पोखराकी दीपिका पहारीले मिस क्षेत्रीको उपाधि जितेकी छन् । क्षेत्री समाज नेपालको आयोजनामा ६ साउनमा सम्पन्न कार्यक्रममा दीपिकाले २० प्रतिस्पार्धीहरुलाई उछिनेकी हुन् । उनलाई नायक राजेश हमाल र पूर्व मिस नेपाल उषा खड्गीले ताज पहिर्याए ।
क्षेत्री सुन्दरी बन्न सफल दीपिकाले डेलिम कम्पनीको स्कूटर जितेकी छन् । वेष्ट कल्चर र वेष्ट फ्रेन्डलीको उपाधि समेत दीपिकाकै पोल्टामा पर्यो । प्रतियोगितामा गरिमा लामिछाने फष्ट रनरअप र फारीना कार्की सेकेन्ड रनरअप बन्न सफल भए । गरिमा र फारीनाले क्रमशः रु ३० हजार र २० हजार नगद प्राप्त गरे ।
तिलिसरा राना, काठमाडौं