एलिना : चौथो डान्स आइडल

Read Time:1 Minute, 37 Second

२७ मे हंगकंग, फियोना हङकङको आयोजनामा  याउ मा तेइ कम्युनिटी हलमा सम्पन्न चौथो नेपाली डान्स आईडलको उपाधि एलिना गुरुङले जितिन । सेकेन्ड रनर अप र थर्ड रनर अप रोमिशा लिम्बू र  होम कुमारी (टीना) मगर भइन l बिजेताहरुले  नगद राशीको साथमा प्रमाण पत्र हात पार्न सफल भएका छन् ।  चौथो हुने प्रितिका गुरुङ र पाँचौ हुने सोना राईले  नगद राशीको मालाले सम्मान पाएका थिए l 
नेपाली महावाणिज्यदुत बिनोद कुमार उपाध्यायको प्रमुख अतिथ्यमा फियोनाका अध्यक्ष गणेश गुरुङ र ईमेज हेयर सेलुनका प्रोपाइटर ईन्द्र गुरुङले बिजयी कलाकारहरूलाई प्रमाण पत्र तथा चेक संयुक्त रुपमा बितरण गरेका थिए । कार्यक्रम सन्चालन भिम गुरुङ र सुनिता गुरुङले गरेकी थिइन  । एक जना पुरुष सहित अडिसन राउन्डमा १२ प्रतियोगीहरूको छनोट गरे पनि फाईनल राउन्डमा जम्मा ११ प्रतियोगीले प्रतिस्प्रधा गरेका थिए ।  निर्णायक मन्डलमा टंक राई, जौ गुरुङ, योगिता गुरुङ, राजु श्रेष्ठ र शुभास गुरुङ रहेका  थिए । 

फोटो तुलसी राना मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %