टी.बी.पुन मगर
जेष्ठ १४ को संविधान सभाको बिघटन पछि राज्य पुर्नसंरचनाको मूल बहसः संघीय प्रदेश एकल जातीय वा एकल पहिचानको हुने कि वहुपहिचानकोे प्रदेश हुने ? नामाङ्कन के राख्ने र सिमाङ्ककन के कसरी गर्ने ? भन्ने बारेमा विषय झन पेचिलो बन्दै गएको छ । प्रदेशमा बसोवास गर्ने सरोकारवाला समूहरुमा यस विषयमा चर्को बहस क्रेन्द्रित भएको थियो, छ र अझ चर्को रुपमा मुखरित हुने संभावना बढेर गएको छ । आज यो कुनै राजनीतिक पार्टीको विषय वा एजेण्डामा मात्र सिमित नरहेर आम सामाजिक समुदायको सामुहिक हित सरोकार चासो ती समुदायको जीवन मरणको अस्तित्वसंग संघीयताको विषय पहिचानसंग जोडिन गएको छ । खास गरि नेपाली काग्रेस र एमाले जो यथास्थितिवादी बाहुनवादी राजनितिक पार्टी हुन । उनीहरु बाहुन, क्षेत्री समुदायको मात्र पहिचानको हितमुखी पार्टी हुन । जो अरु जातिको जातीय पहिचान संघीय प्रदेशको बिरुद्धमा र बहुजातीय पहिचानको नाममा हिन्दू खसआर्य समुदायको एकलौटी जातीय उपनिवेशको पक्षमा छन भन्ने कुरा प्रदेशको नामाङ्कन–सिमाङ्कनमा उनीहरुले देखाएको असहिष्णुभाव र बिरोध यसको उदाहरण हो ।
उनीहरु एक ढिक्का भएर अरु जातिको पहिचानको संघीयतालाई असहमति जनाएका कारण संविधान निमार्ण हुन नसकि संविधानसभा विघटन भएको स्थिति छ । एमाओवादी प्रधानमन्त्री बाबुराम भट्टराईद्धारा २०६९ साल मंसीर ७ गते अर्को संविधानसभा चुनावको मिति घोषणा गरिएको छ । काँग्रेस, एमाले जो पहिचान नासक बाहुनवादी पार्टी हुन । उनीहरुमा के डरत्रास भय छ भने एकात्मकतामा रहेको हिन्दूवादी बाहुनवादी खसआर्य राज्य व्यवस्था कतै एकल पहिचानमा जाँदा खसआर्यन एकाधिकारवाद र जातीय बर्चस्व अस्तित्व खतम हुने त होइन ? भन्ने भय–शंका भूतले सताएको देखिन्छ । जातीय पहिचान अर्थात नेस्नालिटीलाई जातीय राज्य भनेर गलत रुपमा बुमmने र दुष्प्रचार गर्ने, जनतामा भ्रम छर्ने काम संघीयता र पहिचान बिरोधी हतियार तिनका संचार मिडियाहरुले कुप्रचार गरिरहेका छन ।
मिलेर बसेको नेपाली समाजमा साम्प्रदायिकताको विष रोपेको, जातीय राज्य मागेको जस्ता अत्यन्त घटिया अफवाह फैलाइरहेका छन । उसको सामुदायिक अभिष्ट पुरा गर्नका लागि बिभिन्न नमिठा भ्रामक शव्दजाल भरेर साम्प्रदायिकताको डरत्रास र हाउगुजी देखाएर संघीयता हुन नदिने पहिचानलाई पुरै मकै भुटेझै भुटने र इरेजरले अक्षर मेटेझै अरुको जातीय पहिचान मेटन र पुरानै एकात्मक बाहुनवादी राज्यसत्ता कायम राख्न उ उद्दत भएको छ । बिस्तारै अझै खतरनाक ढंगबाट ऊ प्रेषित हुने खतरा बढेर गएको छ । अरुको उन्नति–प्रगति भएको रत्तिभर देख्न नचाहने पहिचान नासक किरा ती प्रतिक्रियावादीहरुले यो वा त्यो ढंगले संघीयता बिरोधीहरुलाई सहयोग मलजल गरिरहेका छन । संघीयता विरोधी जनमोर्चा चित्र बहादुर केसी, राजावादी हिन्दूवादी नेता कमल थापा मात्र होइन अब उसको साथ दिने नेपाली काँग्रेस, एमाले पार्टी र उसको जातीय भातृ संगठनहरु–बाहुन, क्षेत्री, दशनामी, ठकुरी, संगम समाज, शिवसेना नेपाल जस्ता अति हिन्दूवादी जातीय साम्प्रदायिक तत्वहरु समेत आदिवासी जनजाति, मधिसे, मुस्लिम र दलित समुदायका पहिचान भुटन हकअधिकार नदिन एकजुट भएर लागेका छन । र, आगामी चुनावमा संघीयताका पक्षधरहरुलाई मनोवैज्ञानिक थ्रिएटन दिएर वा चुनावबाटै हराएर जालझेल गरेर जसरी हुन्छ पुरानै एकात्मक राज्य कायम गर्न संघीयता बिरोधीहरु चुनावी गठजोडको थाल्नी सुरु गरिसकेका छन ।
वास्तवमा नेपाल देश सिङ्गो रुपमा हेर्दा वहुजातीय, वहुभाषिक, वहुधार्मिक र वहुसांस्कृतिक रुपको देखिन्छ । यसलाई ऐतिहासिक क्षेत्रीय रुपमा हेर्दा तीन सामुदायिक पहिचानको रुपमा हेर्न सकिन्छ । पहिलो–मधेस वा तराईमा हिन्दू मधिसे समुदाय, आदिवासी जनजाति बौद्ध थारु र मुसलमान समुदायको पहिचान झल्कने तराई मधेस भाषिक, धार्मिक तथा सांस्कृतिक पहिचानको क्षेत्रीय बसोवास क्षेत्र देखिन्छ । दोस्रो–सुदुर पश्चिम तथा मध्य पश्चिम पहाडी भूभागमा हिन्दू खसआर्य बाहुन, क्षेत्री र दलित समुदायको पहिचान झल्कने हिन्दू खसआर्यन संस्कृति नेपाली खसभाषिक पहिचानगत समुदायहरु छन । तेस्रो– आदिवासी जनजाति किरात मंगोलीयन समुदाय जो उत्तरी हिमाली तथा मध्य पहाडी भेगमा अनादिकाल देखि बसोवास गर्दै आएका किरात, बौद्ध तथा प्रकृतिपूजक जाति छन । जहाँ आदिवासी जनजातीय बौद्ध, किरात, बोन र प्राकृतिक धर्म अबलम्वन गरेका तिब्बती वा भोटबर्मेली भाषिक सास्कृतिक समुदायहरुको मौलिक पहिचान झल्कने प्रदेशहरु देखिन्छन । अझ यसलाई बिभिन्न जातजाति भाषाभाषी धर्म र सांस्कृतिक समूहका पहिचानका आधारमा प्रादेशिक संरचनामा बाँडेर हेर्दा पूर्वमा राई, लिम्बूहरुको किरात धर्म–संस्कृति किराती भाषा, अर्थात लिम्बुवान, खम्बुवान संस्कृतिको नेपाली पहिचान दिन्छ ।
पहाडी उत्तरी हिमाली भूभागमा बौद्धधर्मालम्बी शेर्पा जातिको आफनै भाषा तथा संस्कृतिको शेर्पा प्रदेश देखिन्छ । मध्य पहाडी भूभागमा बौद्धधर्मी तामाङ्ग जातिको भाषा, धर्म–संस्कृतिको तामासालिङ्ग प्रदेश छ । काठमाण्डौ उपत्यकामा नेवारहरुको सघन बसोवास भएको नेवा प्रदेशमा हिन्दू, बौद्ध धर्म तथा नेवारी भाषा संस्कृतिको पहिचान छ । मध्य पश्चिम तमुवान प्रदेशमा आदिवासी गुरुङ्ग जातिको जातीय पहिचान झल्कने बौद्ध धर्म र तमु भाषा, संस्कृतिको आफनै पहिचान छ । मध्य पश्चिममै आदिकाल देखि आफनो थातथलो कायम गरेर बसेका मगरातमा मगरहरुको बाकलो सघन जनसांख्यिक उपस्थिति छ । जहाँ मगराती भाषा बौद्ध तथा प्रकृति पूजक मगरहरुको धार्मिक साँस्कृतिक समुदायको आफनै बेग्लै पहिचान छ । सुदुर पश्चिम सेती–भेरी–कर्णाली क्षेत्रमा खस आर्यन बाहुन क्षेत्रीहरुको सघन बसोवासको खसान प्रदेश वा खसक्षेत्र छ । जहाँ हिन्दू बौद्ध धर्म र खसआर्यन संस्कृति तथा खस नेपाली भाषाको पहिचान दिन्छ ।
यिनै प्रमूख जातिको पहिचान भित्र अन्य जातजाति भाषाभाषी तथा धर्मसंस्कृतिका समुदायहरु आआफना पहिचान कायम गरेर वरपर अटेर बसिरहेको स्थिति छ । अब देश जाति, भाषा, धर्म–संस्कृति र ऐतिहासिक बसोवासको पहिचानका आधारमा संघीयतामा जाँदा यिनै प्रादेशिक पहिचानलाई स्थापित गरिनु पर्दछ भन्ने हो । त्यसो त नेपालका समग्र सबै प्रदेशहरुका जातजाति, भाषाभाषीहरुमा हिन्दूआर्य जाति खसनेपाली भाषी र हिन्दू धर्म तथा हिन्दू संस्कृतिको प्रभुत्व अधिक मात्रामा रहेको पाइन्छ । नेपाली काग्रेस र एमाले यही पुरानै खसआर्यन हिन्दू सांस्कृतिक सभ्यता कायम राख्दै यथास्थितिमा रहन चाहान्छन । खसआर्यन एकाधिकारवाद, हिन्दूवाद÷बाहुनवाद र उसको आन्तरिक उपनिवेशबाट मुक्त भएर स्वतन्त्र मौलिक स्वपहिचानको प्रदेशमा रमाउनका लागि मुलुकका जनताले पहिचान सहितको संघीय राज्य खोजेको हो । यसमा हामी स्पष्ट हुनुपर्दछ ।
वास्तवमा आज ज–जसले जे–जसरी एकल वा वहुप्रदेशको अनुहार देखाएतापनि आजको ग्लोबलाइजेसन र बढदो बसाइसराइको क्रममा जुनसुकै समुदाय जहाँसुकै छरिएर बसोवास गरको भएतापनि उल्लेखित प्रमूख जात जाति, भाषाभाषी, धर्म–सांस्कृतिक समुदायहरुको ऐतिहासिक आदिकालीन पुख्र्याैली मूल थलो नै यीनै प्रदेशहरु हुन भन्ने कुरा कसैले भुल्नु हुँदैन । ती जातजातिको ऐतिहासिक मूल थलो तिनका बाकलो बसोवास र जनसाख्यिक सघन उपस्थितिले पनि तिनका ऐतिहासिक थातथलो त्यही नै हो भन्ने कुराको पहिचानलाई प्रमाणित गर्दछ । तिनका ऐतिहासिक पहिचानलाई हामीले जोगाएर राखिदिएनौ र संघीयतामा स्थापित गरिदिएनौ भने भोलि हाम्रा सन्ततिले पहिचान मेटाइदिनेहरुलाई धिक्कारने छन । सराप्ने छन । तिनका सन्तानले पछुतो मानेर रुनु सिवाय केही हुने छैन । यसरी संघीय प्रदेशको पहिचानलाई दृष्ट्रिगत गर्दा यीनै ठूलो संख्यामा रहेका प्रमूख जातजाति, भाषाभाषी, धर्म र सांस्कृतिक समुदायको पहिचानमा राज्यको पुर्नसंरचना गर्दा नामाङ्कन र सिमाङ्कनमा जोड दिनु पहिचानको मूल मर्म हो ।
यो कुनै अप्रजातान्त्रिक कुरो कसैको जातीय राज्य होइन भन्ने कुरा सबैले बुझन जरुरी छ । त्यस बाहेकका छुटेका अल्पसंख्यक समुदायहरुको हकमा भने सबैलाई समेटने र न्याय हुने किसिमले त्यस क्षेत्र भित्र इलाका, नगर वा गाउँ स्तरीय स्वायत्तता र स्वसासन तथा विशेषाधिकारको समेत व्यबस्था गरिनु पर्दछ । आज ठूलठूला मुख्य जातिलाई त राज्य दिने तर यस बाहेकका १०१ अरु ससाना जातिलाई कहाँ राज्य दिने भन्ने बेतुकको आवाज आएको छ । दलित समुदायको हकमा खसआर्य नै भएकाले ऊ हिन्दू धर्मले अछूत बनाएको बाहुन,क्षेत्री समुदाय नै हो । देशभर छरिएर रहेको दलित राज्यको वकालत गर्नेहरु संघीयता बिरोधी कुप्रचार तर्क हो । उनीहरुले पहिचानको छुट्टै प्रदेश मागेका पनि छैनन । ती राज्यमा थोरै जनसंख्यामा रहेका अन्य समुदायले पहिचान सहितको स्वसासन र विशेषाधिकार पाउने उनीहरुको राज्यमा सुरक्षा–संरक्षणको कुरा हो । मुख्य कुरा राज्यको हरेक अंगमा विभेदरहित जातीय जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व र समावेशिता हकअधिकार संरक्षण–सुरक्षाको कुरा हो ।
अब नेपालको संघीय राज्यको शरीर ऐतिहासिक प्रादेशिक नाममा एकल पहिचान दिने तर वहुजातीय मिश्रित बसोवासनै सामाजिक बनौट हुन्छ । यहिनै प्रदेश नामाङ्कन र सिमाङ्कनको बलियो संघीयताको आधार हुन सक्दछ भनेर संविधान सभाको राज्य पुर्नसंरचना समितिले पहिचान र सामथ्र्यलाई आधार बनाएर पारित गरेको १४ संघीय प्रदेश र आयोगले प्रस्तावित गरेको १० प्रदेशको खाका महत्वपूर्ण देखिन्छ । पहिचानको आधारमा संघीय राज्यको पुर्नसंरचना हुनुपर्दछ भन्ने सवालमा नेपालको सबैभन्दा ठूलो दल एनेकपा एमाओवादी, आदिवासी जनजाति, मुस्लिम, दलित र मधेसवादी दलहरु एक ठाउँमा उभिएका छन । जसको जनमत बहुमतमा रहेको देखिन्छ । यसरी अहिलेनै ऐतिहासिक पहिचानमा निमार्ण गरिएका मौलिक प्रदेशहरुमा भविश्यमा जातीय राज्यको माग हुने र जातीय युद्ध हुने संभावना रहँदैन ।
प्रदेशमा हुने बिकासको स्वस्थ प्रर्तिस्पर्धाले प्रदेशकोे विकास छिटो छरितो हुन सक्दछ । तर नेपाल िकाँग्रेस र एमाले जस्ता बाहुनवादी पार्टीहरु वहुपहिचानको नाममा अरु जातजाति भाषाभाष्ीा र धार्मिक तथा सांस्कृतिक समुदायहरुको पहिचान नामेट पार्ने राजनितिमा लागेको कुरा अब स्पष्ट भएको छ । हामीले २४० वर्षसम्म एकात्मक बाहुनवादी राज्यमा आफनो पहिचान गुमायौ । सँधै काँग्रेस र एमालेलाई भोट हाल्यौ । बाहुन, क्षेत्रीलाई नेता बनाएर तिनलाई चुनावमा जिताएर आफनो जीवन सम्पर्ण गर्यौ । बदलामा हामीले के पायौ ? उल्टै संघीयता नदिन जातीय पहिचान मेटन उनीहरु आज उद्धत छन । त्यस्ता पहिचान बिरोधी तत्वहरुलाई सबैले समयमै चिनेर अब तिनलाई भोट होइन चोट दिएर पठाउनु पर्दछ । पहिचान सहितको संघीय राज्य निमार्णमा हामी अरुको भर नपरि आफै नेता बनेर अगाडि बढनु पर्दछ । हाम्रो भविश्यको निमार्ण ती पहिचान बिरोधी शाषक उत्पीडक नेताले होइन हामी आफै नेता बनेर आफनो प्रदेशमा आफै सासन गर्ने र आफनो भविश्य आफै निमार्ण गर्नु पर्दछ । हामी अब अरुको भरमा होइन आफनो सासन आफै गर्न सक्षम र योग्य भइसकेका पनि छौं ।