अब जनजातिको पनि युथ फोर्स

Read Time:4 Minute, 12 Second

पोखरा, १८ साउन
नयाँ नेपालमा पहिचान सहित तमुवान स्थापनाका लागि दवाव दिन गठित तमुवान युथ भोलिन्टियर्स कास्कीको पोखरामा साउन २० र २१ गते हुने प्रथम जिल्ला भेलाको तयारी पुरा भएको छ ।
पहिचान सहित सम्बृद्ध तमुवान, तमुवान युथ भोलिन्टियर्सको अभियानका नारा सहित हुने भेलाको जातिय पहिचान पक्षधर नेकपा माआवादीका सचिव नेताहरु देवप्रसाद गुरुङ, नेपाली काँग्रेसका नेता इन्द्रबहादुर गुरुङ, नेकपा एमालेका युवा नेता अवम्बर काङवाङ राई, पुर्वमन्त्री लोकेन्द्र विष्ट मगर, तमु धिं नेपालका अध्यक्ष कर्म तमु लगायत मुस्लिम, दलित समुदायका अगुवाहरुले संयुक्त रुपमा उद्घाटन गर्नुहुने तमुवान युथ भोलिन्टियर्स कास्कीद्धारा आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।
भेलामा कास्कीका ४३ गाविस, पोखरा उपमहानगरपालिका, लेखनाथ नगरपालिका, आदिवासी जनजातिका संस्थाहरुका प्रतिनीधि र आयोजक गरी एक हजार युवाको सहभागीता रहने पत्रकार सम्मेलनमा जानकारी गराइयो । सम्मेलनमा तमुवान अन्र्तगतका जिल्लाहरु समेतबाट पर्यवेक्षकको सहभागीत रहने भेलामा करिब तीन लाख खर्च हुने  भोलिन्टियर्सका सचिव केवी तमुले बताए ।
पोखरा सभागृहमा हुने भेलाको उद्घाटन कार्यक्रम पुर्व सभागृह गेटबाट विभिन्न झाँकी सहित जुलुस शुरुभइ न्युरोड, चिप्लेढुंगा, महेन्द्रपुल, भिमसेनचोक, लखनथापाचोक, सभागृहचोक हुदै सभागृहमा पुग्ने भएको छ । भेलाको पहिलोदिन उद्घाटन मन्तव्य, विविध साँस्कृतिक प्रस्तुती, तमुवानको आन्दोलनका घाइतेलाई सम्मान गर्ने र दोश्रो दिन प्रशिक्षण, भोलिन्टियर्स कास्कीलाई पुर्णता, निर्देशिका निर्माण सहित पोखरा घोषणापत्र जारी गर्न समापन हुने संयोजक कृष्णकुमार तमुले जानकारी दिए ।

किराँत युथ भोलिन्टियर्स कास्कीमा राई
जातिय पहिचानको आन्दोलनलाई सशक्त बनाउन कास्कीमा सुनिल राईको संयोजकत्वमा १५ सदस्यीय किराँत युथ भोलिन्टियर्स कास्की गठन भएको छ ।
आज पोखरामा भएको भेलाले भोलिन्टियर्सको सहसंयोजकमा दिपेश राई, सचिवमा तिलक राई, सहसचिवमा केशव लिम्बु, कोषाध्यक्षमा परम राई र सदस्यहरुमा श्याम राई, मदन राई, भिम राई, मिलन राई, संजीवनी राई, रुपा राई, ताला राई, पुष्पा लिम्वु, चित्रा राई र शान्ता राइ छन् ।
किराँत सेवा समिति कास्कीको कार्यवाहक अध्यक्ष अरुणकुमार लिम्बुको अध्यक्षता र तमुवान युथ भोलिन्टियर्स कास्कीका संयोजक कृष्णकुमार तमुको प्रमुख आतिथ्यमा भएको भेलामा किराँत संघीय परिषद कास्कीका सचिव गजेन्द्र लिम्बु, पुरन राई, मनोज किराँती लगायतले पहिचान स्थापनाका लागि बलिदानी आन्दोलनका लागि तयारी गर्नुपर्नेमा जोड दिएकाथिए ।
हुम तमु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %