गाउँ-गाउँ बस्ती-बस्तीबाट उठे जनजाति

Read Time:2 Minute, 29 Second

आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आन्दोलनमा गाउँगाउँ बस्तीबस्तीबाट आदिवासी जनजातिहरु आफ्ना अधिकारका लागि सडकमा उत्रेका छन् । जेठ ८ गते भएको वार्तामा सरकारले जनजातिलाई अधिकार नदिने लक्षण देखाएपछि जेठ ९ गते विहानैदेखि जनजातिहरु सडकमा उत्रेका हुन ।

काठमाडौं कलंकीबाट डब गर्वुजा पुन, कोटेश्वरबाट गजुरधन राई, सामाखुशीबाट गोविन्द छन्त्याल, सातदोबाटोबाट एस लिम्बु र नयाँबानेश्वरबाट विशाल चौधरीले राज्यसत्ता डटकमलाई दिएको जानकारी अनुसार तेस्रो दिनको आन्दोलनमा अघिल्लो दुई दिनको तुलनामा जनसहभागिता दोब्बर भएको छ । तर राजधानीमा भन्दा भन्दा पनि उपत्यका वाहिरको जुलुस अझै ठूलो छ ।

इहरीमा जागेका जनजातिहरु
नवलपरासीबाट तिलबहादुर झेंडी, बुटवलबाट विष्णु सिँजाली, भैरहवाबाट सूर्य सारु, स्याङ्जाबाट दुर्गा राना, पाल्पाबाट देव पचभैया, सुनसरीबाट लोक आङला, इलामबाट विदुर साँवा, सुर्खेतबाट रामबहादुर घर्ति, रुकुमबाट हिरा बुढा, तनहुँबाट मिन थापा, पोखराबाट मुसहाङ झेंडीले वडा वडा टोलटोलबाट जनजातिहरु सडकमा पुगिसकेका छन् । दुर्गा रानाका अनुसार आन्दोलनका लागि टोल स्तरीय आन्दोलन परिचालन कमिटी यसअघि नै गठन गरिएको थियो ।

यसैवीच पहिचान सहितको संघीयता दिने विषयमा काँग्रेस र एमाले वाधक भएको सरकारसँगको वार्तामा संयुक्त संघर्ष समितिकातर्फबाट वार्ता टोली सदस्य रहेका चन्द्र श्रीस मगरले जानकारी दिएका छन् । जेठ ८ गते चार चरणको वार्ता भएपनि शासकहरुको जनजातिलाई अधिकार नदिने मानसिकताका कारण सहमति जुट्न नसकेको हो । जेठ ९ गतेपनि वार्ता जारी हुने वार्ताटोलीका श्रीस मगरले जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %