धार्मिक आस्थामा गरिएको विभेद र दमन

कुहिरोको छेकाइलाई पार गर्दै सिमसिम पानीमा घुम्टो उघार्दै सूर्यको किरण मुस्काउद खोलामा देखिने सप्तरंगी इन्द्रेणी कति सुन्दर हुन्छ । तर हाम्रो समाजले त्यो सुन्दर सप्तरंगी इन्द्रेणीलाई नाँङले भुत भनेर चित्रण गरिदिएको छ । सानो छदाँ देखिएको त्यो सुन्दर इन्द्रेणीमा रमाउन खोज्दा त्यो नाँङले भुत हो जानु हुन्न भनेर रोकेको याद छ मलाई अनी सिठ्ठी बजाए पछि हराउछ भन्नु हुन्थ्यो । यस्तो अन्धकारमय समाजमा हुर्किएको म अनी मेरो समाज, त्यहि अन्धकार समाजमा हुर्किएकोले होला अनेक किसिमको बनावटी देवी देवताको पूजा नगरेको होईन। यस्तै आस्था राख्नेहरूको भिडमा म पनि उभिए को थिए। मानिसहरूको आ-आफ्नो धार्मिक आस्था रहेको हुन्छ। आफ्नो आस्था भन्दा फरक आस्था राख्नेलाई कहीले अपमान गरिन त्यसैले सबै मानवलाई आफ्नो आस्था अनुसारको सस्कार सस्किर्ती मान्ने अधिकार छ, या नमाने पनि त्यो अधिकार, स्वतन्त्रता उनीहरूसँग छ । मनिसहरूको भिडले बि-भिन्न किसिमको भगवानको कुरा गरिरहेका हुन्छन् । भगवानले यस्तो गर्‍यो रे यस्तो चमत्कार भयो रे इत्यदी कुरा भइरहन्छन यस्तो कुरा गर्न पनि उनिहरुलाई स्वतन्त्र छ । भगवान प्रति गुनासो गर्न या बखान गर्न यो पनि उनिहरुको अधिकार भित्रको स्वतन्त्रताको कुरा हो। हुनत भौतिकबादीहरूलाई यो कुरा वकबास लाग्न सक्छ । तर मानिसहरूको सबै खालको स्वतन्त्रताको कुरा गर्ने हो भने यो पनि त एउटा स्वतन्त्रताको कुरा हो नी ।

मानिसहरूको विश्वास र आस्थाको तरङहरू पनि सप्तरङी इन्द्रेणी भन्दा कम सुन्दर कहाँ हुन्छ र। त्यसमा पनि सबैको आस्था अनुसारको भावनाहरू पनि सुन्दर कल्पना गरिएको हुन्छ ।  महम्मद होस या जेसिस क्रइष्ट,कृष्ण होस या शान्ति को शिक्षा शिष्यहरूलाई दिइरहनु भएको भगवान बुद्ध । सबै सम्प्रदायको लागि आ-आफ्नो देवता कम सुन्दर छन् र? तर यी सबैले आफू लाई देवदुत, मासिहा (prophet) बताए तर भगवान बुद्धले कहीले पनि आफूलाई मासिहा बताउनु भएन । आफ्नो कर्म (काम) ले मात्र फल प्राप्ती हुन्छ भनि बताउनु भयो । हाम्रो मालिक अरु कोहि छैन् हामि आँफै हौ आफ्नो मालिक भनेर बताउनु भयो । (हे।पाली धम्मपद अत्तवग्गो १६०)

          “अत्ता ही अत्तनो नाथो-को ही नाथो परो सिया??

              अत्तनाव सुदन्तेन-नाथं लभती दुल्लभं।।”      

सानो छ्दा सोच्ने गर्दथे कहीले काही मनमा कुरा उठने गर्दथ्यो हिन्दू सस्कारबाट हुर्किएको हुँ त्यसैले बिभिन्न देवी देवता प्रति बिश्वास हुनु पनि स्वाभाबिक नै थियो । सोच्थे देवता किन कुरुप नभएको होला भनेर हुनत मानिसले देवताको रुप कहीले नराम्रो कल्पना नै गरेनन आनि गर्न पनि सकेनन । गर्न सकोस पनि कसरी ? मानिसलाई तिनै भगवानले सृष्टी गरिदिएको भन्ने कुरा सानैदेखि सिकाइ दिएको छ । तर मानिस यिनै सृष्टीकर्ता भगवानको नाममा किन झगडा गरिरहन्छन ? धार्मिक लडाईं किन लडी रहन्छन ? हिन्दू-मुसल्मनको लडाईं, यहुदी-मुसल्मानको लडाईं आनि क्रिष्चियन-मुसल्मानको लडाईं आखिर किन दङ्गा मच्चाउछन ?? भगवन बुद्धले बताउनु भएको छ ।

          “नहि वेरेन वेरानी-सम्मन्तीध कुदाचनं।

        अवेरेन च सम्मन्ति- एस धम्मो सनन्तनो।।”

(हे। पाली धम्मपद,जरो वर्ग-१-५) अर्थात-रिसले वैरभाव शान्त हुदैन, अवैरभाव, प्रेमभावले मात्र वैरभावलाई शान्त पार्न सकिन्छ, यही सनातनबाट चली आएको धर्म हो ।)

तर पनि आज संसारमा मानिस मानिस एक अर्कामा दुष्मन बनी रहेका छन् । आफ्नो धार्मिक स्वार्थको लागि आफू आफूमा लडाईं लडी रहेकाछन । कुनै पनि धर्म प्रवर्तकले झगडा गर भनेर कहीले भनेन तर पनि भगवानको नाममा, देवताको नाममा मानिस किन झगडा गर्छन् ? मैले कुनै धर्मलाई बिरोध गर्न खोजेको होईन तर यो यथार्थ तितो सत्य हो । सबैले चहन्छन आफ्नै धर्मको व्याख्या गरिदियोस, मेरै धर्म स्विकारी दियोस इत्यदी-इत्यदी । तर मैले र तिनीहरूले मान्ने धर्म फरक थियो । मेरो भगवान र उनीहरूको भगवानमा फरक थियो । म मानवताको धर्म मान्दथे ताकि कुनै जाति, वर्ग, सम्प्रदायको होईन । बुद्ध भगवानले भन्नु भएको छ ।

           “उत्तिट्ठे नप्पमज्जेय्य-धम्मं सुचरितं चरे।

         धम्मचारी सुखं सेती- अस्मिं लोके परम्हि च।।”

 (हे। पाली धम्मपद,लोक बर्ग-१६८) अर्थात- उठ प्रमादी नहऊ, सधर्मको आचरण गर, धार्मिक पुरुषहरू इहलोक-परलोक दुबइ लोकमा सूख पुर्वक जीवन बिताउछन ।)

 “स्वाक्खातो भगवता धम्मो,सन्दिठीको,अकालीको,एहिपस्सिको,ओपनेय्यीको,पच्चतं वेदितब्बो विञञूही ती।”

अर्थात-भगवान बुद्धको धर्म खुलस्तसँग व्याख्या गरिएको, यही फल दिने, तत्काल फलदायक आउ र हेर भन्न लायक निर्वाण सम्म पुरायाइ दिने विद्दत्जनले स्वयं जान्न योग्य छन् ।

 यहाँ भगवान बुद्धको धर्ममा कुनै जाति बिशेष, वर्ग, सम्प्रदायको लागि होइन, यो सबैको लागि खुलस्त गरिएको धर्म हो ।

             प्रिथिधम्मं चरे चरितं-न तं दुच्चरितं चरे।

           धम्मचारी सुखं सेति-अस्मिं लोके परम्हिच।।३।।”

 (हे। पाली धम्मपद-लोक वर्ग-१६९)

अर्थात-धर्म आचरण राम्रोसँग गर्नु पर्छ, दुराचरण गर्नु हुदैन । धर्मचरण गर्नेले इहलोक परलोक दुबैमा सूखपुर्वक जीवन बिताउछन ।

 

जो मानिसले सम्पुर्ण लोक हित हुने लोक कल्याण हुने सम्पुर्ण प्राणी जगतको हित हुने धर्मचारणलाई जीवनमा व्यबहारमा लागु गर्छ उसले कसैलाई पनि वैरिभावना सोच्दैन सबैलाई मैत्री भावनाले मात्र हेर्ने गर्दछ । त्यस्तो धार्मिक मानिस आफूलाई कहीले पनि ठुलो हुँ भनेर घमन्ड गर्दैन । किन की उसले धर्मलाई राम्ररी बुझेको हुन्छ । तर हाम्रो नेपाली समाजमा सानो ठुलो जातको भिन्नता एउटा ठुलो विकराल पहाड बनेर उभिएको छ । जुन एउटा धर्मको आस्थाले निर्माण गरि दिएको छ । आफ्नो व्यक्तिगत स्वार्थको लागि वर्णाश्रमको व्यबस्था बनाएको थियो । के त्यहा मानबता छ त ?? आफूलाई उचो सम्झि अरुलाई निच देख्छ, धर्मले त कसैलाई भेदभाव गर्दैन सबैलाई एउटै नजर ले हेर्छ । तर हाम्रो समाजलाई यहि ठुलो सानो जातको कठ्घरामा उभ्याइदियो “मनुस्‍मृति” ले जहाँ ठुलो सानो जात, छुवाछुतको रुपमा समाजलाई बिभाजन गरिदियो हिन्दू धर्मले । हिन्दू धर्म मानव हितको धर्म हो भने मानव-मानवमा किन असमन्ता पैदा गरिदियो ?? किन ब्रहमणलाई उचो देखाएर अरुलाई निच देखायो ?? के ब्रहमणलाई काट्दा सेतो रगत् बग्ने अनी अरु बैश्य र शुद्रलाई काट्दा रातो बग्ने हो र ?? हिन्दू धर्मले किन असमानता पैदा गर्‍यो मानव मानव बिच्मा के यो मानव कल्याण युक्त छ ??? हिन्दू धर्मले जहिले पनि मानिसमा बिभाजन गर्‍यो । यो मात्रै ब्रहमणले अरु सम्प्रदायलाई निच (हिन) देखाउने भएकोले हिन्दू धर्म बन्न पुग्यो ।

 

सातौ शताव्दीपछि रामायण, माहाभारतको रचना गरेर ब्रहमणले मानिसलाई सामाजिक सद्भभाव, सम्मानको शिक्षा दिनको सटटा पशुवली मात्र होईन मानिस कै नरवलीको प्रथा चलाएर हिन्दू ब्रहमणहरूले गलत कामको शुरुवात गरे । तात्कालिन समाज बुद्ध उपदेश बिचारधाराले एकतामा गोलबन्दमा रहेको समाजलाई फुटाउन र समाजमा ब्रहमणको प्रभुत्व राख्नको लागि “मनुस्‍मृति” को पाचौ शतव्दीमा रचना गरियो। तात्कालिन समाज एक अर्कामा भाइचारा भावनाले मिलेर बसेको समाजलाई पहिलो चोटि मनुस्‍मृतिले “वर्ण”व्यबस्था को निर्माण गरि मानिसलाई साना ठुला, छुवाछुतमा बिभाजन गरि समाजलाई बिभाजनमा ल्याउने अर्को अपराध ब्रहमणले गरे र समाजमा आफूलाई साधारण मनिस्बाट इश्वर बराबर बनाए । हे। मनुस्‍मृतिमा

 

            

 

             “व्रम्हण संमवेनैव देवानामपि देवतम।

 

             प्रमाणं चैव लोकश्च व्रहत्रैव हि कारणम।     मनु-११-८४

 

अर्थात ब्रहमण जन्म देखि देवताहरूको पनि देवता हुन । संसारमा यहि प्रमाण मनिन्छ यसको कारण वेद हो ।

 

              “व्राम्हणो जायमानो हि प्रिथिव्यामधी जायते।

 

              इश्वर:सर्वभुतानंधर्मकोश्स्य गुप्तमये”        मनु-१-९९

 

अर्थात जन्मदेखिको ब्रहमण संसारमा श्रेष्ठ छ । किनकी संसारका सबै प्राणीहरूको धर्मको रक्षा गर्न उ समर्थ छ ।

 

 

 

            “सर्व स्वयं ब्रह्मणस्येदं यत्किंचिज्जगतिगतम।

 

              श्रेष्ठयेनमिजनेनेदं सर्व वै व्रह्मणे म्हेति।।    मनु-१-१००

 

अर्थात संसारमा भएको सबै धन सम्पत्ति ब्रहमणको हो । ब्रहमण मुखबाट जन्मिएको कारणले श्रेष्ठ भएकोले सबै धन सम्पत्ति ब्रहमणको हो ।     

 

             “स्वमेव व्रहमणो मुङले एवं वस्ते एवंददाती च।

 

               आनुशंस्याव्रहम्णस्य युज्जते होतरे जना।।   मनु १-१००

 

अर्थात-व्रहमणले जे खान्छ, लगाउछ, दिन्छ त्यो सबै उसैको हो अरु मानिसहरू ब्रहमणको कृपाले मात्र भात खान्छ ।

 

                पौण्डकाश्चैड्रद्रविद:काम्वोजा यवना:शका:।

 

                 पारदापहवाश्चीना:किराता दरदा:खशा:।    मनु-१०-४४

 

अर्थात पौड्रक, ओड्र, द्रविण, कम्वोज, यवन, शक्, पाख, पल्हव, चिनिया, किरात, दरद र खश कर्म (काम) ले शुद्र भयो ।

 

              “चन्डालश्वपचानं तु वहिग्रांमात्प्रतिस्थ।

               अपपात्रश्च कर्तव्य धनमेषां स्वर्गदमम्।।

 

              वासांसी मृत चेलानी भिन्नमान्डेषु भोजनम्।

 

               कृष्णायर्समलंकार:परिव्रच्चा च नित्थशा:।। मनु १०-५१-५२

 

अर्थात- चन्डाल र अछुतहरूको बसोबास गाऊ बाहिर हुनुपर्छ । यिनीहरूसँग खाने भाडा कुडाँ हुनु हुदैन सम्पत्ती यिनीहरूको कुकुर मात्र हो । यिनीहरूले लाश छोपेको कपडा कात्रो ओढ्नु पर्छ, फुटेको माताको भाडामा मात्रै खानु पर्छ, फलामको गहना लगाउनु पर्छ एकै ठाउँमा नबसी सधैं ठाउँ ठाउँ घुमी हिड्नु पर्छ । यहि यिनीहरूको काम हो ।

 

              “एतदेव व्रत कृत्स्नं षण्मसान् गुद्रहा चरते।

 

               व्रिषमैकादशा वापी दद्धादीप्राय गा:सिता।।”  मनु-११-१३०

 

अर्थात शुद्र (अछुत्) लाई मार्ने ब्रह्मणले छ महिना सम्म वर्त बस्नु वा एउटा गोरु र दश वटा सेतो गाई ब्रह्मणलाई दान गर्नु ।

 

              “उत्तमामाङ्गोम्दवाअज्यौढयाह्रब्रह्मणश्चैव धारणात्।

 

                 सर्वस्चैवास्य सर्गस्य धर्मतो ब्रह्मणो:प्रभु:।।   नु-१-९३

 

अर्थात- उत्तम अंग मुखबाट ब्रहमण जन्मेकोले, अरु भन्दा पहिले जन्मेकोले र वेद धारण गर्ने हुँदा ब्रह्मण यस जगतको धर्मको स्वामी हो ।

 

मनुस्‍मृतिमा यस्तो किसिमको हास्यस्पद कुरा उल्लेख गर्नुले मनुको यथार्थ चित्रण हुन्छ । ब्रह्मणले आफ्नो स्वार्थको लागि तात्कालिन बौद्धकालिन शान्त समाजलाई विखन्डन गरि स्वयं ब्रह्मन बाहेक अन्य जातिलाई तल्लो जाति बनाई समाजमा अशान्ती पैदा गरि मानिस मानिसमा जातिय बिभेदको जग बसाल्यो ब्रह्मनले । तत्कालिन समाजलाई पतन गरिएको हजारौं उदाहरण मनुस्‍मृति पाउछौ । यसले पनि ब्रह्मन रू बौद्ध मतको बिरोधी थिए भन्ने स्पष्ट हुन्छ । यस्तै बौद्ध भिक्षुहरूको बारेमा अती निन्दनिय शब्द प्रयोग गरिएको पाईन्छ मनु:मा, भने बौद्ध साहित्यमा काँहि कतै मनुस्‍मृतिको बारेमा उल्लेख गरेको पाइदैन । यसले पनि के स्पष्ट हुन्छ भने मनुस्‍मृतिको रचना चौथो या पाचौ शताव्दीमा गरिएको हो । यसरी मानिस मानिसको भेदभाव मनुस्‍मृतिको रचना काल देखि आजसम्म कायमै रहेकोछ । यो नेपाल, भारतमा एउटा अभिषाप भएर रहिरहेको छ । पछि आएर नेपालमा हिन्दू शासक वर्गले पराजित बिरोधीहरू लाई राज्यसत्ताबाट मात्र होइन उनीहरूको मौलिक भाषा, धर्म्, कला, सस्क्रिती सामाजिक तवरबाटै नष्ट गराइयो। जस्तो पृथ्विनारायण शाहले मकवानपु को सेन (मगर) राजा दिगवन्धन सेनलाई मारेर उनका सन्तान सबैलाई शुद्र (सार्की) जात बनाएको थियो । स्मरण रहोस् मकवानपुरे सेन राजा दिग्वन्धन सेन पृथ्विनारायण शाहका आफ्नै जेठान थिए । (हे.Hamilton- An account of the kingdom of Nepal. page.no.145)

 

यसरी हिन्दूबादी शासकले मगर समाजलाई जातिय विखन्डनमा ल्याएको स्पष्ट देखिन्छ । यस्तो घ्रिणित काम व्याबहार हिन्दू ब्रह्मन बाहेक अरु कुनै पनि धर्मवलम्वीमा देखिदैन । आफ्नो बिरोधीलाई ब्रह्मनबादी राजाले जात पतन गरेको मात्रै होइन कृर्तिपुरेको नाक-कान काटेको थियो भन्ने इतिहास साँची छ ।    

 

तत्कालीन सम्माजमा बुद्ध धर्म र आफ्नै परम्परा रहेको थियो जुन कुरा हिन्दू शासक ब्रह्मनबादीको लागि तगारो बने पछि तत्कालिन समाजको बुद्ध धर्म, सस्क्रिती, परम्परालाई नष्ट गर्न जोडतोडले लागे ती परम्परालाई समाप्त गर्न नसकेको खन्डमा त्यहि परम्परा भित्र बिकृती भित्र्याउने षड्यन्त्रमा लागे । पश्चिम नेपालको म्याग्दी, वाग्लुङ, गुल्मी, पर्वत, अर्घखाँचीका मगरले मगर भाषा बोलेमा, बुद्ध धर्म मानेमा चार पैसा दण्ड लाग्ने ब्यबस्था गरियो । मगरले दशैं मान्नै पर्ने दशैंमा पशुवली दिनु पर्ने प्रथा लागु गरियो । यतिसम्म गरियोकी दशैंमा पशुवली दियोकी दिएन भन्ने प्रमाण देखाउनु पर्ने व्यबस्था गरियो । प्रमाणको लागि वली दिएको पशुको रगतमा हात दुबाएर पाँच औंलाको निशानी घरको भित्तामा लगाउनु पर्ने व्यबस्था गरियो जुन प्रथा अहिले पनि परम्परा बनेर रहेकोछ । तिनै हिन्दूबादी शासक पृथ्विनारायण शाहले हिन्दू धर्म स्वीकार नगर्ने पुर्वी नेपालमा बसोबास गर्ने लिम्बू जातिलाई दुइ पैसा दण्ड तिर्नु पर्ने नियम बसाले ।

 

तिनै हिन्दूबादी शासकले जातिय आधारमा राज्यलाई कर तिर्नु पर्ने व्यबस्था निर्धारण गरे । जसले गर्दा अर्को जातिय बिभाजन गरि दियो हिन्दू शासकले । हलो नजोत्ने भएकोले ब्रह्मनले कुटो-कोदालो तिरो भनेर एक रुपैया एक पैसा निर्धारण गरे, हलो जोत्ने गैर ब्रह्मनबादीलाई हले-पाटे तिरो भनेर एक रुपैया १३ पैसा तिर्नु पर्ने ब्यबस्था निर्धारण गरे यसरी जातिय आधारमा निर्धारण गरेको कर जातको आधारमा दण्ड सजाय भोग्नु पर्ने ब्यबस्था तत्कालिन हिन्दू ब्रह्मनबादी सोच भएको शासक वर्गले कानुनी ब्यबस्था गरे । जस्तोकी लालमोहर, रुक्का, खद्गनिशान, सनद आदि । ती नियमहरू मुलुकी एनमा अझै पनि रहिरहेको छ । यिनै हिन्दू ब्रह्मनबादी राज्य सत्ताले गैर ब्रह्मनबादी जातिलाई पुरै दमन गरेर ती जातिहरूको इतिहास र सस्क्रितीलाई पूर्ण रुपमा नष्ट गर्ने कोसिस गरे । जस्तोकी सन १८१५ मा ब्रिटिश इन्डियासँगको सन्धीमा अक्टरलोनीसँग सम्झौता गर्ने जनरल अमरसिंह थापा मगर् का सन्तान लम्जुङको मोहरियामा बगाले थापा मगरको रुपमा हुँदा हुँदै इतिहासको पानामा थापा क्षेत्री लेखिएको छ। पृथ्विनारायण शाहले लिम्बू जातिलाई क्षत्री बनाउनको लागि एक डोको जनै पठाउदा लिम्बू जातिले नमानेर २ पैसा दण्ड तिर्न तयार भएका थिए भन्ने कुरा इतिहासका पानामा भेटिन्छ । यसले के प्रष्ट हुन्छ भने तत्कालिन हिन्दू शासकले गैर हिन्दू जाति अहिलेको भाषामा जनजातीलाई मेटाउन चाहन्थे भन्ने प्रष्ट देखिन्छ । यसरी जवर्जस्ती परिवर्तन गरिदिएको कारणले बिभिन्न जातिहरूले आफ्नो पुर्खाको इतिहास चिन्न नसक्नु, इतिहासको अज्ञानताले गर्दा आफ्नो पुर्खौली आत्मसम्मान, स्वाभिमान भावना आज लगभग हराइ सकेको छ । जसले गर्दा आफ्नो भाषा धर्मबाट बन्चित भएर आफ्नो सम्पुर्ण अस्तित्वलाई गुमएर पनि रत्तिभर आफूलाई अपमानित नसम्झी ब्रह्मनबादी शासकलाई स्वीकार्ने, अपमानित गरे पनि अपमानित भएको छैन् भनि सधैं आफूलाई निच बैश्य, शुद्र नै भएर दबिएर बस्न सक्ने जाति नेपालको जनजाति बाहेक अरु कहाँ होला र..?? अझै पनि ती ब्रह्मनबादी शासक अनी ब्रह्मनबादीहरू त्यहि आशा अनी कल्पनामा बसेका छन् । मेरो हजुर बाले गरुड पुराण लगएर स्वर्ग पुगिन्छ भन्ने कल्पनामा एउटा ठगको रचना गर्ने ब्रह्मनलाई १० पाथीको बिउ जाने खेत दान गर्नु भएको थियो । अब मेरो हजुर बा स्वर्ग पुग्यो पुगेन त्यो त मारेर गएको हजुर बा लाई नै थाहा होला तर त्यो बाहुनले भने आनन्दले धानको भात खायो सम्पत्ति जोड्यो । अझै पनि ती ठग्न पल्केका ब्रहमनहरू कसरी ठग्न सकिन्छ भन्ने कल्पना, सोचमा घोरिन्छन । अनी कतै भेटिएमा तिम्रा बाजे यस्ता थिए उस्ता थिए भनेर बखान गर्छन् । यसको अर्थ अझै ब्रह्मनबादी हिन्दू पहिलेको जस्तै होस् भन्ने चाहन्छन । तर अब यो समय हजुर बाजेको होइन, कुनै धार्मिक आस्थाको आधारमा विभेद र दमन सह्या हुदैन ।

 

 

 

                                                   भिक्षु मगर

 

                                                     थाईलण्ड