मधेशी पनि एमालेमा अटाएका छैनन् : रामचन्द्र झा एमाले नेता

Read Time:2 Minute, 4 Second

एमाले पार्टीले तपाईलाई पार्टी नीति विपरीत बोलेको भन्दै अनुशासनको कारर्वाही गर्ने भनेको छ नि ?
पार्टीले स्पष्टीकरण सोध्दा के गर्ला अरु के नै गर्न सक्ला र । स्पष्टीकरणमा हामीले पनि दहरो रुपमा जवाफ दिने छौ ।
पार्टीमा अन्तर संघष निकै चुलिएको छ यसरी पार्टी भित्रै कहिले सम्म बस्ने ?
जबसम्म पार्टीले हाम्रो माग सम्वोधन गदैन र वास्ता गदैन तवसम्म अन्तर संघर्ष चलिरहन्छ । एमाले पार्टीमा हामी रहदासम्म अन्तर संघर्ष चलिरहन्छ ।
पार्टीमा नेतृत्वले निकै लपेटिरहेका छ नि ?
नेतृत्वलाई हामीले पनि आफ्नो माग पूरा नहुदासम्म छाड्ने छैनौ । माग पूरा गरेन भने हामी पनि पार्टीमा बस्ने छैनौ ।
अहिले मधेशी जनजाति र मुश्लिमको छुट्टै पार्टीको आवश्यकता परेको हो ?
अहिले राजनीतिक शक्ति आवश्यक छ तर कहिले त्यो निर्माण गर्ने अहिले नै भनिरहनु पदैन ।
जनजातिहरुको दुई दिने राष्ट्रिय सम्मेलनबाट मधेशी र मुश्लिम र जनजातिहरु एक भएर पार्टी खोल्ने निर्णय गरेका छन् यसलाई कसरी लिनु भएको छ ? अहिले यो नै गर्ने भन्ने हामी मधेशीले निर्णय गरेका छैनौ तर परिस्थिति हेदै त्यसै अनुरुप निर्णय गर्ने छौ । मधेशीहरु एमाले पार्टीमा अटाएका छैनन् । त्यसैले सबै समेटी शक्तिका लागि मोर्चावन्दी गर्न जरुरी छ । जनजातिहरुले राष्ट्रिय सम्मेलन गरेर त्यस्तो बाटो खोलेका छन् ।

(राज्यसत्ता नेपाल व्युरो )

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %