१ जलाई हंगकंग, सिरहा जिल्लाको अग्नि पिडितको लागि राहत तथा सहयोग रकम जुटाउनको लागि पाइलट क्याप्टेन विजय लामालाई प्रमुख अतिथिको रुपमा निम्तयाएर सुमधर साँझ याउ मा तेइ कम्यूनिटि हलमा सम्पन्न भएको छ । लामाले नेपालमा अग्नि पिडित मात्रै होइन विकट गाउँमा एउटा न्यानो लुगा लगाउन नपाएर बालबालिकाहरुको मृत्यु भइ रहेकोले त्यस्ता दुखी गरीवहरुलाई पनि सहयोग गर्न आह्वान गरेका थिए । उनीसगै अर्का पाइलट के सी पनि आएका थिए । कार्यक्रमलाई सफल मार्नको लागि शरीरीक रुममा सवल नभएका खड्ग गर्बजा मगर र प्रकाश तिमील्सिना जस्ता कलाकारलाई हंगकंगमा ल्याएर उनीहरुलाई पनि सहयोग गर्ने जमर्को गरेको लक्षमन राना मगर बताउँछन । यो राम्रो पक्ष पनि हो र उनीहरु सगै मैना रेश्मी मगर, रेखा थापा मगर, विलब थापा मगरलाई पनि निम्त्याइएको थियो । अन्नपूर्ण बाढी पिडितहरुलाई सहयोग गर्न सवैको ध्यान गए पनि सिरहाका अग्नि पिडितलाई सहयोग गर्न कसैको ध्यान नगएकोले पनि हामीले यो प्रयास गरेको भनेर अहिलेनै यतिनै रकम हुन्छ भनेर भन्न नसक्ने पनि आयोजकले बताएका छन । कार्यक्रममा सवै कलाकारको राम्रो प्रस्तुति रहेको थियो । त्यस्तो औपाचारिक कार्यक्रम केही नभएता पनि मगर संघ हंगकंगका पूर्व अध्यक्ष नेत्र पहराई मगर र बर्तमान अध्यक्ष चन्द्र ज्योति आले मगरले प्रमुख अतिथि लामालाई खादा र फूलको गच्छाले सम्मान गरेका थिए । कार्यक्रम सुनिता रानाले सञ्चालन गरेकी थिइन भने दर्शकहरुको पनि उल्लेखनिय उपस्थिति रहेको थियो ।
सिरहा जिल्लाको अग्नि पिडितको सहयोगार्थ सुमधर साँझ गरीयो
Read Time:2 Minute, 16 Second