जनजातिको आन्दोलनमा सघाउन जनमुक्तिको आव्हान

Read Time:2 Minute, 14 Second

राष्ट्रिय जनमुक्ति पार्टीले जेठ ७ गतेदेखि जारी आदिवासी जनजाति संयुक्त संघर्ष समितिको आन्दोलनमा सघाउन न्याय प्रेमी जनतामा आव्हान गरेको छ । जेठ ८ गते निकालिएको पार्टी अध्यक्ष तथा संसदीय दलका नेता एमएस थापा र महासचिव केशव सूर्यवंशीद्वारा संयुक्त हस्ताक्षरित विज्ञप्तिमा नश्लवादी एकाधिकारको अन्त्य र जातीय मुक्तिका लागि भएको आन्दोलनलाई सघाउन आग्रह गरिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ;नेपालको बहुजातीय बहुभाषी बहुधार्मिक तथा बहुसाँस्कृतिक राष्ट्रिय पहिचान र संरचनालाई वैज्ञानिक सम्बोधन गरी नयाँ संविधान बनाउन दवाब दिने उद्देश्यले भएका ककश आदिवासी\जनजाति, महिला, मधेशी, थारु, दलित, मुश्लिम समुदायहरुको शान्तिपूर्ण आन्दोलनप्रति राष्ट्रिय जनमुक्ति पार्टी ऐक्यवद्धता जाहेर गर्दछ ।’

आफ्ना नेता कार्यकर्ताहरु हिजोदेखि नै आन्दोलनमा सकि्रयतापुर्वक लागेको तर आन्दोलनलाई लक्ष्यसम्म पुर् याउन सम्पूर्ण संघीयता र गणतन्त्रवादीहरु एक हुनुपर्ने विज्ञप्तिमा उल्लेख छ । नश्लवादी (Geneism) एकाधिकारको अन्त्य र जातीय मुक्तिको अधिकार प्राप्ति गर्नका लागि सामाजिक सद्भाव संयम र धैर्यतालाई कायम राख्दै देशभर चलीरहेको सबै जाति र समुदायहरुको निरन्तर संघर्ष तथा आन्दोलनलाई पूर्ण रुपमा सघाउन पार्टी कार्यकर्ता सदस्य तथा संघीयता पक्षधरहरु सबैमा राष्ट्रिय जनमुक्ति पार्टी जोडदार आव्हान गर्दछ विज्ञप्तिमा उल्लेख छ ।’

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %