यसपालिको आदिवासी दिवसमा थारु र तामाङ हङकङमा

Read Time:1 Minute, 59 Second

 १८ औ विश्व आदिवासी दिवस १२ अगष्टमा
आदिवासी जनजाति महासंघ हंगकंगले पत्रकार सम्मेलन गरी १८ औ विश्व आदिवासी दिवस १२ अगष्ट २०१२ का दिन हेनरी जी लियङ याउ मा तेइ कम्यूनिटी हलमा मनाउने जानकारी गराएको छ । उक्त कार्यक्रम भब्य रुपमा सम्पनन्न गर्नको  लगि नेपालबाट नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष राज कुमार लेखी र आदिवासी जनजाति सयुक्त संघर्ष समितिका संयोजक परशुराम तमाङ पनि हंगकंग आउने अध्यक्ष एम वि थापा मगरले जानकारी गराएका थिए । सम्भवत यू एन ओ बाट पनि प्रतिनिधि आउन सक्ने बताए ।
आदिवासी जनजाति महासंघ हंगकंगमा आबद्ध भएका सवै जातिय सस्थाहरुले आफ्नो जातिय झाकीका साथै सास्कृतिक कार्यक्रम पनि प्रस्तुत गरीने बताए । त्यस्तै आदिवासी बर्ष पुरुष र बर्ष महिला पनि घोषणा गरीने बताए । आदिवासीहरुको परम्परागत जातिय रुपमा प्रयोग गरीने सरसमानहरुको पनि प्रर्दशन गरीने बताए । यो कार्यक्रम विशेष तरीकाले सम्पन्न गर्नको लागि कार्य विभाजन गरी विभिन्न समिति पनि बनाइएको जानकारी दिए । पत्रकार सम्मेलन कार्यक्रममा महासंघमा आबद्ध जातिय संस्थाका अध्यक्ष तथा आदिवासी जनजाति महासंघका पूर्व अध्यक्ष भुपेन्द्र चेम्जोङ, नरहाङ राई, तथा नेपाल आदिवासी जनजाति महासंघका संस्थापक सचिब भक्त दुरा लगायत उपस्थित  थिए । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %