बाहुनबादीहरू एकलै डुंगा सैयर गर्न खोज्दा डुंगा नदीको बीचमै घोप्टियो

Read Time:5 Minute, 51 Second

 

हुम सुनारी मगर

मैले अघिल्लो आर्टिकल मै प्रस्ट लेखेको थिएँ की http://rajyasatta.com/analysis/3053-2012-04-29-03-56-24“कैयौ दशक यता डुंगामा एकल सैयर गर्ने बाहुनबादीहरूलाई सन्तुलन मिलाउनको लागि डुंगाको अर्को पट्टी जनजातिहरूले पनि संगै सैयर गरौ, त्यसो गर्दा सन्तुलन मिलेर त्यो डुंगा बिना दुर्घटना नदी पार गर्नेछ भनेको छ जनजातिहरूले । यदि जनजातिहरूलाई नदी वारी नै छाडेर एकलै डुंगा सैयर गर्न खोजियो भने डुंगाको सन्तुलन नमिलेर नदिको बीचैमा त्यो डुंगा घोप्टी सबै बाहुनबादीहरू नदीमा डुबी नसकियोस भनेका छौ जनजातिहरूले” । हो यस्तै भएको छ अहिले मुलुकमा र यो उक्ती अहिले चरितार्थ साबित भएको छ । दश बर्षे जनयुद्ध र ०६२/६३ को जनभावनालाई बुझ्न नसक्दा राष्ट्रले आज ठुलो क्षेती ब्यहोर्नु परेको छ । हिजो ऐतिहासिक अवसान संबिधान सभामा बहु-संख्यक उपेक्षित जातिहरूको सहभागितालाई बुझ्न नसक्दा र मुलुक कै सबै भन्दा ठुलो समूहको भावनालाई बुझ्न नसक्दा राष्ट्रले आज ठुलो क्षती ब्यहोर्नु परेको छ ।

मुलुक एकात्मक पुरातन बाहुनबाद द्वारा संचालित थियो र अहिले सम्म छ पनि । यो एकाधिकारलाई परिवर्तन गरि सबै आदिवासी जनजाति, मधेशी, दलित र पिछडा बर्गहरूलाई पनि समेटेर सबै नेपालीहरूलाई समान अधिकार दिलाइ सुन्दर, शान्त र समृद्ध नेपाल बनाउ भनि शान्ति पुर्बक आन्दोलन गरे । नेपाल सरकारसँग आदिवासी जनजाति संयुक्त संघर्ष समिति लगायत अन्य बर्ग र समूहहरूसँग पनि उनिहरुको मागलाई पुरा गर्न सहमती पनि गरे । तर, त्यसलाई नयाँ संबिधानमा स्पस्ट उल्लेख गरि कार्यान्वयन गराउन बाहुनबादीहरूले नचाहेका कारण ऐतिहासिक अवसान संबिधान सभा बिघटन हुन पुग्यो । बाहुनबाद अब हिजोको एकतन्त्रिय जहानिया राणा शासन र निरंकुश तानाशाही शाही शासन भन्दा अझ बढी पिपासु देखियो भन्ने पुस्टी भएको छ अहिलेको घटनाले । अझै पनि एकात्मकबाद र एकाधिकार लाद्न तम्सेका बाहुनबादीहरूले अहिले सम्म पनि आदिवासी जनजातिहरूको शक्ति र क्षमतालाई कम्जोर ठानिरहेको छ । गत जेठ ७, ८ र ९ गते भएको आदिवासी जनजातिहरूको शक्ति प्रदर्शनलाई कुनै अर्को शक्तिबाट परिचालित भनि अझै पनि हामी आदिवासी जनजातिहरूलाई कम्जोर र असक्षम देखिरहेका छन् । यहि बाहुनबादले मात्रै मुलुक चल्न सक्छ भन्ने शंकिर्णताले नै ऐतिहासिक अवसान संबिधान सभा बिघटन हुन पुग्यो ।

हजारौं लाखौं गैर-जनजाति अथवा ब्राह्मण मित्रहरूले पनि हामी जनजातिहरूको आन्दोलनको वास्तबिकता बुझेर हाम्रो आन्दोलनलाई साथ पनि दिनु भएको छ । आदिवासी जनजाति त्यस्तो बाहुनबादको बिरुद्धमा छ जुन बाहुनबादमा गैर बाहुनहरू पनि पर्नु हुन्छ, जस्ले मुलुकमा परिवर्तन भएको देख्न चाहन्न । सबै जात जाति, भाषा भाषी, मधेशी, दलित, उत्पिडित र पिछडा बर्गहरूलाई समान अधिकार र हैसियत दिन चाहन्न । मुलुक साच्ची कै बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिकले भरिपुर्ण राष्ट्रलाई एउटै धर्ममा अझै पनि एकाधिकार जमाउन खोज्नेहरू, एउटै भाषालाई मात्र प्रोत्साहन गर्न खोज्नेहरू र एउटै सँस्कृतिलाई मात्र प्रसय दिन खोज्नेहरूको कारणले गर्दा अहिले मुलुकले ठुलो क्षति ब्यहोर्नु परेको छ । अझै पनि आदिवासी जनजातिहरूको माग र मुद्धाहरूलाई सम्बोधन गर्न र आत्मसात गर्न नचाहेको कारणले ऐतिहासिक अवसान संबिधान सभा बिघटन हुन पुग्यो ।

त्यसैले म फेरि पनि भन्छु बाहुनबादी मित्रहरू जब सम्म तपाईंहरूको सोचाइ परिवर्तन हुदैन, सबै नेपालीहरूलाई समान र सम्मान पुर्बक मुलुकमा बस्न पाउने अधिकारको सुनिश्चित हुदैन र राष्ट्रको सबै भन्दा ठुलो समूह र शक्ति आदिवासी जनजाति लगायत मधेशी, दलित तथा अन्य पिछडा बर्गहरूलाई पनि समान अधिकार दिनमा सहमत हुनु हुन्न त्यतिन्जेल सम्म बाहुनबाद रुपी एकल डुंगा सवारले कहिल्यै पनि नदी पार गर्न सक्दैन । 

सुनारी मगर आदिबासी जनजाती महासंघ साउदी अरबियाका सभापति हुन

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %