राजधानीमा जनजातिहरूको राजनीतिक सम्मेलन शुरू

Read Time:3 Minute, 5 Second

नेपाली आदिवासी जनजाति महासंघ र विघटित संविधानसभाका आदिवासी जनजाति सभासद्सभा (ककस) लगायतको आयोजनामा आदिवासी जनजातिहरुको राजनीतिक सम्मेलन शुरु भएको छ । काठमाडौंको धुम्बराहीमा रहेको एसके क्याटरिङमा असार २० गते शुरु भएको सम्मेलनमा डा. कृष्ण भट्टचन र डा. चैतन्य सुब्बाले कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनको सभापतित्व गर्दै जनजाति महासंघका अध्यक्ष राजकुमार लेखीले जनजातिहरु राजनीतिक रुपमा एक भएर अगाडि बढ्नुपर्ने धारणा राखे । उनले संविधानसभा ब्यूँताएर भएर पनि जातीय पहिचान सहितको संविधान जारी गर्नुपर्नेमा जोड दिए । कार्यक्रमको विषयबारे प्रस्ट पार्दै जनजाति ककसका पूर्व अध्यक्ष पृथ्बी सुब्बा गुरुङले जातीय पहिचान सहितको संघीयता सुनिश्चित गर्नका लागि रणनीतितय गर्ने उद्देश्यले भेला आयोजना गरिएको बताए ।

बिहान आठबजे बोलाइएको सम्मेलन दुइ घण्टा ढिलो शुरु भएको थियो । आदिवासी जनजाति गैरसरकारी संस्था  महासंघ र जनजाति वकिलहरूको समूह पनि कार्यक्रमको आयोजक रहेका छन् । जनजाति महिला महासंघलाई पनि आयोजक भनिएपनि सम्मेलनको उदघाटनसत्रमा राखिएको ब्यानरमा भने महिला महासंघको नाम भने छैन  ।

विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत सहभागी सम्मेलनमा प्रतिनिधिका रूपमा ५६ जातीय संस्थाका प्रतिनिधि, जनजाति समुदायका पूर्व सभासद्, विभिन्न राजनीतिक दलमा आवद्ध जनजाति नेता, कार्यकर्ता, जनजाति महासंघका संघीय परिषद् सदस्य, जनजाति सम्बद्ध गैरसरकारी संघसंस्थाका प्रतिनिधिहरूले भाग लिएका छन् ।
सम्मेलनले पारित गरेको घोषणापत्र असार २१ गते पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने कार्यक्रम तय भएको आयोजकले जानकारी दिएको छ । सम्मेलनमा विजय सुब्बा, आङकाजी शेर्पा, इन्द्रबहादुर गुरुङ, पासाङ शेर्पा, सुरेश आले, हेमबहादुर गुरुङ, धनकेशर र्सूयवंशी, प्रताप नाछिरिङ, दलबहादुर राना, महेन्द्र थापा, गंगा खासु, कुमार तामाङ, झकबहादुर थापा, परशुराम तामाङ, मुक्त सिंह लामा, बमकुमारी बुढा, र्सुदशन बराल, राजकाजी महर्जन लगायत सहभागी छन् ।

तिलिसरा राना गाहा, काठमाडौं

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %