आदिवासी जनजाति महासंघ नेपालको प्रेस बिज्ञप्ति सहित परिपत्र

Read Time:13 Minute, 42 Second

                                          “विश्वका आदिवासी एक हौ”

                   “आदिवासी जनजातिको अभियान, जातिय पहिचान सहितको संघीय संविधान

१८ औ विश्व आदिवासी दिवस

प्रेस विज्ञप्ती

मिति २०६९ श्रावण १४ गते

 
पृष्टभुमी

जेनेभा स्विटरजरल्याण्डमा डिसेम्बर १९८२ मा बसेको संयुक्त राष्ट्र संघको आदिवासी जनसंख्या संम्बन्धि कार्यदलको पहिलो वैठकले प्रत्येक वर्षको ९ अगष्टलाई गर्यो अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय गर्यो । २००४ को साधारण सभाले २००५ देखि २०१४ को दशकलाई विश्व आदिवासी दशक घोषणा गर्यो । सो साधारण सभाले दोस्रो दशकमा पनि बार्षिक रुपमा विश्व आदिवासी दिवस मनाउने निर्णय गर्यो ।  प्रथम दशकको उद्धेश्य  आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा भोग्नु परेका समस्या समधान गर्न अन्तराष्ट्रिय सहकार्यलाई सुदृढ गर्नु थियो ।

अप्रिल २००० मा संयुक्त राष्ट्र संघमा आदिवासी स्थायी मञ्च स्थापना गर्ने मानव अधिकार आयोगको संकल्प प्रस्तावलाई संयुक्त राष्ट्र संघको आर्थिक  र सामाजिक परिषदले पनि अनुमोदन गर्यो । आदिवासी जनजातिले संस्कृति, शिक्षा, स्वास्थ्य, मानव अधिकार, वातवरण, सामाजिक र राजनैतिक विकासमा आदिवासी जनजातिले भोग्नु परेका समस्याबारे छलफल गर्ने अख्तियारी आदिवासी स्थायी मंञ्चलाई प्रदान गरियो । संयुक्त राष्ट्र संघ आदिवासी स्थायी मंञ्चले आदिवासी जनजातिको अधिकार प्रर्वद्धन र संरक्षणका लागि प्रत्येक वर्षको अगष्ट ९ लाई आदिवासीको अधिकार संम्बन्धि विशेष नारा र कार्यक्रम सहित  विश्वका आदिवासीहरुको अन्तर्राष्ट्रिय दिवसको रुपमा मनाउदै आएको छ ।

१८ औ विश्व आदिवासी दिवस र नेपालको सन्दर्भ

यसवर्षको १८ औ विश्व आदिवासी दिवस  ९ अगष्ट, तदानुसार २५ श्रावणमा परेकोछ । नेपालका आदिवासीले आफ्नो भाषा, धर्म, संस्कृति, रीतिरिवाज संरक्षण र विकासका साथै शिक्षा, स्वाथ्य, वातवरण, मानव अधिकार, सामाजिक र राजनैतिक अधिकार, राज्यसत्ता सबै तह र तप्कामा पहिचान सहितको समानुपातिक प्रतिनिधित्व र पहुचलगायतका माग संम्बोधन गराउन विश्व आदिवासी दिवसलाई अवसरका रुपमा उपयोग गर्दै राज्यसत्तामाथि दवाव दिने काम गर्दै आएका छन् ।

संविधानसभा विघटन पछिको यो पहिलो विश्व आदिवासी दिवास भएको परिप्रेक्षमा नेपाल आदिवासी जनजाति महासंघले यस विश्व आदिवासी दिवसलाई
१. पहिचान सहितको संघीय संविधान सुनिश्चित गर्ने,
२. अन्तरिम संविधानमा घोषणा गरिसकेको संघीयता, लोतान्त्र, गणतन्त्र, धर्मनिरपेक्षतालाई संस्थगत गर्न,
३. आदिवासी जनजातिको अधिकारहरुलाई नया“ संविधानमा सुदृढ र सुनिश्चित गर्ने 
४. आदिवसी जनजाति, उत्पीडित क्षेत्र र वर्गका अधिकार सम्वोधन र सुनिश्चितताको लागि एउटा राष्ट्रिय वैकल्पीक शक्ति गठन लगायत भावि कार्यदिशा र भावि रणीनीतहरुबारे व्यापक छलफल गरेर निर्माण गर्ने अभियान र आन्दोलनको रुपमा काठमाडौ लगायत देशव्यापीरुपमा मनाउछौ ।

१८ औ विश्व आदिवासी दिवसको कार्यक्रम तालिका  :
१८ औ विश्व आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रमहरुको तालिका सर्वसाधरणको जानकारीको हेतु पोष्टरमा र यस प्रेस विज्ञप्तीमा समावेश गरिएकोछ । श्रावण २५ गते (अगष्ट ९, २०१२) विहान १० बजे भृकुटी मण्डप, प्रदर्शनी मार्ग, काठमाडौबाट शुरु हुने झाँकी र्र्याली साथै साँस्कृतिक कार्यक्रम र मूल समारोहमा आ–आफ्नो जातिय पोशकमा बाजगाज, जातिय संगठनका झण्डा, व्यानरका साथै लिम्वुवान, किराँत, ताम्सालिङ, नेवा, शेर्पा, तमुवान, मगरात, थारुहट, वल्लो किराँत स्वायत्त प्रदेशका झण्डा, व्यानर लिएर संम्पूर्ण ५६ जातिय संगठनहरु, सम्बन्धन सगठनहरु,  विद्यार्थी, युवा, विद्यार्थी, महिला, शिक्षक, कर्मचारी, विभिन्न दलका जातिय संगठनहरु, आदिवासी जनजातिका राजनीतिक दलहरु, आदिवासी जनजातिका गैर सरकारी संगठनहरु, आदिवासी जनजाति दिदिवहिनि, दाजुभाई, न्यायप्रेमी जनसमुदयहरुको सहभागिताको लागि हार्दिक अपील एवं निमन्त्रणा गर्दछौ ।

पुनश्च : र्र्याली मार्ग : भृकुटी मण्डप, भद्रकाली , शहिद गेट, विर हस्पिटल, विश्वज्योती सिनेमा हल, घण्टाघर, विद्युत प्राधिकरण र भृकुटी मण्डप । साँस्कृति तथा मूल समारोह कार्यक्रम दिउसो १ बजेदेखि साँझा ६ बजेसम्म भृकुटी मण्डप, प्रर्दशनी मार्ग हुनेछ ।

पत्रकार सम्मेलन
आयोजक : आदिवासी जनजाति पत्रकार संघ
श्रावण १४ गते, विहान ११ बजे , तमु बौद्ध सेवा समिति, अनम नगर

अन्तर्रक्रियात्मक कार्यक्रम
आयोजक : आदिवासी जनजाति कानुनु व्यवसायी परिषद
श्रावण २० गते, विहान ११ बजे, तमु बौद्ध सेवा समिति, अनम नगर

आदिवासी जनजाति पत्रकारहरुको राष्ट्रिय भेला र प्रशिक्षण : 
आयोजक : आदिवासी जनजाति पत्रकार संध 
श्रावण २१ र २२  गते, विहान ८ बजेदेखि, तमु बौद्ध सेवा समिति, अनम नगर

विचार गोष्ठी :
आयोजक : आदिवासी जनजाति युवा महासंघ, नेपाल
श्रावण २३ गते, दिउसो १ बजे, अनमोल क्याटरिङ, नयाँ बानेश्वर (संविधानसभा भवनदेखि ३०० मिटर पश्चिम)

जलपान कार्यक्रम :
आयोजक : नेपाल आदिवासी जनजाति महासंघ
श्रावण २३, दिउसो ३ देखि ५ बजेसम्म, अनमोल क्याटरिङ, नयाँ बानेश्वर (संविधानसभा भवनदेखि ३०० मिटर पश्चिम)

अन्तर्रक्रियाररत्मक कार्यक्रम :
आयोजक : आदिवासी जनजाति उत्थान राट्रिय प्रतिष्ठान
श्रावण २४ गते, विहान ११ बजे, स्थानीय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल

अन्तममा  १८ ओ विश्व आदिवासी दिवसका कार्यक्रमहरुमा न्यायप्रमी स्वतन्त्र पत्रकारज्युहरुलाई हार्दिक निमन्त्रणा गर्दछु । साथै समचारलाई आम संञ्चार माध्यममा उचित स्थान सहित संम्प्रेशन र प्रकाशन गरि यस दिवसलाई सफल पार्न सहयोग गरि दिनुहुनका लागि अपील गर्दछौ । विश्व आदिवासी दिवसकोबारे अन्र्तवार्ता तथा अन्तरसंम्वादका लागि आदिवासी जनजाति अधिकारकर्मीहरुसंग सम्पर्कको लागि हार्दिक अनुरोध गर्दछु  ।

राजकुमार लेखी थारु
संयोजक, १८ औ विश्व आदिवासी दिवस मूल आयोजक समिति तथा
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ तथा
नेपाल आदिवासी जनजाति महासंघ वर्तमान र निवर्तमान संघीय परिषद सचिवालय, वर्तमान तथा पूर्व सल्लाहकारहरु, निवर्तमान अध्यक्ष तथा पूर्व महासचिवहरु, नेपाल कुमाल समाज सुधार समिति, तमू ह्यूल छौंजधी ( गुरुङ्ग राष्ट्रिय परिषद )  नेपाल चेपाङ (प्रजा) संघ, नेपाल छन्त्याल संघ, जिरेल संघ नेपाल, नेपाल तामाङ घेदुङ, तोक्पेगोला समाज सेवा समिति, थकाली सेवा समिति, नेपाल थामी समाज, थारु कल्याणकारी सभा, दुरा सेवा समाज, नेवाः देय दवु, नेपाल पहरि बिकास संघ, नेपाल बराम संघ, भुजेल समाज सेवा समिति, नेपाल मगर संघ, किराँत याक्खा छुम्मा, किराँत याक्थुङ चुम्लुङ, किराँत राई यायोक्खा, लार्के समाज कल्याण केन्द्र, वालुङ सेवा समाज, शिङ्सा कल्याण केन्द्र, नेपाल शेर्पा संघ, सियार समाज कल्याण केन्द्र, सुनुवार सेवा समाज, नेपाल ह्योल्मो समाज सेवा संघ, नेपाल डोल्पो जनजाति विकास केन्द्र, थुदाम सेवा समाज, नेपाल धानुक समाज, किसान समुदाय क्लव, नेपाल गनगाई कल्याण परिषद, नेपाल झाँगड (उरावं) कोड्रेम सुधा«रा, ताजपुरिया समाज कल्याण परिषद, तांवे समाज सेवा संघ, दनुवार जागरण समिति, नेपाल दराई उत्थान समाज, धिमाल जाति बिकास केन्द्र, नेपाल बोटे समाज सेवा, नेपाल भोटे जनजाति सेवा समिति, नेपाल माझि उत्थान संघ, मुगाल जनजाति समाज कल्याण केन्द्र, मेचे समाज सिवीयारी अफात, राजवंशी समाज विकास समिति, राजी शाल्म समाज, रोङ सेजुम ठी (लाप्चा), ब्याँसी शौंका समाज, नेपाल संन्थाल आदिवासी उत्थान संघ, वायु गुखाता कोलु पंदाक्मी (हायु), मार्फा थकाली समाज सेवा सदन, तीन गाउँले थकाली सेवा समिति, सुरेल जाति उत्थान समाज, कुचबाडिया उत्थान संघ, बाह्रगाउ समाज सेवा समिति, लोछोधुन ल्होपा संघ, नेपाल राउटे विकास संघ र नेपाल कुसुण्डा विकास समाज,

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ, आदिवासी जनजाति युवा महासंघ नेपाल, आदिवासी जनजाति विद्यार्थी महासंघ, आदिवासी जनजाति कानुन व्यवसायी परिषद, आदिवासी जनजाति पत्रकार महासंघ, अदिवासी जनजाति चलचित्र संघ, आदिवासी जनजाति मजदुर संघ,  अदिवासी जनजाति कला संस्कृति सञ्जाल  र आदिवासी जनजाति अपाङ्ग संघ, नेपाल आदिवासी जनजाति महासंघ अर्घाखाची, अर्घाखाची, ओखलढुङ्गा, इलाम, उदयपुर, कञ्चन्पुर, कपिलबस्तु, काठमाडौं, कैलाली, काभ्रे, कास्की, गुल्मी, गोरखा, चितवन, जाजरकोट, झापा, डडेलधुरा, डोल्पा, ताप्लेजुङ, तेह्रथुम, तनहु, दाङ, दैलेख, दोलखा, धनकुटा, धनुषा, धादिङ, नवलपरासी, नुवाकोट, पर्वत, पर्सा, पाँचथर, पाल्पा, प्युठान, बर्दिया, बाग्लुङ, बाँके, बारा, भक्तपुर, भोजपुर, मकवानपुर, मुस्ताङ, मोरङ, महोत्तरी, म्याग्दी, रसुवा, रौतहट, रुकुम, रामेछाप, रुपन्देही, लमजुङ,  ललितपुर, सप्तरी, संखुवासभा, सर्लाही,  सल्यान, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु, सुर्खेत, सुन्सरी, सिराहा जिल्ला समन्वय परिषदहरु

नेपाल आदिवासी जनजाति महासंघ अमेरीका, जापन, यू के, अट्रेलिया, क्यानडा, कटार, ईजिरेल, वेल्जियम, हङकङ, पोर्चुगलका अन्र्तराष्ट्रिय मंञ्चहरु

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %