पहिचान सहितको संविधान आउन नसके हामी विद्रोह गर्दछौ ःराजकुमार लेखी अध्यक्ष, आदिवासी जनजाति महासंघ

Read Time:2 Minute, 11 Second

नेपाली जनताको ठूलो बलिदानको कारण संविधानसभा बनेको हो । संविधानसभाले संविधान नबनाइकन अर्काे कुनै विकल्प छैन । संविधानसभाले संविधान बनाएन भने संविधानसभा मात्र होइन संविधानसभामा रहेका ६०१ जना सभासद् र संविधानसभामा प्रतिनिधित्व गर्ने तीन दर्जन जति राजनीतिक पार्टीको अतित्व समाप्त हुन्छ । उनीहरुको अतित्व समाप्त मात्र हुदैन नेपालको इतिहासमा एउटा कालो कलङको धब्वा यि नेता र सभासद्हरुलाई लाग्ने भएकाले पनि अहिलेसम्मका गल्तीलाई सच्याएर संविधानसभाबाटै संविधान जारी हुने कुरामा हामी विश्वस्त छौ । संसारका धेरै मुलुकमा सहज ढंगले संविधान बनेको हामीले देखेका छैनौ । त्यसकारण यो असहज परिस्थितिका बीच सहमति गरेर सहकार्य गरेर संविधान आउँछ भन्ने लाग्छ ।
हामी संविधान नआउला भन्ने कल्पना गरेका छैनौ । किन भने अबौ पैसा संविधान निर्माणको लागि खर्च गरिएको छ । १७ हजार नेपालीको रगत बगेको छ यसका लागि । साठी बर्षको सघर्ष पछि पनि नेपाली जनताले संविधान पाएन भने यो भन्दा अर्काे नराम्रो र दुर्भाग्य नेपालको इतिहासमा केही हुन सक्दैन । त्यो कल्पना नगरौ यधपि अहिलेसम्म पनि सहमति हुन सकिरहेको छैन, तर असहमतिकै बीचमा विगतमा सहमति भएको ताजा इतिहास हाम्रो सामु छ । हामी संविधान समयमै जारी गर्न दवाव देश भरि नै दिइरहेका छौ तर जनजातीको पहिचान सहितको संविधान नआए आदिवासी जनजातिले मोर्चा बन्दी गरेर आन्दोलन गरिरहन्छ । हामी विद्रोह गर्दछौ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %