जातीय पहिचान अस्विकारे पार्टी फोड्ने एमाले उपाध्यक्षको चेतावनी

Read Time:1 Minute, 24 Second

नेकपा एमाले उपाध्यक्ष अशोक राईले पार्टी वाहुन क्षेत्रीले मात्रै शासन गर्ने व्यवस्थाको पक्षमा गए पार्टी फोड्ने चेतावनी दिएका छन् । जेठ ९ गते बसेको स्थायी समिति वैठकमा उनले यस्तो चेतावनी दिएका हुन ।

पार्टी अनुशासन आयोगले आदिवासी जनजातिको पक्षमा मतदान गर्नेलाई कारवाही गर्ने चेतावनीयुक्त निर्णय गरेलगत्तै राईले वैठकमा यस्तो धारणा राखेका हुन । उनले आफूसहित सबै जनजाति  र उत्पीडितहरु आफूसँगै लाग्ने बताएका थिए ।

तीन दिने बन्दको क्रममा भईरहेको वार्तामा एमाले र काँग्रेसले आदिवासी जनजातिलाई कुनै हालतमा अधिकार दिन नहुने अडान लिएको छ । यहीकारणले पटक पटकको वार्ता विफल भईरहेको छ ।

यसैवीच नेपाली काँग्रेस लगायतका पार्टीहरुमा पनि जनजातिहरुले वाहुन नेतृत्व नमान्ने तयारी गरिहेका छन् । जेठ ८ गते बसेको जनजाति ककसको वैठकमा पनि सबै जनजातिहरुले वाहुन नेतृत्वको पार्टीबाट राजिनामा दिने विषयमा छलफल भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %