मगर समाज मा धार्मिक परिवर्तन र चुनौती

Read Time:23 Minute, 14 Second

आदिमकाल देखि मगर जाति हरू आफ्नै संस्कार,संस्किर्ती रहनसहन भेष-भुषामा रहदै आएको मगर जाति नेपाल को तेश्रो ठुलो जनसंख्या मा रहेको जाति हुन भने जनजाति हरू मा सबै भन्दा धेरै जनसंख्या भएको जाति हुन। केही मगर ले मगर को धर्म छैन भन्नु एकदमै हस्यस्पद कुरा हो आफ्नो स्वार्थ को लागि मगर् लाई धर्म र दर्शन बिहिन बनाएर राख्न खोजेका मात्र हुन। मानव बिकास को क्रम संगै स्वच्छ समाज निर्माण को लागि सत्य ज्ञान को खोजिमा बिभिन्न धर्म हरू जन्मिए थिए। कुनै एक व्यक्ति कुनै एक धर्म बाट अलग रहन सक्दैन। मगर को संस्कार,संस्किर्ती परम्परा लाई नजिक बाट हेर्ने हो भने आज भन्दा २५ सय बर्ष पहिले बाटै बुद्ध धर्म मन्द्थे भन्ने कुरा हामी सहजै अनुमान गर्न सक्छौ। तर सरकारी तथ्यांक ले भने सन १९९१ मा ९७ प्रतिशत मगर ले धर्म हिन्दू लेखए का थिए। जुन संख्या घटेर सन २००१ मा आइपुग्दा ७४ प्रतिशतमा झर्यो। अहिले तथ्यांक प्रकासित नभएको अवस्था भएता पनि हामी सहजै अनुमान लगाउन सक्छौ अहिले हिन्दू लेखाउने को संख्या घटेर ३०,३५ प्रतिशत मा आइपुगेको हुनु पर्द्छ। यस ले पनि के बताउछ भने मगर समाज मा धर्म परिवर्तन चेतना जगरण आएको देखिन्छ। मगर जातिमा आफ्नो भाषा मगर हो भन्ने संख्या सन १९९१ म २० प्रतिशत मात्र थियो जब की त्यो संख्या बढेर २००१ मा ५० प्रतिशत पुग्यो। मगर जातिमा आएको यस परिवर्तन को लहर ले मगर हरू आफ्नो भाषा र धर्म लाई सुरक्षित राख्न चहन्छन।मगर जातिमा अहिले देखिएको धार्मिक परिवर्तन मा तिनप्रकार को मत देखिन्छ। , मगर हरू बौद्ध हुन भन्ने मत। २, मगर हरू हिन्दू नै हुन भन्ने मत। ३, मगर को धर्म छैन् मगर प्रकिर्तिक पुजक हुन भन्ने मत। मगर हरू बौद्ध हुन भन्ने बिषयमा यो भन्दा पहिले को अंक मा “मगर र मगरको धर्म” शिर्षक मा प्रकाशित भइ सकेकोछ। बुद्धकालिन “मंग्ग” कोलियन नाग जाति नै अहिले क बिकशित मगर हरू हुन।

बहुदलिय प्रजातन्त्र देशमा भित्रिए पछि जनजाती हरू को हकअधिकार को आन्दोलन संगै मगर् जाति भित्र बर्षौ देखि हिन्दू हरूले बनाएर राखेको दास्सत्व बाट बाहिर निस्किने काम गर्‍यो। एक भाषा,एक धर्म हिन्दू शासक ले लादेको अब नेपाली जनजाति एबम उतपिडित लाई सह्य नभए पछि जनजाति आन्दोलन ले मगर् समाज लाई हिन्दू ब्राह्मण को दास बाट मुक्त हुने गतिलो मध्यम बन्यो। त्यति बेला झापा को बिर्तामोड मा मगर अग्रज हरूले अन्तरष्ट्रिय मगर बौद्ध सम्मेलन गर्‍यो उक्त सम्मेलन ले एम एस थापा को कार्य पत्र पास गर्दै “मगर हरू बौद्ध हुन” भन्ने घोषणा गर्दै सम्मेलन समापन गर्‍यो। त्यस पछि नेपाल मगर संघ को धरान,सुनसरी मा भएको केन्द्रिय माहाधिवेशन ले अनुमोदन गर्दै मगर् हरू बुद्धिस्ट हुन भनेर मगर संघ ले अधिकरिक रुपमा घोषणा गर्‍यो। त्यस पछि भने मगर समाज मा हिन्दू बाहुन त्यग्ने लहर चल्यो। अधिकांश मगर हरू ले बाहुन लाई घरको आंगन टेक्न बन्देज गरए। तर त्यति बेला मगर समाजमा एउटा समस्या तड्कारो बनेर निस्कियो। मगर ले अब कर्म कान्ड कसरी चलाउने?? मगर बुद्धिस्ट त बने तर बुद्ध धर्म को कुनै ज्ञान थिएन मगर समाज मा अब के लामा बाट कर्म कान्ड चलाउने हो त?? यस्ता प्रश्न को बहस नचले को पनि होइन मगर समाज मा। त्यति बेला भर्खर् बाहुन लाई त्यागेको मगर ले लामा लाई स्वीकार गर्न सकेन । यसरी केही बर्ष मगर समाज अन्धकार मा रुमलिन वाध्य भयो।   धनकुटा हातिखर्क निवसी सोम राना मगर ले मगर कर्म कान्ड को किताब “रो ही डी छ्याप” प्रकाशित गर्‍यो जस ले गर्दा मगर सम्मज मा केही राहत मिल्यो यद्द्यापी अझै पनि कतै कतै त्यहि किताब बाट कर्म कान्ड गर्ने गरिन्छ। उक्त किताब ले मगर समाज लाई हिन्दू बाहुन bata अलग गरे पनि मगर समाज मa ठुलो बिकिर्ती भित्र्याइ दियो मगर को हर कर्म कन्ड मा रक्सी चलाउनु पर्ने संस्कार सिर्जना गरिदियो जस ले गर्दा मगर समाज अन्धकार मा फस्दै गइरहेको थियो। जसको परिणाम केही मगर ले पुंन हिन्दू ब्रह्मन लाई नै कर्म कन्ड मा बोलाउन थाले।

नेपाल मगर् बौद्ध सेवा समाज को पहल मा पहिले को कर्म कन्ड को किताब लाई हटाएर नयाँ किसिम को कर्म कन्ड को किताब बिकास गर्‍यो। उक्त किताब थेरवादी बुद्ध धर्म राखेर कर्म कन्ड को बिकास गर्‍यो जस ले मगर समाज मा कर्म कान्ड गर्दा रक्सी चलाउनु पर्ने संस्कर त हटायो तर कर्म कन्ड सके पछि खांदा हुन्छ भन्ने सस्कार को बिकास गर्‍यो,स्वंय कर्म कन्ड गर्ने वापा ले खाने हुँदा अर्को बिकिर्ती कु-सस्कर मगर समाज मा भित्रीए को छ। अहिले मगर् समाजमा भिक्षु बन्नु पर्छ भन्ने चेतना क्रमिक रुपमा बिकास भएको छ। मगर कुलपुत्र हरू भिक्षु बनेर बुद्ध धर्म अध्यनार्थ बिभिन्न बौद्ध देश मा गइरहेकाछन भने नेपाल मा पनि मगर भिक्षु हरू रहेकोछ। बुद्ध धर्म को धार्मिक बिधी बिधान का कर्म कान्ड हरू भिक्षु बाट गरिनु पर्छ यदि भिक्षु नभए को खन्डमा या भिक्षु नपाइएको खन्डमा मात्रै गृहस्थी जो कोहि ले आँफैले बुद्ध भगवानको मुर्ति अगाडि बसेर पंचशिल,अष्ठशिल ग्रहण गरेर(पढेर) कर्म कन्ड को किताब पाठ गर्न सक्छ। तर भिक्षु हरू उपलब्ध भएको ठाउँमा पनि मगर हरू ले धार्मिक बिधी बिधान कर्म कन्ड गर्दा भिक्षु हरू बाट नगराइ वापा ले गर्ने गर्छन। मगर बौद्ध सेवा समाज को सभा सम्मेलन भयो भने मगर पनि भिक्षु नेका छन् भनेर देखाउन को लागि मात्रै प्रयोग गर्ने गरेको छ। मगर बौद्ध सेवा समाज ले, अनि वापा हरूले मगर हरू लाई बुद्ध धर्म भनेको कर्म कन्ड मात्रै हो भनेर सिमित राखिरहेका छन्। मगर् बौद्ध सेवा समाज ले वापा लाई तीन दिने वापा तालिम दिएर बुद्ध धर्म का पन्डित बनाइ रहेका छन्। मगर बौद्ध सेवा समाज को काम प्रति मेरो आपत्ति होइन तर जुन किसिम ले मगर बौद्ध सेवा समाज ले वापा बिकास गरिरहेको छ त्यो गलत् हो। यदि वापा लाई मगर समाजमा बुद्ध धर्म को सम्बाहाक(दुत्) बनाउछ भने कम्तिमा पनि वापा ले एक बर्ष सम्म भिक्षु,श्रमणेर बनेर बुद्ध शिक्षा अध्यन गर्नु पर्दछ। त्यहि पहिले को वापा अब ब्र्हमचार्य भिक्षु,श्रमणेर बनेर मगर को घरमा कर्म कन्ड गर्‍यो भने त्यहा शुधता हुन्छ त्यहा पुण्य प्राप्ती छ। भगवान बुद्ध ले भन्नु भएकोछ “पुजा च पुजनियनं,एतं मंगलमुत्तमं” (पुजा गर्न योग्य लाई मात्र पूजा गर्नु पर्द्छ) वापा सधैं भरी भिक्षु श्रमणेर बनेर बस्नु पर्छ भन्ने होइन कम्तिमा पनि एक देखि पाँच बर्ष बस्यो भने त्यो पाँच बर्ष सम्म त्यही वापा भिक्षु ले कर्म कन्ड धार्मिक बिधी बिधान चलाउछ एक जना वापा भिक्षु भएको पाँच बर्ष नपुग्दै अरु वापा भिक्षु बन्नेछ यसरी गरियो भने मगर समाज मा भिक्षु को कुनै कमि हुदैन। र मगर समाज लाई सहि बुद्ध शिक्षा पनि प्राप्ती हुन्छ । तर अहिले को वापा प्रबिर्ती ले भबिष्य मा मगर समाज भित्र ठुलो बिकिर्ती भित्र्न नसक्ला भन्न सकिदैंन। मगर बौद्ध सेवा समाज ले मगर हरू थेरावादी हुनुपर्छ भनेता पनि थेरावाद को अपहेलना गरेको देखिन्छ। किन की थेरावादी बुद्ध धर्म मा वापा,मापा को बिकास गर्नु भनेको बुद्ध धर्म को खिल्ली उडाउनु हो। वापा हरू दिन दिनै लोभ मा फसी रहेका छन्। केही काठमाडौं का वापा ले मगर लाई भिक्षु चहिदैन भनेर म स्वंय लाई भने को अनुभव छ। जस ले गर्दा बुद्ध धर्म को नाम मा मगर वापा हरू ले कतै बिकिर्ती त भित्रिएउदै छैनन्…..????? हिजो हिन्दू बाहुन को दल दल मा फसेको मगर बल्ल बल्ल बाहिर निस्केको थियो, फेरि अर्को दल दल मा त फसेन मगर समाज……??? यदी यस्तो हो भने हिजो हिन्दू को दल दल बाट निस्कन जति सजिलो भएको थियो,आज अर्को दल दल मा फसेको हो भने यस दल दल बाट मगर लाई निस्कन निकै कठिन हुनेछ। त्यसैले मगर हरू सचेत हुन जरुरी छ। स्मरण रहोस् बुद्ध धर्म भनेको कर्म कन्ड मा मात्रै सिमित हुने धर्म होइन।           

सरकारी तथ्यांक ले मगर हिन्दू देखाएता पनि त्यो सत्य होइन। तथ्यांक संकलक ले झुकाएर हिन्दू लेखेका हुन। धेरै मगर् अशिक्षित हुनुको फाईदा उठाएका हुन हिन्दूवादी हरू ले तर मगर् को रितीरिवाज,सस्कार,संस्किर्ती, धार्मिक क्रियकलाप ले पनि मगर हिन्दू होइन भन्ने प्रष्ट हुन्छ। त्यति बेला को हिन्दू शासक ले गर्दा मगर् समाज मा भाषा,धर्म लोप भएकोले बुद्ध धर्म मगर समाज बाट हरए को ले धामी झाक्री को प्रभाव ले गर्दा मात्र मगर प्रकिर्तिक पुजक जस्तो देखिन गएको हो। पूजा गर्नु भनेको सेवा गर्नु हो गुणगान गाउनु हो । नकी बिनाश गर्न। बिनाश ले त पाप हुन्छ धर्म होइन । प्रकिर्ती पूजा भनेर खोला,पहाड,पर्वत,रुख बिरुवा, जिवजन्तु को पूजा गर्नु भनेको प्रकिर्ती संरक्षण को लागी चलाइएको रितीरिवाज परम्परा मात्रै हो। यस्तो परम्परा रितिरिवाज स्थनिय चलन अनुरुप सबै धर्ममा मानेको पाइन्छ । धर्म भन्नाले जीवन र जगतको व्याख्या गर्ने दर्शन् लाई बुझ्नु पर्दछ। वर्तमान विश्वका ठुला धर्म हरु जति पनि छन् बुद्ध,हिन्दु,इशाइ,इस्लाम यी सबै धर्म प्रतिपादन गर्ने महान ब्यक्ति पनि हुन्छ। धर्म व्याख्या गर्ने दर्शन् पनि हुन्छ। बुद्ध धर्म का पर्वतक भगवान बुद्ध आज भन्दा २६३६ बर्ष पहिले वर्तमान नेपाल को लुम्बिनीमा जन्मनु भएको थियो। हिन्दू को राम, कृष्ण, इशाइ को जेसिस्स क्राइष्ट भने इस्लाम को मोहम्मद । भने पुर्बी नेपालमा बसोबास गर्ने राई,लिम्बु जति ले आफू किरात धर्मावलम्बी हौ भनेर चिनाउने गरेका छन्।

नेपाल को जनजाति आन्दोलन पश्चात अधिकंश आदिबासी जनजाति हरू ले  हामि हिन्दू होइनौ भन्न थालेको सर्वबिदितै कुरा हो। अहिले कर्णाली का खस जाति को इतिहास खोज अनुशनधान ले खस साम्राज्यका क्रचल्ल,मल्ल राजा हरू बुद्ध धर्म मान्दथे। ती खस राजा हरू ले ठुला ठुला बुद्ध विहार हरू निर्माण gareka थिए। जस्तो उदाहरण को लागि सुर्खेत जिल्ला मा अवस्थित काक्रेविहार तिनै खस राजा ले इस्वी को ७-८ औ शतव्दी मा निर्माण गरेका थिए । जुन विहर को भग्नाबषेश अझै पनि हामि देख्न सक्छौ। त्यस्तै दैलेख म रहेको शिललेख,बुद्ध मुर्ति ले पनि अझ प्रष्ट पर्दछ। त्यसैले गर्दा अहिले त्यहा का खस जाति हरू हामि हिन्दू होइनौ भन्न थालेका छन्। र भोलि त्यहा का खस हरूले आफू लाई बौद्ध हौ भन्न सक्छन्। यसरी जातिय धर्म बिकास को अबधारणा बिकास भैरहदा केही नेपाली ले इशाइ धर्म पनि अपनाइ रहेका छन्।

यसरी जनजाति हरू मा धर्म को बिकास चेतना बढिरहेको अवस्था मा मगर हरू बौद्ध हुन भन्ने इतिहास ले पनि बताएको ले मगर हरू बुद्ध धर्म अपनाउने क्रम तिव्र रहेको छ। यो एउटा स्वभाबिक परिवर्तन हो। किन की अब मगर लगाएत सम्पुर्ण जनजाति हरू हिन्दू एकात्मक ब्रह्मन को दल दल बाट बाहिर निस्कन चहन्छ्न।बुद्ध धर्म मा कुनै पनि अन्धविस्वास छैन्। यो धर्म स्पष्ट व्याख्या गरिएको “स्वाक्खातो”, सन्द्र्भिक “सन्दिथीको”, समय अनुकुल “अकालीको”, पारदर्शी “एहिपस्सीको”, परिणाम मुलक “ओपनयीको”, विद्दतजन ले आफैले मान्न गरेर बुझ्न सक्ने “पच्चतं वेदितव्वो विञुहिती” हो। यस बुद्ध धर्म लाई बैज्ञ।निक धर्म पनि भनिन्छ। आइस्टाइन र वर्नाड रस्सेल जस्ता बैज्ञ।निक ले बुद्ध धर्म लाई सबै भन्दा राम्रो उत्तम धर्म भनेका छन्। त्यसैले मगर ले बुद्ध धर्म अपनाउनु सान्दर्भिक हो। वर्तमान नेपाल म आदिबासी जनजाति को अधिकार को आन्दोलन चर्किरहेकोछ नेपाल् संघीयता मा गइरहदा पहिचान सहितको मगरात स्वयत्त रज्य र अत्तमा निर्णय को कुरा उठिरहेकोछ। त्यो भनेको मगरात एउटा राज्य को रुपमा बिकास हुदैछ भन्ने परिकल्पना हो। मगरात राज्य ले मगर हरू लाई कस्तो राजनैतीक,सामाजिक,धर्मिक,सस्किर्तिक,आर्थिक आदर्श को ढाचा मा लैजाने भन्ने बारेमा बहस चिन्तन गर्नु आव्श्यक छ। बुद्ध धर्म ले यी सबै बैज्ञ।निक अवधारणा र एतिहासिक अनुभव हरू छन् जसले मगर समाज को रुपान्तरण गर्न सक्द्छ। आज चीन,जपान,कोरिया,थाइल्यान्ड,सिंगापुर, भियतनाम जस्ता देश बुद्ध धर्म को कारण ले सम्रिद्द र शक्तिशाली बनेका छन्। अशोक सम्राट,लिच्छ्वीकालिन नेपल,मल्ल चल्ल खस राज्य बुद्ध धर्म को कारण ले प्रख्यात भएका थिए । हिन्दू धर्म ले गर्दा भारत मा विखन्डन र सामाजिक बिभेद बढायो जसले गर्दा मुसल्मान र अंग्रेज ले शासन गरेको सर्वबिदितै छ।मगर जाति ले बुद्ध धर्म अंगिकार गर्दा सम्रिद्द र शक्तिशाली मगर समाज निर्माण गर्न सक्दछ। तर मगर लगायत जनजाति हरू हिन्दू भैइरहदा ब्रह्मनबाद मा फसी शुद्र तल्लो जात भएर हेपिएर बस्नु पर्ने हुन्छ। मगर समाज प्रकिर्तिक पुजक भनेर धर्म बिहिन रहदा दर्शन् हिन भइ पिछाडी पर्नेछ। की त मगर् ले पनि राइ,लिम्बु ले जस्तै किरात धर्म सिर्जना गरे जस्तै नयाँ धर्म सिर्जना गर्नु पर्ने हुन्छ जुन कुरा सजिलो छैन्। इतिहास लाई पल्टाउदा आदिम काल बाटै मगर जाति बौद्ध रहेको स्पष्ट हुँदा हुँदै बुद्ध धर्म अंगिकर गर्न नहुने करण पनि छैन्। स्वभिमान,समतामुलक बिकशित मगर् समाज को निर्माण,सम्रिद र शक्तिशाली राष्ट्रको बिकास को लागि मगर जाति एवं अन्य जनजाति ले बुद्ध धर्म अंगाल्नु को बिकल्प छैन्।

मगर हरू हिन्दू होइनौ भन्न को लागि चारवटा उदाहरण नै काफी हुन्छ। यस्ता उदाहरण हरू अनगिन्ती छन् । , मगर जातिमा बर्णश्रम को ब्यबस्था छैन् । हिन्दू हुनको लागि बर्णश्रम हुनु पर्दछ। २, मगर ले हिन्दू शास्त्र अध्यन गरेर पन्डित बनेको छैन्। ३, मगर ले हिन्दू मन्दिर कही कतै बनाएका छैन। ४, मगर लाई हिन्दू ब्रह्मन ले तिमी हिन्दू हौ तिमीले पनि बेद शास्त्र अध्यन गर्नु पर्छ कहीले भनेन। ब्रह्मन ले मगर लाई सधैं दास मात्र बनाए। मगर अझै हिन्दू को शुद्र भनेर सधैं ब्रह्मन को दास नै बन्ने हो ? यो प्रश्न मेरो मगर हिन्दू हौ भन्ने मगर हरू लाईमगर समाज मा धार्मिक परिवर्तन संगै चुनौती हरू पनि थपिएका छन्। बुद्ध धर्म एउटा सस्थागत धर्म हो यो कुनै कर्म-कान्ड र सस्कार पद्दती मात्र नभएर एउटा शिक्षा प्रणाली हो। जसमा संघ को अबश्यक्ता हुन्छ। संघ भन्नले भिक्षु संघ,अनागारिका,उपासक-उपासिका हरू हुन्छ। भिक्षु,अनागारिका बस्ने भौतिक पूर्वधार विहार को अवश्यक हुन्छ। भिक्षु,अनागारिका लाई चतु प्रत्यय !(भोजन्,चिवर,आवश र औषधी) को ब्यबस्था दान गर्ने जिम्मेवारी उपासक-उपासिका हरू को हुन्छ। विहार भनेको एउटा शैक्षिक संस्थान हो जहाँ ब्र्हम्मचर्य पालना गर्ने प्रशिक्षक हरू भिक्षु,अनागारिका हुन्छ भने अध्यन एवं ध्यान अभ्यास को लागि उपासक-उपासिका आउने गर्छन्।     

विगत २००१ को सरकारी तथ्यांक अनुसार् ४ लाख मगर ले बुद्ध धर्म लेखएका थिए तर अहिले त्यो संख्या बढेर तेब्बर भएकोछ। अहिले कम्तीमा पनि १२ लाख मगर हरू ले बुद्ध धर्म अपनाएका छन्। एउटा सवल र सक्षम बौद्ध समाज निर्माण को लागि १ हजार मा एक जना भिक्षु को आवश्यकता पर्द्छ। यहि अनुपात मा हेर्ने हो भने पनि आज मगर् समाजलाई १२ सय भिक्षु,भिक्षुणी को आवश्यकता रहेकोछ। यसरी मगर हरू बुद्ध धर्म अंगाल्ने क्रम बढी रहेको छ। अब उतिकै रुपमा भिक्षु,भिक्षुणी पनि बढ्नु पर्ने देखिन्छ। हाल केही मगर कुलपुत्र हरू भिक्षु,श्रमणेर बनेर बुद्ध धर्म अध्यनार्थ बिभिन्न बौद्ध देश मा गइरहेकाछन जस्तो- थाइल्यण्ड,श्रिलंका,बर्मा अहिले सम्म मा १२० जना मगर कुलपुत्र भिक्षु,श्रमणेर बनेर अध्यन गरिरहेका छन्। तर यो नै काफी भने होइन। अझै मगर कुलपुत्र हरू भिक्षु,भिक्षुणी बन्न जरुरी रहेकोछ। थेरबादी बुद्ध धर्म अधुनिक नेपाल मा पुनरुत्थान र बिकास हुन शुरु गरेको ८० बर्ष भयो भने मगर् जाति ले बलियो सित अंगाल्न  धेरै मिहीनेत गर्नु पर्ने जरुरी छ।

                                                                                             धन्यवाद

भवतु सब्ब मंगलंग……..!!!!!!!

भिक्षु-नाम मगर

     थाईलण्ड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %