मगर संघ कतारद्धारा “मगर चौतारी” विमोचन

Read Time:7 Minute, 1 Second

प्रेम  स्याड.तान तामाड., दोहा कतार, नेपाल प्रवासी मगर संघ, कतारद्धारा “मगर चौतारी” अर्धवार्षिक पत्रिकाको विमोचन कार्यक्रम २०१२ अगष्ट २ मा दोहाको टपफर्म रेष्टुरेन्टमा सम्पन्न गरेको छ । मगर जातिहरुको पहिचान, भाषा, लिपी, सँस्कृति, भेष भुषा, धर्म तथा मगर जातिहरुबारे विभिन्न जानकारी दिने खालका लेखहरु समावेश गरिएको “मगर चौतारी”को बिमोचन कार्यक्रम संघका केन्द्रिय अध्यक्ष भिम तरामु मगरको सभापतित्व सम्पन्न भएको थियो । उक्त कार्यक्रममा नेपाल प्रवासी आदिबासी जनजाती महासंघ दोहा कतारका महासचिव प्रमुख अतिथी  विनेश तामाङ थिए भने महासंघकै बिशेष सल्लाहकार दिल किरण खजुम र कतारबासी मगरहरुको २०६८÷६९ का सांस्कृतिक बाङ(राजा) बलराम रानामगर बिशेष अतिथी  रहेका थिए ।

कार्यक्रमको औपचारिक शुरुवात सँगै कार्यक्रमका सभापती र प्रमुख अतिथीद्धारा दिप प्रज्वलन गरेर कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । त्यसपछी सम्पुर्ण उपस्थितीद्धारा नेपालका प्रथम सहिद लखन थापामगर र अन्य ज्ञात अज्ञात सहिदहरुको योगदानको सम्मान स्वरुप १ मिनेट मौनधारण गरिएको थियो । कार्यक्रमकै शिलशिलामा उपस्थितीद्धारा राष्ट्रिय गान र मगर गान गाईए पछी संघका केन्द्रिय प्रथम उपाध्यक्ष महेन्द्र थापामगरले उपस्थितीमा मन्तब्यद्धारा स्वागत गर्नुहुँदै कार्यक्रम बारे पनि स्पष्ट पार्नुभएको थियो ।

विमोचन कार्यक्रममा शुभकामना मन्तब्य राख्ने अतिथिहरुमा दोहा एरियाका समितिका का. बा. अध्यक्ष केशव राना मगर, सनैयाब् एरिया समितिका का. बा. अध्यक्ष बुद्धि बहादुर राना मगर, सनैया द्य एरिया समितीका उपाध्यक्ष मदन मगर, संघका केन्द्रिय सल्लाहकार सदस्यहरु तिलक घर्तीमगर, मनिराज पुनमगर,  किराँत यक्थुङ्ग चुम्लुङ्ग कतारका अध्यक्ष लोकेन्द्र बहादुर तुम्रोक, नेपाल प्रवासी तामाङ समाजका महासचिव माईला तामाङ, पत्रकार प्रेम स्याङतन लामा, बिशिष्ट अतिथी बलराम राना मगरले मगर चौतारीको बारेमा भनाई राखेका थिए । उक्त कार्यक्रममा मगर  संघका पदाधिकारीहरु लगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिहरु लगायत मगर दाजुभाई तथा दिदीवहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

विमोचन कार्यक्रममा विशेष अतिथि दिल किरण खजुमले मगर चौतारीको समिक्षा गरेका थिए । उहाँले मगर जातिको भाषा, लिपी, धर्म, संस्कृति लगायत मगर पहिचानको लागि यो पुस्तकले निकै ठूलो भूमिका खेल्ने बताएका थिए । पुस्तकमा समावेश गरिएको विभिन्न लेख रचना तथा मगर जातिहरुको कला सँस्कृति झल्कने खाल्का तस्वीर तथा कार्यक्रमहरुको बारेमा समिक्षा गर्दे विशेष सल्लाहकार खजुमले भने यो पत्रिका प्रकाशन उदाहरणीय काम रहेको र आउँदा दिनहरुमा यस पत्रिकाले संसार भरीका मगरहरुलाई एकै थलोमा ल्याउन यही मगर चौतारीले सक्नुपर्ने बताएका थिए । कलान्तरसम्म निरन्तरताको कामना गर्दै अव आउने अर्को नयाँ अंकमा मगर विद्धानहरुको अन्र्तवार्ता पनि प्रकाशनमा समावेश  गरिनुपर्ने सल्लाह दिए ।

प्रमुख अतिथि विनेश तामाङले जनजाति मगर जातिहरुले आफ्नो पहिचानको लागि अति नै महत्वपूर्ण कार्य गरेको भन्दै हामी जनजातिहरुको पहिचान लोप हुँदै गएको अवस्थामा मगर जातिको पहिचान के हो भन्ने बारे यस “मगर चौतारी”बाट धेरैले जानकारी पाउने बताए । जानजातिहरुलाई राज्यले सँधै पछि पार्दे आईरहेको आवस्थामा अव जनजातिहरुले आफ्नो पहिचान, धर्म,संस्कृति, भाषा, लिपी, भेषभुषालाई जोगाउनु पर्ने भन्दै जनजाति सम्वन्धि संयूक्त राष्ट्रसंघको आई.एल.ओ. बारे उल्लेख गरेका विभिन्न विधानहरुबारे जानकारी गराउँदै, जनजातिहरु को हो ?उनीहरुको पहिचान के हो ? भन्नेवारे कार्यक्रममा प्रष्ट पारेका थिए । उहाँले अगाडी आउन ईतिहास लेख्ने कलम चलाउनु पर्ने बताउनुहुँदै आदिम कालदेखि बसोवास गर्दे आईरहेका र भाषा सँस्कृति पहिचान अरु जाति सँग मेल नखाने जातिहरुलाई नै संयूक्त राष्ट्रसंघले जनजातिको सूचिमा सुचिकृत गरिएकोबारे जानकारी गराउँदै नेपालमा सवै भन्दा बढी जनसंख्या भएको जनजातिहरुमा मगर जाति रहेको बताए । यही आउँदो अगष्ट २४ मा महासंघको चौंथो अधिवेशनका लागि  १० मातृ संस्थाहरुवाट तीन तीन जनालाई महासंघमा पठाउन पनि कार्यक्रममा अनुरोध गरेका थिए ।

 

सभापति भिम तरामु मगरले मगर चौतारीको विमोचन कार्यक्रममा साथ दिंदै उपस्थित भएका सम्पूर्ण अतिथि र मगर दाजुभाई तथा दिदीवहिनीहरुलाई धन्यवाद दिंदै अतिथिहरुवाट पाएको सल्लाह सुझावलाई सदैव समेटेर  अघि बढ्ने बाटोको रुपमा लिएर आउँदो दिनहरुमा मगर चौतारीलाई परिमर्जितका साथै निरन्तरता र प्रवासमा रहेका सम्पूर्ण मगरसमुदायलाइ
समेटेर अघि बढने  बताए । कार्यक्रम संचालन  केन्द्रिय सह–कोषाध्यक्ष रमेश आलेमगरले गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %