भिम थापा मगर, १७ जुलाई हंगकंग, सन १९३० मा निर्माण गरीएको काउलुन स्थित याउ मा तेइ थटरको पुःन निर्माण गरी लेजर एण्ड कल्चर विभागको मातहतमा राखी सञ्चालनमा ल्याइएको छ । उक्त थेटरको भब्य समारोह विच भर्रखरै मात्र हंगकंगको कार्यकारी प्रमुखको कार्यभार सम्हालेका कार्यकारी प्रमुख सी वाई लियोङले समउदघाटन गरेका थिए ।
हंगकंगका फिल्म पारखीहरुको मनोरञ्जनको तृष्ण मेटाउन १९३० मा निर्मित उक्त थेटरमा १४ जुन १९३० का दिन आवाज बिहिन (सुन्न नसकिने) बल्याक एण्ड ह्वाइट A Plum with Him नामक चलचित्र पहिलो चोटी प्रदर्शन गरीएको थियो । यसको ठिक एक बर्षपछि पहिलो बार्षिकउत्सबको अबसर पारेर १५ जुन १९३१ का दिन आवाज भएको (सुन्न सकिने ) बल्याक एण्ड ह्वाइट The Enemy starring Lillian Gish नामक चाइनिज चलचित्र प्रदर्शन गरीएको थियो । तर १९३४ मा यसलाई साच्चै आवाज सुन्न सकिने फिल्म थेटरमा परीणत गरीएको थियो । जब १९४५ मा दोस्रो विश्व युद्ध शुरु भयो त्यस समयमा अहिले फोहर संकलन केन्द्र भएको ठाउमा बम खसेको थियो । त्यस समयमा मानविय क्षति नभए पनि थेटरको छानामा असर परेको थियो भनेर याउ मा तेइ थेटर अगाडि बसोवास गर्ने श्री हो बताउछन । त्यसपछि २१ नोभेम्वर १९४६ मा यो थेटर पुःन सञ्चालन गर्न शुरु गरीयो । त्यस समयमा पनि त्यहि पहिलो चोटी प्रदर्शन गरेको A Plum with Him नामक फिल्म नै देखाइएको थियो । त्यस समय पश्चात फिल्म जगतको सनौलो युग शुरु भइ चाइनाको विभिन्न ठाउमा पनि फिल्म देखाउन थालियो ।