आशाक्ती बाट मुक्ती….

Read Time:13 Minute, 16 Second

 भगवान बुद्धको शिक्षा भनेको नै अकुशल चिजलाई त्यग्नु र कुशल चिजलाई ग्रहण गर्नु हो। हामीमा सुखको अनुभुती र् दु:खको अनुभुतीमा नअल्झिकन दुबैको प्रभावबाट उम्कने बाटो खोज्नु पर्द्छ । बुद्ध शिक्षाको उदेश्य एउटै हो मनुश्यलाई दु:ख मुक्ती गराउनु हो । मनिस जहिलेसम्म दु:खको भुमरीबाट निस्कन सक्दैन तबसम्म बुद्ध शिक्षाको प्रमुख लक्ष्य सम्यक दृष्‍टि पुरा हुँदैन । सम्यक दृष्‍टि भइ वस्तुको वास्तबिक ज्ञानको जानकारी नभए सम्म निर्वाणमा पुग्न सकिदैन । अझै हामी अनेक इच्छा अकाक्षाहरु पालीरहेका हुन्छौ हामी इच्छा आकांक्षाको जालोमा फसिरहेका हुन्छौ । त्यसैले भगवान बुद्ध भन्नुहुन्छ यो इच्छा आकांक्षा अती प्रमदको मार्ग हो । यो कुनै निर्वाणको मार्ग होइन। “यो मार्ग भनेको सुखमा मत्तिनु र दु:खमा मत्तिनु मात्रै हो”। अलाश्यता र तनबको मार्ग भनेर जान्नु पर्दछ । यदी आफु भित्र नियलेर हेर्ने हो भने आफुलाई सधैं तनाबै-तनावमा डुबे को पाउदछौ । यसको मुल करण लोभ, क्रोध, शोक (चिन्ता) नै  हो, यदी अतिप्रमदको मार्ग आबलम्बन ग-यौ भने समस्य र् चिन्ता बहेक केही पनि पाउन सकिदैन । सुख र् दु:ख कुनै पनि अवस्थामा रहिरह्दैन त्यसैले त सुखद छैन हामीले भनेको सुखद त केही समयको लागि मात्रै हो ।

          जो कोहीलाई दु:ख मन पर्दैन सबैलाई सुख नै चाहिन्छ । साचै भन्ने हो भने सुख नै दु:खको अर्को रुप हो । दु:ख भनेको सुखको स्थूल रुप हो । जस्तोको बाघको पुच्छर समाउनु जतिकै हो बाघको टाउको दु:खको मुख्य रुप हो भने पुच्छर सुखको रुप हो । बाघको टाउको खतरापूर्ण छ । किन कि उसले सिधै टोक्छ तर पुच्छर समातियो भने बाघले फर्केर टोक्छ किन कि टाउको होस या पुच्छर दुबै बाघ कै हो । त्यसैले सुख होस् या दु:ख मनवको एउटै हो, जुन मनिसको तण्हाबाट सुरु भएको हुन्छ । त्यसैले सुख, दुख, प्रसन्नता, पिडा सबै एउटै मध्यम तण्हाबाट उत्त्पन्न भएको हो । त्यसैले मनिस सुखमा भए पनि मनलाई शान्त बनएर बस्न सक्दैन । जस्तो मानिसलाई धन सम्पत्ति-मान-मर्यादा प्राप्त हुन्छ स्वभाबिक रुपमा खुशी हुन्छौ । तर मन भने जति खेर पनि बेचैन भैरहेको हुन्छ ! किन कि त्यो सुख सकिन्छ कि भनेर चिन्ता भै रहेको हुन्छ ! धन सम्पत्ति चोरि हुन्छ की भनेर चिन्ता थपी रहेको हुन्छ यस चिन्ताले मानिसलाई दुख नै भैरहेको हुन्छ यो भनेको सर्पको पुच्छर समाउनु जतिकै हो ! सर्पको पुच्छर समातेर छोडीएन भने टोक्ने डर भैरहन्छ ! त्यसैले टाउको होस् या पुच्छर आखिर सर्प कै हो त्यस्तै सुख होस् या दुख आखिर तृष्णाबाट नै आएको हो यो त   तृष्णा रुपी जीवन चक्र मात्रै हुन् ! यदि हामीले ध्यानको मार्गबाट मनलाई नियालेर हे-यौ भने हामीलाई थाहा हुन्छ सुखद भने को नत हामी ले भन्ने गरे को सुख नै हो नत दुख नै हो यी दुवै सत्य चिज होइन! भगवान बुद्ध ले भन्नु भएकोछ ” तथागत ले बाटो मात्रै देखाइ दिनुहुन्छ हिडेर जाने काम त आफैले गर्नु पर्दछ” त्यसैले भगवान बुद्धले अभ्यास गर्ने बिधि पूर्णरुपमा सिकाई दिनु भएकोछ हामी अभ्यास गरिरहेका छौ भने पनि मन र बचनमा समन्वय आएको हुदैन हामी तर्क बितर्कमा घुमिरहेका हुन्छौ ! बुद्ध शिक्षा भनेको सत्य बारे पूर्ण ज्ञान प्राप्त गर्नु हो ! त्यसैले सत्यलाई शब्दमा कैद गर्न सकिदैन र त्याग्न पनि सकिदैन ! यसलाई अभ्यासमा नै उतार्नु पर्दछ स्वयं आफैले उतार्नु पर्दछ ! यदि हामीले सत्य ज्ञानलाई जानेको छैनौ भने हामी दुखको भुमरीमा फस्छौ ! जस्तो मानौ एक व्यक्ति कामको लागि आफ्नो गन्तब्यमा जादै गर्दा अर्को कुनै मान्छेले तथानाम रुपमा गाली गरेर हिड्छ उसलाई अपमानि गरेर गएकोले उसकोमा बिचल्लित भएको हुन्छ उसलाई कतै पनि केहिनी राम्रो लाग्दैन काम पनि राम्रो संग गर्न सक्दैन भित्र भित्रै क्रोध जाग्छ उसलाई रिसले जलाई दिन्छ उ घर पुगेर नि मनलाई शान्त बनाउन सक्दैन अनि उसलाई बदलाको भावना उत्त्पन्न हुन्छ केहि समय पछी कुनै अर्को मान्छेले उसलाई भेटेर भन्दछ कि अघि तपाईलाई गाली गर्ने मान्छे त पागल हो ! उसले जसलाई देखे पनि यसरी नै गाली गर्दै हिड्छ अब यो कुरा सुने पछी उसको सबै रिस हराएर शान्त बनाई दिन्छ जुन क्रोध बदलाको भावना थियो सबै हराएर जान्छ किन कि अब उसले सत्य कुरा थाहा पायो ! पहिले त्यो मान्छेलाई सत्यको ज्ञान नै थिएन उसले त्यो गाली गर्ने मान्छेलाई सद्दे होला भनेर सोचेको थियो त्येसैले उसमा क्रोध बदलाको भावना जागेको थियो यसरी सत्य कुरा थाहा नपाउदा दुखको भुमरीमा फस्दै गैरहेको थियो क्रोध, जलनमा फसेको थियो अब सबै सत्य कुरा सुन्ने बितिकै जान्ने बितिकै सबै कुरा प्रस्ट भयो उसलाई सत्य ज्ञानले सबै संशय र अज्ञानता हटाई दिन्छ यथार्थ जानी सके पछी मात्रै समस्या ओझेलमा पर्दछ यसरी हामी पनि सत्य कुराको ज्ञान नहुदा सधै क्रोध रिस बदला जस्तो भयानक चिजमा अल्झीरहनु पर्छ ! धर्मलाई हामीले यथाभुत रुपमा जान्न सकियो भने क्रोध, राग, देष र मोहको कुहिरो पनि हटेर जान्छ हामीलाई त्यो कुराको ज्ञान नभए सम्म सोच्ने गर्दछौ म के गर्न सक्छु म भित्र यति बिग्ना राग, देष छ यस्तो विचार सत्य ज्ञान नजान्नले उत्त्पन्न हुन्छ ! यो पनि पागलको उदाहरण जस्तै हो जब सत्य ज्ञानको उजागर हुन्छ हामी पुरै रुपमा चिन्ता मुक्त हुन्छौ !

          सत्य ज्ञान कसैलाई पनि हेर्नु होस् भनेर देखाऊन सकिदैन यो सत्य ज्ञान आफैले अनुभव गरेर मात्रै देख्न सक्दछौ आफैले अनुभव गरेर मात्रै अज्ञानताको अन्त गर्न सकिन्छ अनि मात्रै आशक्तिबाट मुक्ति हुन सक्दछौ ! मानिस जन्मिदा नाम र जात सगै लिएर आएको हुदैन जन्मे पछी मात्रै उसलाई नाम दिइन्छ र बिस्तारै सिकाइन्छ कि यो त्यो जात भनेर यो त एउटा ब्यबहरिकता मात्रै हो ग्रन्थ पनि उही हो ! त्यसमा यो त्यो भनेर चिन्ह लगाउ कि सत्य कुराको अन्बेष्णमा सरलता आओस यो पनि एउटा ब्यबहरिकताको लागि मात्रै हुन्छ! सबै कुराहरु बनाउदै जान्छौ यो सस्कार मात्रै हो यो सबै बाहिर प्रभाव पर्ने तत्त्वको करणले उत्त्पन्न भएको हुन्छ त्यसैले तथागत भन्नुहुन्छ “अनित्य छ्न, दुखाकारी छन् र अनात्मा स्वभाव छन्, ति अस्थिर र परिवर्तनशिल छन्” यस कुरालाई हामीले दृद्ता पुर्बक बुझेका छैनौ हाम्रो बुझाई यथार्त छैन त्यसैले हामीमा मिथ्य धारणा पलाएको हुन्छ ! हामी नै सस्कार हौ भने सस्कार नै हामी हौ यी सुख, दुख हाम्रो हो भने हामी आफै सुख, दुख हौ भन्ने सोच नै मिथ्य धारणा हो ! बस्तुको यथार्थ स्वभाव, ज्ञान पाउन यसरी सकिदैन हामीले यसलाई आफुले भने जस्तो पार्न सक्दैनौ तिनीहरुले प्रकिर्तीको नियमलाई अनुशरण गरेको हुन्छ ! हामी मान्छौ संखाराले दुख दियो जस्तो समाधिमा रहदा अनेक प्रकारको अवाजहरु सुनिन्छ अवाजले कति दुख दिएको भनेर हामी गुनासो पोख्छौ हामीलाई दुखको अनुभूति हुन्छ ! तर गहिराईमा हे-यौ भने हामी आफै बाहिर अवाजमा पुग्दछौ भन्ने थाहा हुन्छ ! अवाज त अवाज मात्रै हो यसलाई हामीले बुझेउ भने अवाजले हामीलाई केहि पनि गर्दैन अवाज सुनिए सुनियोस अवाज आफ्नो ठाउमा छ हामी आफ्नो ठाउँमा बस्नु पर्छ ! यदि हामी आवाजको पछी लगिउ भने आफुलाई पाउन सक्दैनौ एक पल्ट मात्रै आफुलाई देख्न सकियो भने जति दिक्क हुन्थ्यो सबै हटेर जान्छ ! हामी आफै अवाजलाई खोजि खोजि अपनाउने गर्दछौ त्यसैले हामी स्वयं दोषी छौ ! यस कुरालाई जान्नु नै धर्ममा सच्चा ज्ञान हुनु हो ! दुवै ज्ञानले मात्रै शान्ति प्राप्ति हुन्छ ! एकतर्फी ज्ञानले दुख मात्रै निम्त्याउछ जसले गर्दा मध्यम मार्गलाई अपनाउनु पर्दछ ! यहि नै मनलाई बोध गर्ने उच्च उपाय हो यसै प्रकारले सबै संखाराको स्वभाव अनित्य र नाशवान हुन्छ ! तिनलाई पक्रीराख्न चाहन्छौ यसैलाई आशक्तिले बोकी हुड्छौ सत्य यहि हो भनेर ग्रहण गर्दछौ ! असत्य कुरामा सत्य खोजि हिड्छौ अनि दुख पाउछौ ! तथागतले यसलाई भविता गर्नु भन्नु भएकोछ ! धर्म अभ्यास भनेको मानिस अनुसार प्रयोग हुने कुरा होइन यो त बोध गर्न सक्नु र नसक्नुमा भर पर्छ ! यदि हाम्रो अभ्यास ठिक छ भने निश्चय पनि निब्बनिक सुख प्राप्त गर्न सक्छौ प्रत्यक मानिसलाई धर्म अभ्यास गर्ने र भविता गर्ने अवसर हुन्छ ! सबैले ध्यानमा त्यही काम गर्छन मार्ग त्यही हो विधि पनि त्यही हो अनि प्राप्ति पनि त्यही हो ! यथार्थतालाई जानी सके पछी धर्मको अववोध भए पछी पुनर्भव हुदैन किन कि जन्म लिनु पर्ने कारण जन्मको बाटो बन्द भै सकेको हुन्छ ! त्यस अबस्थामा हामीले संखारालाई समाप्त पारिसकेको हुन्छ त्यस अवस्थामा पूर्ण शान्ति पाउदछौ धन हुनु नहुनुमा भिन्नता केहि रहदैन सबै एकनास हुन्छ कहिँ भेदभाव रहदैन सबै सम्मान हुन्छ बुद्ध भगवानले यसैलाई जान्ने शिक्षा दिनु भयो यहि नै निब्बनको अवस्था सुख, दुख, प्रसन्नता, खिन्नताबाट मुक्त भइ शान्ति प्राप्त हुन्छ !
 

                                                                        भिक्षु- नाम मगर
                                                                         बैंकक, थाईलण्ड

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %