अल्डरसडमा गोरखाली जिल्ला समाज यु केको समर बी बी क्यु

Read Time:1 Minute, 33 Second

अनिता राना मगर, २८ जुलाइ, कोरोनर स्कुल अल्डरसडमा गोरखाली  जिल्ला  समाज यु केको समर बी बी क्यु कार्यक्रम सुसम्पन्न भयो ।  अध्यक्ष खुसिमान गुरुंगको अध्यक्षतामा सम्पन्न भएको थियो र सम्बोधनको क्रममा सम्पूर्ण गोरखा जिल्लाबासी हामी एक हुनु पर्छ भनेका थिए । संघका  उपाध्यक्ष बिष्णु तामांगले स्वागत मन्तब्य दिएका थिए भने सचिब बलराम गुरुङले संचालन गरेका थिए ।   १२ जना  जेनियर खेलाडिहरुले तैक्वोंदो खेल पनि प्रदर्शन गरेका थिए ।  कलाकारहरु दुर्गा गुरुङ र कल्पना गुरुङ लोक दोहोरी गाएका थिए । बद्रि र साथीहरूले पनि गीत प्रस्तुत गरेका थिए । जिल्लाका आमा समूहको समुहिक नृत्य पनि बेजोड भएको थियो । महिलाहरुले मात्र खेल्न मिल्ने खालको खेल पनि खेलाइएको थियो र त्यस खेलमा १९ जना महिलाहरु सहभागी भएका थिए जसमा अनिता राना मगर, लालु माया तामांग, सुन्दरी थापा  इन्दिरा गलामी र अन्य साथीहरु थिए । हलको बाहिर पट्टि बी बी क्यु र अन्य प्रकारको खानाको पनि ब्यवस्था गरीएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %