तमुवान प्रदेश घोषणा गर्न युके तमु धिँको माग

Read Time:1 Minute, 22 Second

तमु धिँ एशोसियसन युकेले गण्डक क्षेत्रलाई जातीय पहिचान सहित तमुवान क्षेत्र घोषणा गर्न माग गरेको छ । नयाँ नेपालमा राज्य पुनसंरचना गर्दा नयाँ आधारमा संघीयता आवश्यक  भएको भन्दै ऐतिहासिकता पहिचान र सामथ्र्यका आधारमा बुढी गण्डकी देखि कालीगण्डकीवीचको भूभागलाई तमुवान प्रदेश घोषणा गर्न माग सहितको ज्ञापनपत्र वेलायतका लागि नेपाली राजदुत सुरेस चन्द्र चालिसेलाई बुझाउने कार्यक्रम रहेको संस्थापक अध्यक्ष मिनप्रसाद तमुले जानकारी दिए  ।

ज्ञापनपत्रमा गण्डक क्षेत्रलाई तमुवान प्रदेश घोषणा गरिनुपर्ने २०६९ जेठ १४ गते आम नेपालीको अधिकार सम्पन्न संविधान जारी गरिनुपर्ने राजनितिक दलका नेताहरु संवेदनशील बन्नुपर्ने हरेक क्षेत्रमा समानुपातिक प्रतिनिधीत्व लगायतको माग रहेको तमु िधं एशोसिएसन युकेको अध्यक्ष मुक्षेत्र तमुले जानकारी दिए ।
हुम तमु  
 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %