पोखरामा तमुवान युथ भोलिन्टियर्सको भेला शुरु

Read Time:6 Minute, 25 Second

हुम तमु, पोखरा, २० साउन, नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको प्रथम जिल्ला भेलाको आजदेखि पोखरामा भएको छ । पहिचान सहित सम्बृद्ध तमुवान, तमुवान युथ भोलिन्टियर्सको अभियानका नारा सहित पोखरा सभागृहमा शुरुभएको भेलाको नेकपा९माओवादीका केन्द्रीय सचिव देवप्रसाद गुरुङले दीप प्रज्वलन गरी उद्घाटन गरे ।
 गुरुङले अवको यात्रा संघीयता र पहिचान पक्षधरको विचमा बृहत्तर मोर्चाबन्दीको आवाश्यकता रहेको बताए । संघीय राज्य घोषणा गरेर नेतालाई दवाव नदिए सम्म नयाँ संविधान निर्माणको प्रकृयाको शुरुवात हुने उनको भनाइ थियो ।

उनले यथास्थितीमा संविधानसभाको पुर्नस्थापना वा निर्वाचन गरेर पनि निकास ननिस्कने, यही नेताहरुले विगतका कमजोरीलाई महसुस गरी तिनका दलका नेताहरु सहित सर्वदलिय, सर्वपक्षिय बैठकबाट निकास दिन आवाश्यक रहेकोमा जोड दिए ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य इन्द्रबहादुर गुरुङले आदिवासी जनजातिको बटल लाइन संविधानसभाको पुनस्थापना गरेर राज्यको पुनसंरचनामा सहमति गरेर संविधान घोषणा गर्नुपर्ने बताए । उनले पार्टी भित्रको अन्र्तसंघर्षमा जोड दिनुपर्ने भन्दै अगष्ट ९ मै पार्टी घोषणा नगर्न राजकुमार लेखीहरुलाई आग्रह गरे । 

नेकपा एमालेका युवा नेता अवम्बर काङवाङ राईले आदिवासी जनजाति, मधेशी, दलित उत्पिडित जाने बाटो संविधानसभाको पुर्नस्थापना नै हो भन्दै उत्पिडितको एकतामा जोड दिए । उनले उत्पिडितहरुको एकतासँगै बैकल्पिक तेश्रो शक्तिको निर्माण आजको आवाश्यकताका भएको दावी गरे ।
भेलामा युवा नेता काङबाङ सहित अधिकांश वक्ताले नयाँ राजनीतिक दल आवाश्यक रहेकोमा जोड दिएका थिए ।

तमुवान युथ भोलिन्टियर्स कास्कीका संयोजक कृष्णकुमार गुरुङको अध्यक्षतामा भएको उद्घाटन समारोहमा नेपाल आदिवासी जनजाति महासंघका केन्द्रिय उपाध्यक्ष नोर्बु घले, पुर्व सभासद हितकाजी गुरुङ, नेपाल आदिवासी जनजाति युवा महासंघका केन्द्रीय अध्यक्ष पृथ्वीमान गुरुङ, आदिवासी जनजाति विद्यार्थी महासंघका अध्यक्ष नरबहादुर गुरुङ, एमाओवादीका कास्की सेक्रेटरी बखानसिंह गुरुङ, नेकपा माओवादी कास्कीका इञ्चार्ज सावित्री गुरुङ दुरा, नेकपा तमु धिं नेपालका अध्यक्ष कर्म तमु, तमु ह्युला छोंज धिंका कार्यवाहक अध्यक्ष कुम्भराज तमु, लोकतान्त्रिक तमु संघका उपाध्यक्ष गणेशमान गुरुङ, नेपाल आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष पानबहादुर घर्ती, तमुवान संघर्ष समिति कास्कीका संयोजक देवीराज गुरुङ, तमु राष्ट्रिय मुक्ति मोर्चा कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङ, नेपाल आदिवासी जनजाति संघका कास्की अध्यक्ष लछुकुमार गुरुङ, तमुवान युथ भोलिन्टियर्सका सचिवालय सदस्य भिमकाजी गुरुङ, दलित गैरसरकारी संस्थाका डिलबहादुर नेपाली, भोलिन्टियर्सका कास्की सहसंयोजक गोविन्द पुन मगर, सचिव केवी गुरुङ, भरतमान गुरुङ लगायतले मन्तव्य दिएका थिए ।

कार्यक्रममा जेठ ७, ८ र ९ गतेको पहिचानको आन्दोलनमा पोखरामा घाइते भएका आन्दोलनकारीलाई कार्यक्रमका प्रमुख अतिथी देवप्रसाद गुरुङले खादा लगाइदिई सम्मान गरिएको थियो ।

कार्यक्रममा तमु प्ये ल्हु संघ, नेपाल मगर संघ, तामाङ घेदुङ, तमु विद्यार्थी छोंज धिं, नेपाल मगर विद्यार्थी संघ पिएनका कलाकारहरु सहित बालकलाकार रेविस्का गुरुङले नृत्य प्रस्तुत गरेका थिए भने कलाकारहरुले आदिवासी जनजातिको राष्ट्रिय गीत प्रस्तुत गरेका थिए । 

यसअघि पोखरासभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुगेर उद्घाटन कार्यक्रममा परिणत भएको थियो ।
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहेको संयोजक कृष्णकुमार गुरुङले जानकारी दिए ।
भेलाको दोश्रोदिन भोलि विहान डा। ओम गुरुङ र अजम्बर काङबाङले प्रशिक्षण दिननेछन् भने दिउसो भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गरी समापन हुने संयोजक गुरुङले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %