सेना समायोजनमा पनि जनजातिमाथि विभेद

Read Time:3 Minute, 41 Second

 

मगर बस्तीमा युद्ध लडेर ठूलो पार्टी बनेको एमाओवादीले लडाकु समायोजनमा जाने क्रममा भने मगर वा अन्य जनजातिलाई विश्वास गरेन ।  नेपाली सेनामा समयोजन हुन लागेको लडाकुको नेतृत्व प्रतीक्षा उपनाम भएका यमबहादुर अधिकारीले गर्ने भएका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र सेना समायोजन विशेष समितिका संयोजक समेत रहेका प्रधानमन्त्री बाबुराम भट्टराईको ठाडो निर्देशनमा वाहुनकै नेतृत्वमा समायोजनमा पठाउन लागिएको स्रोतले बताएको छ ।

सात मध्ये पहिलो डिभिजन कमाण्डर रहेका अधिकारीलाई नेपाली सेनामा फूल कर्णेल बनाउने प्रस्ताव गरिएको छ ।  डिभिजन कमाण्डर तहका कुनै पनि जनजातिले यो अवसर नपाउने १०० प्रतिशत पक्का भईसकेको छ । दुई लेफ्टिनेन्ट कर्णेल मध्ये पनि एक जना अनिवार्य बाहुन समुदायबाट पठाउने तयारी भईरहेको छ । तेस्रो डिभिजनका सहायक कमाण्डर रहेका पावेल उपनामका बासुदेव घिमिरेलाई लेफ्टिनेन्ट कर्णेल बनाइने भएको छ ।

गएको चैतमा २७६४ लडाकुलाई सेनामा प्रवेश गराउने भएपछि उच्चतहमा वाहुन क्षेत्रीलाई पठाउन एमाओवादी हेडक्वार्टरले कसरत गरेको हो । २६ मेजर, ४९ क्याप्टेन, ३० लेफ्टिनेन्ट, २० सुबेदार र ७५ जनालाई जमदार बनाउने प्रस्ताव गरिएको छ । माथिल्लो तहका यि सबै दर्जामा जाने अधिकांश वाहुन क्षेत्री समुदायका छन् । उनीहरु बाहेकलाई विरोध हुने डरले मात्रै सामेल गराए जस्तो देखिन्छ ।

एमाओवादी महासचिव रामबहादुर थापा, स्थायी समिति सदस्य तथा जनजाति विभागका देव गूरुङ, पोलिटब्यूरो सदस्य खड्गबहादुर विश्वकर्मा, केन्द्रीय सदस्य तथा अनेम संघ क्रान्तिकारीकी अध्यक्ष जयपुरी घर्ति, दलित मुक्ति मोर्चाका तिलक परियारहरु दाहाल र भट्टराईले जनमुक्ति सेनालाई आत्मसर्मपण गराएको भन्दै मोहन वैद्यको नेकपा-माओवादीमा लागी सकेका छन् । राजधानीमा सम्पन्न सातौं विस्तारित बैठकमा शिविरको आर्थिक अनियमिततामा केन्द्रीय नेताहरुको समेत हात रहेको भनेर बैठकअवरुद्ध हुँदा पनि यो विषयमा चर्चा समेत भएन ।
 
एमाओवादी शान्ति प्रकि्रयामा आउनु भन्दा पहिला दुई मगर र दुई बाहुन लडाकुको डिप्युटी कमाण्डर थिए । माओवादी लडाईलाई नजिकबाट नियालीरहेकी जापानी पत्रकार कियोकी ओगुराका अनुसार लडाईकालमा मारिने मध्ये आधा भन्दा बढी मगर समुदायका थिए । सैन्य विभागमा सबैभन्दा बढी योगदान गरेका रामबहादुर थापाको बर्हिगमनपछि मगरलाई दिन लागेको सबैभन्दामाथिल्लो पद मेजर हो ।
 
तिलिसरा राना, काठमाडौं
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %