलिस्ट हुन । उनिहरु चारैजना हंगकंगबाट सिदै जापान प्रश्थान गरेका थिए भने दुई जना माराथुन दौडका खेलाडी भुपेन्द्र बहादुर केसी र गंगाबहादुर थागा क्षेत्रीले नेपालबाट गएका थिए । त्यो बर्ष नै नेपालले पहिलो ओलम्पिकमा नेपाली खेलाडीको प्रबेशका लागी ढोका खोलेको बर्ष थियो ।
रोचक कुरा त के छ भने सन् १९६४ मा जापानको टोकीयोमा भाग लिन जांदा यि गोर्खा सैनिकहरुलाई नेपाल सरकारको तर्फबाट नेपाली खेलाडी भनेर लगीएको थियो भने अहिले भारतले गोर्खा सैनिकद्धय बसन्तथापा मगर र तरुनदीप राइको जन्म स्थानमा चंकेपुरलाई चम्कीपुर भारत र नाम्चेंलाई नाम्ची, भारत भनि लेखिएकोले भारतको नेपालप्रति हेर्ने दष्टिकोण यथावत रहेको देखिन्छ । यस बिषयमा नेपाल सरकारलाई र पत्रकार मित्रहरु साथै स्वभिमानी आम नेपालीहरुलाई आवाज बुलन्द गर्न राज्यसत्ता अनलाइन् हाद्धिक अनुरोध पनि गर्दछ ।
६ जनामध्ये गंगा बहादुर थापाको केहि बर्ष अगाडी अवशान भै सकेको छ भने भुपेन्द्र केसीले नेपाल सरकारबाट मासीक भत्ता खादैछन् र हाल ओलम्पिकको नेपाली टीमसंग लन्डन घुमघाममा ब्यस्त छन । यता कागजको खोस्टाको सम्मानले सम्मान मात्रै गरेर क्याप्टेन नामसिं थापा मगर हंगकंग, एक जना कालेंगपुग, दार्जिलिंग र दुइजना नेपालमै भत्ता त के नेपाल सरकार र नेपाली संचार माध्यामबाट बेखबर छन् । यहा पनि ओलम्पिक जस्तो गरिमामय खेलमा भाग लिने जनजाती खेलाडीहरुलाइ ब्राहमण शासकले बिभेद गरि अन्याय गरेको प्रश्ट देखिन्छ ।

नेपालबाट सहभागी खेलाडीहरु निम्न रहेका छन् तर सबै हिटबाट नै बाहिरिएका हुन l

1. प्रमिला  रिजाल, वर्ष २७, एथलेटिक्स महिला तर्फ १०० मिटर l
2. प्रसिद्ध  जंग  शाह, वर्ष २३, स्विम्मिंग पुरुष तर्फ ५० मिटर फ्री स्टायल, ६८ kg/१५० lbs समूह l
3. श्रेय  धिताल, वर्ष १७,  स्विम्मिंग  १०० मिटर फ्री स्टायल l
4, स्नेह  राणा, वर्ष १९, शूटिंग १० मिटर  ऐर राइफल  ३८५/४०० पोइन्ट्स  हित  तर्गेट्स l
5, तिलक  राम  थारु, वर्ष १९, एथलेटिक्स पुरुष तर्फ  १०० मिटर, ७२kg/१५९lbs समूह .

हुमबहादुर (पचभैया) थापा मगर
हाल जिब्राल्टार (समुद्रि यात्राबाट)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %