बौद्धहरू को विश्वास

Read Time:13 Minute, 37 Second

आज भन्दा २६३६ बर्ष पहिले कपिलवस्तुको शाक्य परिवरमा रानी माहामाया देवीको कोख बाट वर्तमान नेपाल् को लुम्बिनी मा वैशाख पुर्णिमा को दिन जन्मनु भएको बोधिसत्व सिदार्थ राजकुमार नै ३५ बर्ष पछि बिधिज्ञ।न प्राप्त गर्नु भए पछि तथागत सम्मासम्यक बुद्ध भगवान हुनु भयो। उहाँ तथागत भगवान जन्मनु भए पछि चारैतिर हेर्नु भयो सबै दिशा हेर्नु भए पछि यसरी सिंहनाद जस्तै गर्जिदै घोषणा गर्नु भयो।

 

“अग्गो हमस्मीं लोकस्स, जेठो हमस्मीं लोकस्स,सेठो हमस्मीं लोकस्स,अयंम अन्तिम् जाति नत्थी दानी पुंन भवन्ती”

“म यस लोक को पहिलो हुँ,म यस लोक को जेठो हुँ,यो मेरो अन्तिम् जन्म हो, पुंन यस भव-सागर मा म जन्म लिने छैन”।

२९ बर्ष को उमेर् मा गृहत्याग गरेर ६ बर्ष सम्मे कठोर तपस्या पछि ३५ बर्ष को उमेर् मा बोधिज्ञ।न प्राप्त गर्नु  भए पछि “तथागत समासम्यक बुद्ध” हुनु भयो। उहाँ भगवान ४५ बर्ष सम्म गाऊ-गाउ,नगर-नगर पुगेर सम्पुर्ण मनुष्य,देव,ब्र्हम लगायत सम्पुर्ण प्राणी जगतलाई हित हुने शिक्षा “धम्मा” धर्म प्रचार गर्दै ८० बर्ष को उमेर् मा कुशिनगर मा दुई साल रुख को बिच मा माहापरीनिब्बन प्राप्त गर्नु भयो। यसरी सम्पुर्ण प्राणी जगत लाई नै हित हुने शिक्षा दिनु हुने उहाँ “अरहत समासम्यक बुद्ध भगवान” लाई पूजा गर्नु भनेको हामी मानब को लागि अहोभाग्य हो। आज उहाँ बुद्ध भगवान हाम्रो सामु नरहेता पनि उहाँको शिक्षा हामी माझ रहिरहेको छ। तथागत को पूजा गर्नु भनेको उहाँको गुण धर्म स्मरण गर्नु हो। उहाँको शिक्षा “धम्मा” धर्म को गुण धर्म लाई स्मरण गर्नु हो। उहाँको संघ को गुण धर्म लाई स्मरण गर्नु हो। यस्तो सम्पुर्ण प्राणी जगतको हित हुने ज्ञान दिनु हुने भगवान बुद्ध को पूजा गर्दा सबै भन्दा पहिले हामी सुद्ध हुनु पर्द्छ। शुद्ध हुनुको अर्थ शरिर लाई पखालेर कहिले पनि शुद्ध होइदैन। शरीर पखलेर त मात्रै बाहिर शरीर म भएको धुलो,मैलो पखाल्नु मात्र हो। शुद्ध हुन को लागि मन भित्र को मैला लाई पखाल्नु पर्द्छ। मन भरी मैला बोकेर गरेको पूजा बाट कहिले पनि पुण्य प्राप्ती गर्न सकिदैंन। मन को मैला भनेको रिस,राग,क्रोध,लोभ,मोह,देष,इर्श्या,डाहा यी नै हुन। जब सम्म हामी भित्र रहेको यस्तो मैला हटाउन सकिदैंन तब सम्म हामी शुद्ध हुन सक्दैनौ। पाप पनि यहि हो रिस,राग,क्रोध,लोभ,मोह,देष,इर्श्या,डाहा। धर्म गर्नको लागि हामीले बाहिरी मन्दिर,गुम्बा,मस्जिद,चर्च खोजेर हिडीरहनु पर्दैन धर्म र पाप हाम्रै शरीर भित्र रहेको हुन्छ। जो मान्छे ले पाप गर्दैन उ धर्मात्मा भनेर चिनिन्छ। जो सँग पाप रुपी रिस,राग,क्रोध,लोभ,मोह,देष,इर्श्या,डाहा हुदैन उही मान्छे धर्मत्मा।  यी पाप मन को मैला लाई पखाल्न को लागि हामी ले पंचशिल लाई पालन गर्नु पर्द्छ। जो मान्छे ले पंचशिल पालना गर्दै ब्यभारमा उतार्छ उ सँग पापरुपी मन रहदैन। पंचशिल:-

१, प्राणी हिंसा नगर्ने।
२, चोरी नगर्ने।
३, ब्यभिचर नगर्ने।
४, झुठो नबोल्ने।
५, लागु पदार्थ,लागु औषध सेवन नगर्ने,जुवा,तास नखेल्ने।

यी नै हुन पंचशिल भनेको यस लाई ब्यभार मा उतार्न सकिउ भने हामी ले कहिले पनि पाप कर्म गर्दैनौ। पंचशिल लाई पालना गरेर पूजा गरिउ भने मात्रै पुण्य प्राप्त हुन्छ। यसरी भगवान को गुण धर्म लाई सम्झेर पन्चांग दण्डवत गर्नु पर्द्छ। साथ साथै पाँच वटा अहं भवना लाई पनि त्यग्नु पर्दछ। ती हुन

१, जात को अहंम लाई त्यग्ने।
२, धन को अहंम लाई त्यग्ने।
३, बल को अहंम लाई त्यग्ने।
४, रुप को अहंम लाई त्यग्ने।
५, शिक्षा को अहंम लाई त्यग्ने।

यसरी यी पाँच वटा अहंम भवना लाई त्यागेर भगवान को गुण धर्म लाई सम्झिएउ भने मात्रै पुण्य प्राप्ती हुन्छ। सम्पुर्ण प्राणी जगत को हित हुने कर्म गर्दै पुण्यरुपी फल प्राप्त गरौउ।

भगवान बुद्ध बाट प्रतिबतित ८४००० धर्मस्कन्ध उपदेशहरु नै बौद्ध हरू को विश्वासको मुख्य स्रोत हो। पाली सहित्यमा बौद्ध वङ्मयका सबै उपदेशहरु त्रिपिटकमा संकलित गरिएको छ। र आज पनि पाली साहित्यमा अध्यन गर्न सकिन्छ। जुन आज सम्म यथावत रुपमा सुरक्षित रहेकोछ।

सम्क्षिप्तमा बौद्ध हरू को मुख्य विश्वासका यस प्रकार छन् ।
क,  बुद्ध भगवान लाई परमगुरु मानी उहाँको अर्हत,सर्बज्ञान आदि अनेक गुण स्मरण गर्नुमा पुण्यलाभ हुन्छ भनि विश्वास गर्नु।
ख,  बुद्ध भगवान बाट प्रतिपादित आदि,मध्यम र अन्तमा समेत कल्याण हुने “बहुजन हिताय,बहुजन सुखाय” को सबै उपदेश धर्म को रुपमा स्वीकार गर्नुमा पुण्य लाभ सम्झनु।
ग,  बुद्ध भगवान को श्रावक शिश्य हरू सुप्रतिस्थित छ,न्यायीक छ, इमन्दारी छ, लोक कल्याणकारी छ,लोक हितको लागि मार्गदर्शक छ भनि संघ को गुण स्मरण गर्नुमा पुण्य हुन्छ भनि विश्वास गर्नु।
घ,  त्रिपिटक लाई आफ्नो मार्ग निर्देशक  को रुपमा ग्रहण गर्नु ।
ङ,  मनिस हरूमा विभिन्ता भएकोले राम्रो काम गर्ने लाई फल र नराम्रो गर्ने लाई नराम्रै फल प्राप्त हुन्छ भन्ने कर्म सिदान्तमा विस्वास गर्नु।
च,  स्वर्ग-नरक,पाप-पुण्य,पुनंजन्म इत्यदी संसारमा जे जती छन ति सबै अनित्य,दुख र अनात्मा हुन र सबै बस्तु प्रतित्यसमुत्पाद हुन भन्ने धारणा लाई सहि मान्नु।
छ,  आर्य आस्टंगिक मार्ग मा आधरित शिल,समाधी,प्रज्ञ। को क्रमिक अभ्यास बाट राग्,देष,मोह निर्मुल पार्न सकिन्छ तृष्णा बाट मुक्त भएर परमशान्ति सुख निब्बान प्राप्त गर्न सकिन्छ भन्ने विस्वास गर्नु।
ज,  निब्बान नै बुद्ध धर्म को सर्बोच्च अन्तिम लक्ष्य हो।निब्बान प्राप्त गर्न सकिन्छ भन्ने विस्वास गर्नु ।
झ,  मनुश्य जन्म लाई दुर्लभ मान्नु,दशपारमित को विस्वास गर्नु। मनिस ले अफ्नै प्रयास बाट सत्यज्ञान को बोध गर्न सक्छ भन्ने विस्वास गर्नु।

बौद्ध लक्ष्य भने को सबै प्रकार को दु:ख बाट मुक्त हुनु हो। हामीले दु:ख भन्नाले मानबिय दु:ख लाई सम्झनु पर्दछ। दु:ख बिभिन्न प्रकार को हुन्छ। ती दु:ख लाई जान्नु त्यस को कारण अथवा दु:खको कारण पत्ता लगाउनु ती दु:ख को निबारण गरि दु:ख लाई निर्मुल पार्न सकिन्छ भन्ने हामी म द्रिड्विस्वास हुनु पर्द्छ। सम्यक तथा सहि लक्ष्य नभए सम्म मध्यम पनि सम्यक हुन सक्तैन। मध्यम सम्यक भए पछि मात्रै आदि,मध्य र अन्त समेत कल्याण हुने “बहुजन हिताय,बहुजन सुखाय” हुन सक्दछ। वास्तवमा बौद्ध हरू को अस्तित्व यसैमा निर्भर रहेको हुन्छ। भगवान बुद्ध ले सम्पुर्ण प्राणी जगतको कल्याण संगै मानव कल्याण को लागि दान,शिल,प्रज्ञ। भावना को विस्तिरित उपदेश दिनुभए को थियो उहाँ को उपदेशहरु सधैं सदैब व्यावहारिक र सान्दर्भिक रहेकोछ।

बौद्ध हरूको (बुद्ध धर्म) केन्द्रबिन्दु भनेको बाहिर संसार,अलौकिक शक्ति होइन। मानिसहरूले दु:ख भोगी रहेकाछन ती दु:ख को कारण के हो? दु:ख बाट कसरी मुक्त पाउन सकिन्छ? भन्ने कुरा नाई बुद्ध धर्म को केन्द्र बिन्दु हो। हामि मानव ले भोगिरहेको शारिरिक दु:ख कश्ट मात्रै दु:ख होइन । जीवन को असन्तुश्टी संगै उब्जिने भवना धेरै कमाउ,धेरै पाऊँ भन्ने तृष्णा, परिवर्तित संसार को भय,मर्नु को भय सबै दु:ख को जड हो। यी दु:ख बाट मुक्त हुन को लागि बुद्ध धर्म ले मनिस लाई मन मा शान्ति दिन सम्पुर्ण प्राणी जगत प्रती मैत्री,करुणा दृष्‍टि ले हेर्ने र ब्यावहार मा उतार्न सिकाउदछ। भगवान बुद्ध ले देखाउनु भएको बोधिज्ञान अनुसरण गर्ने ले कुनै पनि निश्चित विश्वास र विचार लिएर हिड्नु पर्दैन।    

बौद्ध हरू ईश्वर छ छैन भन्ने बिबादमा कहीले पनि अल्मलिदैन बौद्ध हरूको मुख्य लक्ष्य भनेको नै मानवले भोगी रहेको दु:ख बाट मुक्त गराउनु हो। मानव लाई सुखमय शान्तिपूर्ण मानविय जीवनयापन गराउनु हो। जस्तोकी करणबस कुनै ब्यक्ति लाई गोली लागेर घाइते भएको छ अब गोली कस्ले हन्यो कस्तो खाल को हो भनेर नल्मलिकन पहिले घाइते लाई जतिसक्दो उपचार गरेर गोली निकालेर बचऊनु हो। कसैको द्बाब मा नरही खुल्ला मन ले यो धर्म के हो भनेर परिक्षण गरेपछी मात्रै अनुसरण गर्नु भन्द्छ।
भगवान बुद्ध ले “कलाम सुत्र” मा भनु भएको छ मानव विवेकशिल प्राणी “सुनेको कुरा म विश्वाश नगर” “पुस्तौ देखि चलिआएको प्रम्परा मा विश्वाश नगर” ऋषीमुनी हरूले भनेको,लेखेको हो भनेर विश्वाश नगर” “अडकल्बाजी म विश्वाश नगर” “गुरु बुढा-पाका ले भनेका हुन भनेर विश्वाश नगर” तिमी आँफै विबेकशिल छौ। पहिले अबलोकन गर,बिश्लेशण गर जब कुनै कुरा तर्क संगत सबैको लागि अशल फाईदाजनक हितकरक हुन्छ भने मात्रै यसलाई स्वीकार गर र यस्तै जीवनयापन पनि गर। भगवान बुद्ध ले आफूले भनेको कुरा मान्नुपर्छ भनेर कहीले दबाव दिनु भएन। उहाँ ले मेरो भनाइहरू सहि छ को गलत जाचीहेर बैज्ञ।निक दृष्‍टिले ठीक लागेमा मात्र बोधिज्ञ।न को बाटोमा भनेर बताउनु भयो।

यसैले पनि बुद्ध धर्म मा अन्धबिश्वास को कुनै स्थान छैन्।

सबै को कल्याण होस्……..!!!!

भवतु सब्ब मंगलंग……..!!!!!!!

भिक्षु-नाम मगर
थाईलण्ड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %