जनजाति र मधेशी नेतासँग एमालेले बयान लिने

Read Time:1 Minute, 58 Second

पार्टीको हित विपरीत समुदायगत अधिकारको माग गर्दै हिंडेको भन्दै नेकपा एमालेले आदिवासी जनजाति र मधेशी नेतासँग बयान लिने भएको छ । असार २१ गते काठमाडौंमा बसेको एमाले अनुशासन आयोगको बैठकले एमाले उपाध्यक्ष अशोक र्राई, पृथ्बी सुब्बा गुरुङ, रामचन्द्र झा, विजय सुब्बा, दलबहादुर राना, अजम्बर काङबाङ र्राई, किरण गुरुङलगायतका नेतासँग बयान लिन लागेको हो ।


आफ्नो पार्टीको कुन विधान, नियमावली वा निर्णयमा आदिवासी जनजाति, दलित, मधेशी, महिला र मुस्लिमलाई अधिकार सम्पन्न गराउने भनिएको छ ? देखाउन उनीहरुसँग बयान लिन लागिएको आयोगका अध्यक्ष अमृतकुमार बोहोराले बताए । एमालेको नीति विपरीत पिछड्याइएका समुदायको हितमा बोल्दै हिंडेका नेताहरुलाई सात दिन भित्र चित्त बुझ्दो जवाफ नआए उनीहरुलाई पार्टीबाट निकाल्ने तयारी भईरहेको एमाले स्रोतले जानकारी दिएको छ । पहिचान सहितको संघीयता, समावेशीता र आरक्षण जस्ता मुद्दा कम्युनिष्ट पार्टीले बोक्न नहुने ती स्रोतको भनाई छ ।

आदिवासी जनजातिहरुले राजधानीमा राजनीतिक सम्मेलन गरेको भोलिपल्ट अनुशासन आयोगले कारवाही गर्ने स्पष्ट निर्णय गरेको हो । तर जातीय पहिचानको वकालत गर्दै आएका नेताहरु भने एमाले विना र्स्वर्ग जानै नसक्ने जस्तो व्यवहार गरिरहेका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %