महासंघ पुःन प्रदीप थापाकै नेतृत्वमा

Read Time:3 Minute, 27 Second


भीम थापा, ८ जुलाई हंगकंग, नेपालीहरुको छाता संगठनको रुपमा नेतृत्व गर्ने उदेश्य अनुरुप स्थापना भएको हंगकंग नेपाली महासंघको आठौ महाधिबेशनले पुःन दोस्रो पटक प्रदीप थापालाई नेतृत्व दिदै अध्यक्षमा निर्बाचित गरेको छ । उपाध्यक्षमा रीता गुरुङ, महासचिवमा लोकेस बोगटी र कोषाध्यक्षमा लोकराज लिम्बु निर्बाचित भएका छन । सचिब पद भने अहिले रित्त रहेको छ । हालसम्म ३३ वटा संस्था महासंघमा आबद्ध भएका छन । सवै सदस्य संस्थाहरुबाट एक जना प्रतिनिधि सदस्य रहनेछन । थापाले नेतृत्व लिएपछि पहिला भन्दा बढि संस्थाहरु महासंघमा आबद्ध भए पनि अझै धेरै संस्थाहरु बाहिरै रहेका छन । अब अन्य संस्थाहरुलाई पनि आवद्ध गर्न यो समितिले नेतृत्वदायी भूमिका निभाउन सक्नु पर्छ । त्यसपछि नेपालीहरुको साझा समस्या भीसा र क्लब हाउस जस्ता कुराहरुलाई जोडदार रुपमा उठाई अगाडि बढाउनु पर्छ । अध्यक्ष थापाले महासंघको अफिस र क्लव चलाउने गरी सहयोग रकम उठाई फल्याट किन्ने योजना पहिला नै अगि सारी सकेका छन । यो राम्रो कदम हुदै हुदै पनि अझ यो भन्दा सवै नेपाली समुदाय र संस्थाहरुलाई एकजुट गराई सरकारी स्तरबाटै त्यस्तो फल्याट पाउन सके त्यो नै समाजको लागि राम्रो र सर्हानिय काम हुनेछ । किनकि पैसा उठाएर किन्नु र सरकारी स्तरबाटै ल्याउन सक्नुमा धेरै भिन्नता छ ।
याउ मा तेई स्थित हेनरी जी लियङ कम्यूनिटि हलमा अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा महासचिव रीता गुरुङले खुला सत्र कार्यक्रम सञ्चालन गरेकी थिइन । नेपाली महाबाणिज्यदूत विनोद कुमार उपाध्ययको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई उपाध्यक्ष विष्णु पाख्रीनले स्वागत मन्तब्य दिएका थिए । विशेष अतिथिहरुमा आदिवासी जनजाति महासंघका अध्यक्ष एम वि थापा मगर, चेम्वर्स अफ कमर्शका अध्यक्ष जे एन ज्ञावली, एन आर एनका अध्यक्ष दुर्गा गुरुङ, सल्लाकार दासुराम पराजली लगायत रहेका थिए । त्यस्तै अतिथिहरुमा महासंघका पूर्व अध्यक्षहरु भोलानाथ थापा मगर, हेजेन राई र हेम लिम्बु लगायत बिभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
अध्यक्ष मण्डलमा रही अध्यक्ष हेजेन राई र सदस्यद्धय हेम लिम्बु र भुपेन्द्र चेम्जोङले बन्द सत्र र निर्बाचनको कार्य सम्पन्न गरेका थिए ।   

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %