डि ए वि को २० औं बार्षिक उत्सव : लजिस्लेटिभ काउन्सिलका अध्यक्षद्धारा गीत प्रस्तुत

Read Time:1 Minute, 36 Second

१० जुन हंगकंग, डि ए वि पार्टी हंगकंगको २० औ बार्षिक उत्सब हुंग हाम स्थित हंगकंग कोलिजम हलमा समर्थकहरुको ठूलै भिडमा सम्पन्न भएको छ । अध्यक्ष मिस्टर ताम यू चुङले सम्बोधनको क्रममा हंगकंगको विभिन्न क्षेत्रबाट सहभागी हुन आएका सवैलाई धन्यवाद दिदै जनताको पक्षमा काम गर्ने बताउनु भएको थियो । पार्टी केन्द्रिय नेताहरु सवैले सामूहित रुपमा उद्घाटन गर्नुका साथै जन्मदिनको गीत गाएर अतिश बाजी गरीएको थियो । सांस्कृतिक कार्यक्रममा लेजिस्लेटिभ काउन्सिलका अध्यक्ष चाङ योक सिनको जोडीले गीत गाउदै नृत्य प्रस्तुत गरेको देख्दा सवै चकित परेका थिए । उपाध्यक्ष स्टारी लिको  जोडीले कमेडी प्रस्तुत गर्दा चीनाहरु पेट मिची मिची हासेका थिए । सांस्कृतिक कार्यक्रमलाई रोचक बनाउनको लागि हंगकंगका कलाकारहरुलाई पनि निम्त्याइएका थियो । त्यस समारोहमा लाग्थ्यो त्यहाँ नेता होइन सवै कलाकार छन् । नेपालीको कार्यक्रममा भए अतिथिको नाम बोलाउदैमा एक घण्टा समय खर्चनु पथ्र्यो तर त्यहाँ त्यस्तो देखिएन । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %