जनजाति नेता माथि निरंकुश शैलीमा कारर्वाही गरिन्न : अमृत कुमार बोहोरा

Read Time:2 Minute, 39 Second

नेकपा एमाले पार्टीले पार्टी नीति विपरीत हिड्ने जनजाति नेताहरु माथि हदैसम्मको कारर्वाही गर्ने बताइरहेको बेला नेकपा एमालेका अनुशासन आयोगका संयोजक अमृतकुमार बोहोराले भने पार्टी नीति विपरीत हिडेका जनजाति नेताहरु माथि निरंकुश शैलीमा कुनै कारर्वाही नगरिने प्रष्ट पारेका छन् । पार्टीले लिएको सात प्रदेशको अडानमा असन्तुष्टि जनाउँदै एमाले उपाध्यक्ष अशोक राई लगायतका जनजाति नेताहरुले अलग पार्टी खोल्ने उद्घोष गरे पछि एमाले अनुशासन आयोगले उनीहरु माथि स्पष्टीकरणको पूर्जी काटेको थियो । जनजातिका नेताहरुले पार्टीको स्पष्टीकरणको पत्र बुझने काम अझै नसकिएको बोहोराले राज्यसत्तालाई बताए । ‘केही नेता उपत्यका बाहिर रहेकाले पत्र बुझने काम बाँकी नै छ, तर उहाँहरु स्पष्ट्रीकरण दिन पार्टीमा आउने बताइसक्नु भएको छ’ उनले भने ।  कतिपय जनजाति नेताहरुले भने पार्टी कार्यालयमा आएर चित्त बुझदो स्पष्टीकरण दिएकोले उनीहरु माथि ठूलो कारर्वाही नगरिने बोहोराले बताए । जनजाति नेताहरुले भने पार्टीले कारर्वाही गरेको खण्डमा थप शसक्क्त भएर प्रतिकार गर्ने बताए पनि उनीहरु पार्टी कार्यालयमा गएर भित्र भित्रै स्पष्टीकरण दिइरहेका छन् । एमालेबाट असन्तुष्ट जनजाति नेताहरुको अगुवाइँमा विश्व आदिवासी जनजाति दिवस आगामि ९ अगस्थको दिन नयाँ पार्टी खोल्ने सार्वजनिक रुपमा बताइसके पनि पार्टी कार्यालयमा गएर गुपचुप स्पष्टीकरण दिने कार्यले उनीहरु पार्टी छाड्नमा अझै तयार छैनन् भन्नेमा प्रष्ट भएको छ । बाहिर जनजाति मुद्धाको चर्का ढवाङ फुक्ने र भित्र भित्रै पार्टी नेतृत्वसंग जनजाति नेताहरु लम्पसार पर्ने प्रवृतिले नयाँ शक्तिको जन्म हुने कुरामा जनजाति समुदाय नै आशंकित बनिरहेको छ ।
(राज्यसत्ता नेपाल व्युरो)

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %