समाजको हेराइमा भिक्षु जीवन अनी मेरो पहिचान

Read Time:13 Minute, 22 Second

 मानिसको मनको चाहाना, इच्छा एउटा नटुंगीने यात्रा हो भन्न रुचाउछु म, हुन त मानिसको आ-अफ्नै बुझाई हुन्छ। जसलाई मानिसले एउटा आधार बनाएर बाचिरहेको हुन्छ । यस्तो नटुंगिने यात्राको सार पनि यहि नटुंगिने इच्छा अनि, चहानामा गाँसिएको हुन्छ । यहि मनको इच्छा र चाहानाले गर्दा होड्बाजी आजको समाजको एउटा बिशेषता भइसकेको छ । अशिक्षा, अज्ञानतालाई सबै भन्दा कारक तत्वको रुपमा लिन सक्छौ । यसै बिच सम्याक शिक्षा (बुद्ध शिक्षा) ले महत्वपुर्ण स्थान लिन सकिरहेको छैन । वास्तबिक जीवनलाई हेर्ने दृष्‍टिकोण भन्दा पनि अरु दृष्‍टिकोणले महत्वपुर्ण स्थान लिइरहेकोछ । साँचै भन्नु पर्दा यो परम्परा,सस्कार परिवार बाट सुत्रपात भएको देखिन्छ। जब कुनै नवजात शिशु यो मनुष्य लोक धर्तिमा पहिलो चोटि पाइला टेक्छ आँखा  खोल्छ सबै भन्दा पहिले सायदै आफ्नो जीवन आनि जगतलाई नियल्न खोज्छ । बिस्तारै उसको पारिवारिक शिक्षा नै जीवन जगतलाई बुझ्ने, थाहा पाउने महत्वपूर्ण कुरा हुन जान्छ । बिस्तारै सामाजिकरण बन्दै जान्छ । होद्बाजीको नाराहरू अब त्यो बालकको कानमा गुन्जन थाल्छ, बिस्तारै युवा अवस्थामा आइपुग्दा उसलाई बिक्षिप्त बनाइ सकेको हुन्छ । किन की बर्हिमुखी संसार नै सरल मान्दै आएको एउटा परम्परा सस्कार हामी माझ बिध्यमान छ । त्यसैले समाजले जानेर पनि त्यो चहादैन । जसको कारण अन्तरमुखी हुनबाट विष्मिर्त गराइन्छ । त्यसैले गर्दा बिध्यमान अवस्थामा आइपुग्दा धर्म दर्शन् एक अलग बिषय बन्न पुग्छ । जसलाई समाज भन्दा छुटै अवसान को रुपमा लिइन्छ ।   

समाजको बुझाई मा धर्मलाई स्वीकार गर्नु अथवा समर्पित हुनु ती व्यक्तिको लागि मात्रै हो जो जीवन देखि थकित र पीडाले थिलथिल भएका छन । जसलाई आरम गृहको रुपमा समाजले छुट्याइ दिएको छ । त्यसैले जीवन व्यतित गर्ने परम्परा तरिका दुइ अलग कोणमा बिभाजन भएको छ । यी कोणहरू एक आपसमा विपरित दिशामा बिभाजन भएको छ जुन की हुनुहुदैन थियो । संसारी या नी गृहस्थ जीवन जसलाई समाजको पुर्खौली हक छ अर्को सन्यासी (प्रवजित) जसमा प्रकृति सम्मत नियमहरू उत्पती काल देखी लागु भएको छ तर पनि समाज गृहस्थहरू बाट नै चलेको छ। यसको अर्थ यो होईन की सन्यासीले समाज चलाउनु पर्छ चेतना, शिक्षा र दर्शनको हिसाबले प्रवजित जीवनको वास्तबिक असर पर्न सकेको छैन।

समाजले दिएको उपदेशलाई हेर्दा के देखिन्छ भने दु:खि जो जीवन देखि हार खाएको छ, उ मात्र प्रवजित जीवनमा प्रवेश गर्न सक्दछ तर एउटा प्रफुल्लित मनिस भिक्षु वा सन्यासी भएमा समाजको लागि उ फलामे चिउरा नै साबित हुनसक्छ किन बिग्रिएको किन बहुलाएको आदि आदि कुराको समाना गर्नु पर्छ । तर सवाल एउटा अन्तरमुखी अनि एक विज्ञान को हो । हुनत गृहस्थ जीवनको लागि प्राय:गुणहरू परिवारबाटै प्रदत्त छन्। तर प्रवजितको लागि सामाजिक प्रदत्त व्यवस्था पर्दैन की…..? हुन सक्छ वाहिरी दुनियाँबाट जे जस्तो भित्र्याइएता पनि मुल जिम्मेवारी त आँफै हो नी। जसको लागि वैरग्य शव्द समाजको लागि अनुपयोगी छ भन्ने बुझाई छ त्यो गलत बुझाई हो । समाजले त यहि सिकएको छ बैरग्य हुनु भनेको बडो दुखि हुनु संसार आनि जिवन देखि वाक्क लागेर परिवार इष्टमित्र समाज आदि लाई त्यग्नु। त्यसैले होला समाजको हरेक कोणलाई आफ्नो सन्तान सन्यासी होला की भन्ने डर छ जस्तो मानौ एक परिवारमा छोराको बिबाह हुन लाग्यो लाखौं खर्च गरेर बुहारी भित्रियाइन्छ वाजा गाजा सहित उल्लाहस छाउछ घरमा खुशिको साटा-साट हुन्छ आफन्तमा तर त्यहि छोरा सन्यासी भएको भए रुवाबासी चल्थ्यो त्यो घरमा l समाजको हेराइ कति भिन्नता छ एउटा संसारिक जीवन र सन्यासी जीवनको यहा । जो कोहि पनि आफ्ना सन्तानलाई डक्टर,इन्जिनिएर देश् चलाउने प्रशासक होस भन्ने चहाना बोकेको हुन्छ। तर स्वतन्त्र उद्रता पक्षको प्रबजित बनाउन चाहादैन, कसैले सोधी हालेमा सहज जवाफ पाईन्छ यो प्रबजित बन्न लायक कहाँ छ र ? भनेर आफूले आफूलाई ढांटी रहेको हुन्छ । त्यसैले दुई धुर्बमा बांडिएको छ यो समाजको हेराइ l  समाजको एउटा हेराइ छ प्रबजित जीवनलाई हेर्ने जो स्वतन्त्र छ खुल्ला आकाशमा उडेको पंक्षि जस्तो छ जो सारा जीवन समाजको लागि व्यतित गर्दछ, तर पनि आफ्नो सन्तानलाई प्रबजित बनाउन चाहादैन । अर्को गृहस्थ जीवन जुन इच्छा, चाहानाले भरिएको भकारी जस्तै छ साचै भनु पर्दा गृहस्थ जीवन भनेको घेरबन्दी बन्धन हो, जो यसैमा आफू पनि रमाए अनी सन्तानलाई पनि यसैमा रमाउनु पर्छ भनेर भनि रहन्छन । अनी सन्तानको नाम जुराउदा पनि यस्तै राख्न चहान्छन तर म यो समाजको सोचबाट बिपरित यात्रा तय गर्दैछु अनी जुन सन्यासी जीवन सधैं समाजको लागि व्यतित गर्न चाहन्छु अनी आफ्नै नामसँग बिद्रोह गरेर नयाँ नाम खोज्दैछु । 

                                                                  मेरो पहिचान 
             न अक्षर बाट शुरु भएको मेरो नाम कुन वर्गमा पर्दछ त्यो त मलाई थाहा छैन ! तर न बाट शुरु भएकोले मेरो नामकरण गरियो “नारायण”हिन्दु सस्किर्ती अनुसार जन्मे को ११औ दिनमा बाउ,बाजेले मान्दै गरेको पुरेत अधिकारी जेठा बाजेले ठुलो स्वरमा कानमा आएर चिच्चाएर “नारायण” भन्दै हिन्दु भगवानको नाम जुरे ओ भनेर l मेरो अशिक्षित बुबा, आमालाई हर्षित बनाए ! मगर जतिमा जन्मिएकोले नामको पछाडी “बहादुर” थपिदियो यदि बाहुन कुलमा जन्मिएको भए प्रसाद नामको पिछाडी थपिन्थ्यो होला ! मलाई यो नामले कहिल्यै घरमा बोलाएनन सन्तानमा दोश्रो भएकोले माइला भनेर बोलाउने गरिन्थ्यो र अझै पनि यहि नामले बोलाउछ मलाई जब म स्कुल जान थाले अनि मात्रै मेरो नाम “नारायण” भन्ने थाहा भयो मलाई नामको पिछाडी यी शब्द पिटिकै मन पर्दैन थियो बहादुर, प्रसाद, मान आदि जब म कक्षा ९ मा अध्यन गर्दथे तब मलाई हिन्दु धर्म पर्ति बितृष्णा जाग्न थाल्यो म मा सायद ज्ञानको केहि मात्रा प्रबेश गर्न थालेको थियो मलाई किन हो सानो जात ठुलो जात भने को पिटिकै मन पर्दैन थियो ! अनि अधिकारी जेठो पुरेत बाजेको खुट्टा मेरो बुबाले ढोगेको झनै मन पर्दैन थियो ! मलाई याद छ मेरो घरमा सत्यनारायणको पुजा लगाएको बिहानै बाहुन बाजे अधिकारी जेठो हातमा कुशको घास लिएर आए पुजा शुरु भयो ! खै नाबुजिने रुपमा अधिकारी बुढोले के भट-भटाए कुन्नि………..!!!! पातीचढाउने बेला भयो भनेर चिच्चाए अनि आरती बाले पछी बाजेलाई टिका लगाएर दछिना दिनु भनेर बाहुन बुढो फेरी चिच्चाए मेरो बुबाले बाहुन बुढाको खुट्टामा शिरको टोपी फुकालेर धोग्नु भयो मलाई सारै चित्त बुझेन फेरी मलाई नि ढोग्न लगाए त्यति बेला मेरो रिसले डाडा काटी सकेको थियो तर बुबाको हप्पकी खानुको सट्टा सहेर बसे मेरो बुबालाई हिन्दुत्तोको भुत थियो कि खै कुन्नि ……! त्यही दिनबाट मेरो मनमा एउटा कुराले डेरा जमायो आफ्नो जन्म दिने बुबा आमाको खुट्टा ढोग्न गारो मान्ने हामी त्यो बाहुनको खुट्टा ढोग्दा स्वर्ग पुगिन्छ भने कती मुर्ख अनि पागल सोचाई होला हाम्रो यही सोचाई हुदा हुदै म मा बिदोह्र उत्पन्न भयो हिन्दु धर्म अनि मेरो हिन्दु नाम प्रति अनि आफुलाई हिन्दुको भुतबाट अलग राख्न चाहन्थे जहाँ हत्या, हिंसा, छुवा-छुत जस्तो गुज्रिएको सोच अनि प्राप्तिको लागि बलिपुजा जहाँ रगतको होलि खेलिरहेछ्न कती भयङ्कर छ कती दर्दनाक छ यस्तो भुत राक्षसको दुनियाबाट अलगिन चाहन्थे अनि त्यो बाहुन बाजेले कानमा चिच्चाएर भनेको नाम पनि भुत प्रेतको नाम जस्तो लग्न थाल्यो ! त्यसैले म आफुलाई छोटो लाग्ने अनौठो र फरक किसिमको नाम चाहन्थे त्यसैले अनौठो किसिमको शब्द “नाम” नै राखे ! यो शब्द मलाई प्यारो लाग्ने थियो जुनले मेरो पहिचान र परिचय खोज्दैछु ! मलाई शान्ति अनि करुणाको शिक्षा चाहिएको थियो त्यसैले बुद्ध भगवानको शिक्षा मेरो जीवनको अभिन्न बनेर बसेकोछ ! कसलाई चाहिएको छैन र? आज संसार मा शान्ति अनि करुणा, दुख मुक्ति अनि सुख को जिबन……..!!!!

त्यसैले त म यही संसारमा “भिक्षु नाम मगर”को नामले फुल्न चाहन्छु, फक्रिना चाहन्छु ! आफुलाई मन परेको नामले सबैको समू पहिचान दिदै परिचित हुन चाहन्छु तर त्यो पहिचान र परिचय त समयको गर्भ भित्रै छ!!!! मानिसको भिडले प्रश्न गर्ने छन मलाई तिमी को हौ ? भनेर म सहज र सरल रुपमा जबाफ दिनेछु ” म शान्ति मार्गी अनि करुणामइ बुद्ध भगवानको शिष्य भिक्षु नाम मगर हु” भनेर, नाम शब्दको खासै त केहि अर्थ छैन तर यो बेअर्थ को शब्द ले आफ्नो पहिचान अनि अस्तित्वको अर्थ खोजिरहेकोछु…..! आज यो कोलाहल संसारमा शान्ति खोजिरहेकोछु …!!!!! आफ्नै जिन्दगिसंग बिद्रोह अनि प्रत्येक समयसंग बिद्रोह गर्दा गर्दै आफ्नै नामसंग बिद्रोह गरिसकेकोछु !!! नाम मगरलाई जन्माउने आमाले जति पिडा सहनु प-यो त्यो भन्दा दोब्बर पिडा यस संसारमा मैले शान्ति खोज्न सहिरहेकोछु……!!!! हजुरहरु मलाई जे भनेर सम्बोधन गर्नुहोस् या चिन्नुहोस “चिन्ड़े, जोगी, या भिक्षु भन्ते” त्यो स्वतन्त्रता तपाईलाई छ !! तर म आफुलाई चिनाउनु पर्दा भिक्षु नाम मगर मात्र भन्छु है…त…ल….!!!!!!!!!!!!!!!!
                                                  भिक्षु नाम मगर
                                                     थाईलण्ड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %