एमालेले नेताहरुबाट एमालेकै विरोध

Read Time:1 Minute, 46 Second

नेकपा एमाले उपाध्यक्ष अशोक राईले आफ्नो पार्टी नेतृत्व यथास्थितिवादी र दक्षिणपन्थीसँग मोर्चाबन्दी गरेर हिँडेको बताएका छन् । एमालेसम्बद्ध नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घ कास्कीले साउन ९ गते वर्तमान परिस्थिति पार्टी नीति र आदिवासी जनजातिहरुको भूमिका विषयक अन्तकिर््रयामा  उनले यस्तो धारणा राखेका हुन् ।

संविधान निर्माणको कार्य ९५ प्रतिशत सम्पन्न भएर  पनि एमाले र कांग्रेसका कारण संविधान बन्न नसकेको राईको भनाई थियो । जातीय पहिचानसहितको संविधानको पक्षमा ३२० भन्दा बढी सभासद्को हस्ताक्षर भइसकेको अवस्थामा एमालेले अन्तिममा आएर धोका दिएको उनको भनाई थियो ।
 
एमाले पोलिटब्युरो सदस्य पृथ्वीसुब्बा गुरुङले नेपालमा जनजाति विरोधी पार्टीको भविष्य नभएको धारणा राखे । अर्को पोलिटब्यूरो सदस्य रामचन्द्र झाले एमालेमा अन्तरपार्टी सङ्घर्ष सुरु भईसकेको तथा जनजाति नेताहरुको माग सम्बोधन नभए नयाँ पार्टी गठन हुने उल्लेख गरे । एमाले केन्द्रीय सदस्य वीरबहादुर लामा, किरण गुरुङ, राजेन्द्र श्रेष्ठ, रिजवान अन्सारी, तुलबहादुर गुरुङले संघीयता विरोधहरुको दिन सकिएको टिप्पणी गरे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %