ओझेल मा परेका पवित्र बुद्ध तिर्थस्थल हरु…

Read Time:10 Minute, 48 Second

                                                                                                      

         शान्ति का महानायक भगवान बुद्ध बर्तमान नेपाल को लुम्बिनी मा जन्मेको भनेर लुम्बिनी लाई मात्र प्रथामिकता दिएर पुग्दैन। नेपालमा रहेको बुद्ध भगवान सँग सम्बन्धित अरु स्थान लाई पनि उतिकै महत्तव ले हेरिनु पर्दछ।  आज भन्दा २६३४ बर्ष पहिले जन्मनु भएको भगवान बुद्ध संग जोडिएको विभिन्न तथ्य खोज अनुसन्धान को क्रम एतिहासिक कालखण्ड बाट अझै सम्म पनि पूण हुन सकेको छैन । यदयिप  विभिन्न विख्यात विद्वान हरु को अनुसन्धान,खोज बाट त्यति बेलाको बुद्ध भगवान को समय को समाज को कैयौ तथ्य प्रमाण हरु आज हाम्रो सामु आइ सकेकोछ! जसले गर्दा नेपाल को इतिहास समृद छ गौरव योग्य छभन्ने आयाम ल्याई दिएकोछ ! यस्तो महत्तो को स्थान एतिहासिक भएर पनि बिडम्बना सबै को नजर बाट टाढा ओझेलमा परिरहेको छ ! हामीनेपाली बुद्ध हाम्रो भनेर कराउन जानेका छौ तर यस्तो एतिहासिक महत्तो बोकेको ठाउँ बारे अनभिज्ञ रहन्छौ कतै छलफल चली हाले मा सरकार को काम हो भनेर पन्सिन्छौ यस्तो धार्मिक सम्पदा जोगाउनु नै हाम्रो पहिचान जोगाउनु हो के यो  काम हामी नेपाली को दायित्व होइनर..??? यदि यो दायित्व बाट नपन्छिने हो भने यस बाट हामीले धेरै फाइदा लिन सक्छौ। 

          सम्राट अशोक बुद्ध धर्म को सबै भन्दा ठुलो राजश्रयदाता हुनुहुन्थ्यो बौद्ध साहित्य अनुसार अशोक महाराज लेइ.पू २७७ मा आफ्नो २०औ राज्यभिषेक को अबसर मा भगवान  बुद्ध को जन्म भुमि लुम्बिनी मा आउनु भएको थियो उहा ले लुम्बिनी मा एउटा स्तम्भ लगाउनु लाउनु भएको थियो उक्त स्तम्भ अझै पनि अबस्थित रहेकोछ उक्त स्तम्भमा ब्रह्मी (अक्खारिका) लिपि मा यस्तो उल्लेख गर्नु भएकोछ!

                                देवा वातन पियन पियदस्सिन,लाजिन विसती वसाभिसितेन !

                                  अतन आगाच महिइते, हिद बुद्ध जाते शाक्यमुनि ती !!

                                 शिला विगत भी च चालापित शिलाथ भिगच उसपायिते !

                               इध भगव जातेती लुम्मिनीगामे उवलिके कटे अठ भागिय च!!

देवता हरु को प्रिय प्रियदर्शी (अशोक) राजा राज्याभिषेक को २०औ बर्ष मा आफै आएर यहाँ बुद्ध शाक्यमुनी को जन्म भएकोले ढुंगा को प्रचिर (स्तम्भ) बनाउनु लगाउनु भयो र शिला स्तम्भ स्थापना गराउनु भयो! यहाँ भगवान जन्मनु भएको ले लुमिनी गाउ लाई कर मुक्त गरियो र अष्ट भागीय पनि “

यसरी अशोक राजा बाट सुरु भएको भगवान बुद्ध को एतिहासिक अध्यन आज पनि जारी छ ! जुन खोज अनुसन्धान ले भगवान बुद्ध संग जोडिएको विभिन्न अनौठो तथ्य हरु आज हाम्रो सामु आएकोछ!

          कपिलवस्तु जिल्ला को नजिकै को जिल्ला हरू मा बुद्ध संग सम्बन्ध जोडिएको अनेकौ एतिहासिक महत्तो बोकेको स्थान हरु अझै पनि सरोकारवाला लगायत अन्य कसैको नजर पुग्न सकेको छैन त्यसैले यस्तो पवित्र तिर्थस्थल हरु आज ओझेल परिरहेको छ !

         इ.सा पुर्व २७७ मा अशोक महाराज को लुम्बिनी यात्रा पछी अरु धर्म प्रचारक धर्म गुरु हरु नआएका भने होइनन इ.सा को पाचौ शताब्दी मा चिनिया यात्री फा हि यान ले लुम्बिनी को यात्रा गरे पछी लुम्बिनी को बर्णन आफ्नो यात्रा बिबरण मा तत्कालिन समाज को उल्लेख गरेका छन् उन ले लुम्बिनी को मात्रै होइन कोलियन नाग जति महामाया देवी को माइती देवदह, भगवान बुद्ध जन्मिनु अघि महामया देबी ले नुहाउनु भएको पोखरी,रामग्राम स्तुपा को पनि बर्णन गरेको पाइन्छ उक्त पोखरी आफुले देखेको पनि उल्लेख गरेको पाइन्छ!

सातौ शताब्दी मा अर्का चिनिया यात्री हु यान सांग ले पनि लुम्बिनी को यात्रा गरेका थिए ! उन ले आफ्नो यात्रा बिबरण मा रामग्राम स्तुपा, लुम्बिनी मा रहेको अशोक स्तम्भ मा टुप्पामा रहेको घोडा भुइँ मा झरिरहेको उल्लेख गरेका छन् ! अशोक स्तम्भ नजिकै रहेको पोखरी मा सिद्धार्थ जन्मने बितिकै नन्द र उपनन्द नाम गरेका दुइ जना नाग ले(मंग्ग कोलियन नाग जति नै अहिले कामगर जतिहुन्)तातो र चिसो पानी ले नुहाई दिएका थिए !हु यान सांग को लुम्बिनी को यात्रा पछी पनि थुप्रै राजा महाराजा ले लुम्बिनी को यात्रा गरे थिए भन्ने तथ्य हरु रहेको पाइन्छ!खोज अनुसन्धान भएर पनि सरोकार वाला ले वास्ता नगर्दा बुद्ध भगवान संग जोडिएको नेपाल भित्र को पवित्र बुद्ध स्थल हरु आज ओझेल मा पर्दै गइरहेको छ! आज संसार मा बुद्ध धर्मालम्बी हरु बढ्दो छ छिमेकी देश भारत ले बुद्ध को जीवन मा जोडिए को स्थानको विकास गर्दै पर्यटक को घुइचो लागिरहेकाछन् भारत मा भगवान बुद्ध संग जोडिए को स्थान हरु बोध गया,सारनाथ,कुशीनगर,श्रावस्ती,नालन्द,राजगृह,वैशाली विक्रमशीला जस्तो स्थान लाई धार्मिक पर्यटकीय स्थल बनाएर संसार का बौद्ध मार्गी हरु लाई आकर्षण गरिरहेकाछन ! हाम्रोनेपाल मा पनि भगवान बुद्ध संग जोडिए का स्थान हरु लुम्बिनी,कपिलवस्तु,देवदह,गोटिहौवा,रामग्राम,अरौरकोट,निग्लिसगर, कुदन तिलौराकोट रहेका छन तर बिडम्बना लुम्बिनी र कपिलवस्तु बाहेक अरु ठाउँ को पर्यटक र यात्री हरु ले थाहा नै पाउदैनन आज यस्तो महत्तो बोकेको स्थान हरु आवश्यक संरक्षण,प्रचार प्रसार को अभाव मा ओझेल मा पारिरहेको छ !

       आज थाईलण्ड,श्रीलंका,म्यान्मार,चीन, जापान जस्तो देश मा बुद्ध भगवान को अस्थि धातु लगेर ठु-ठुला स्तुपा निर्माण गरेर पवित्र तिर्थ स्थल बनि रहेका छन् ! बिडम्बना हाम्रो रामग्राम जहाँ बुद्ध भगवान को अस्थि धातु रहेको छ बुद्ध भगवान को माहापरिनिब्बाण पछी उहा को अस्थि धातु आठ वटा राज्य मा बिभाजन गरिएको थियो जस अन्तर्गत रामग्राम का मंग्ग कोलियन नाग जति (मगर) ले प्राप्त गरेका थिए त्यस पछी नाग हरु ले उक्त अस्थि धातु लाई राखेर रामग्राम स्तुपा निर्माण गरेर संरक्षण गरेका थिए पछी अशोक महाराज ले सबै ठाउँ को अस्थि संकलन गरे पानी रामग्राम को अस्थि लान सक्नु भएन किन कि मंग्ग कोलियन नाग जति (मगर) ले लान दिएन या आफ्नै भाई बन्धु भएको ले छोडेको हुनुपर्छ। यदि आफ्नो भाई बन्धु नभएको भए अशोक महाराज ले छोड्नु हुन्न थियो। यसरी संरक्षण गरेर राखेको रामग्राम स्तुपा मा आज कसै को ध्यान नपुग्दा गाई भैसी चर्ने चरन बनेको छ यस रामग्राम स्तुपा को बिबरण चिनिया यात्री फा हि यान र हु यान सांग ले गरेका छन् ! पछी सन् १८९८ मा डा.होए बिर्टिश अनुसन्धानकर्ता ले उक्त स्थान पत्ता लगाउनु भएको थियो !

        गोटिहौवा जहाँ क्रकुछान्दा बुद्ध जन्मनु भएको थियो उक्त स्थान मा स्तुपा को भाग्नबशेष रहेको देख्न सकिन्छ अशोक स्तम्भ भाचिएको अवस्था मा हामी अझै देख्न सक्छौ! भगवान बुद्ध ले बुद्धत्तो प्राप्त गरे पछी कपिलवस्तु फर्कनु हुदा उहा लाई बस्ने विहार राजा शुदोदन ले निग्रोधाराम विहार बनाउनु लगाउनु भएको थियो उक्त विहार को भग्नावशेष कुदन मा देख्न सक्छौ भने संगै बनाइए को 4 स्तुपा अझै देख्न सक्छौ ! त्यस्तै देवदह उतिकै महत्तो पूर्ण छ महामाया देवी को माइतीयसोधरा को माइती जुन  मंग्ग कोलियन नाग (मगर) हरु को राज्य उतिकै पुरात्तोविक महत्तो बोकेको एतिहासिक स्थल आज ओझेल परिरहेकोछ। 

                                              ओझेल परेका पवित्र बुद्ध स्थल हरु..

                                                  

१. निग्लिसागर, अरौरकोट

२. गोटिहौवा

३. रामग्राम

४. तिलौराकोट

५. कुदन (निग्रोधाराम विहार)

६. देवदह

७. सगरहौवा

८. तौलिहौवा

भिक्षु नाम मगर

बैकक, थाईलण्ड

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %