आधिखोला साँझ तेस्रो सम्पन्न

Read Time:2 Minute, 47 Second

 

स्याङजा जनसेवा समिति हंगकंगको आयोजनामा युन लोङ थिएटर हलमा २४ जुन २०१२ दिन आँधिखोला साँझ सम्पन्न भएको छ । कार्यक्रमलाई सफल पार्न स्याङजा निवासी चर्चित लोक गायक पुरुषोत्तम न्योपाने र स्याङजाकै पप तथा आधुनिक गायक नरजङ गुरुङ र अहिलेको अवस्थामा  निकै चर्चामा रहेकी लोक गायिका मुना थापा मगर नेपालबाट आएका थिए । न्योपानेले आफ्नो पुरानो लोकप्रिय गीतहरुको संम्झना स्वरुप विना ट्रयाकमा गीतको मखडा गाउदै प्रस्तुति शुरु गरी थुप्रै गीतहरु गाएका थिए । त्यस्तै मुना थापा मगरले पछिल्लो समय उनलाई चिनाउने चिसो चिसो हावा सरर जस्ता थुप्रै गीत गाएकी थिइन । नरजङ गुरुङ जसले विभिन्न गुरुङ चलचित्रमा आफ्नो स्वर पस्किसकेका छन र उनले पनि आफ्नो गीतहरु बेजोडसाथ प्रस्तुत गरेका थिए । स्थानिय कलाकारहरुको समूह मगर रोष गुमष्ठाद्धारा कौडा नृत्य, तमु साँस्कृतिक परीवारबाट देउडा नृत्य प्रस्तुत गरीएको थियो । गायक तथा संगीतकार चेतमान गुरुङ, भाजबीर गुरुङ र कृष्ण गुरुङ बाद्यबादनमा सहभागी भएका थिए ।
गंगा गुरुङको प्रमुख आतिथ्यमा समितिका अध्यक्ष कोमल कान्छा गुरुङको अध्यक्षतामा सचिब भोजेन्द्र गुरुङले सञ्चालन गरेका थिए । प्रमुख अतिथि, अध्यक्ष, तथा अतिथिहरु सोलीसीटर एक नारायण शर्मा, प्रिस्टाइन किन्डरगाटेनका सुपरभाइजर जगदिश आले मगर, संस्थापक अध्यक्ष भक्त गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ र कोने ईन्जिनियरिङ कन्सट्रक्सन कम्पनीका डाईरेक्टर अर्चन गुरुङले सयुक्त रुपमा रीवन काटेर कार्यक्रमको उद्घाटन गरेका थिए । हंगकंगको पहिलो सोलीसिटर एक नारायण शर्मा, मिस्टर हंगकंग २०१० अमृत गुरुङ नेपाली डान्स आईडल २०११ सबनम गुरुङ, नेपाली डान्स आईडल २०१२ मा सेकेण्ड रनअर अप भएकी हुम कमारी थापा मगरलाई सम्मान स्वरुप कदरपत्र प्रदान गरीएको थियो ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %