सगरमाथा म्याराथन हुने

Read Time:1 Minute, 1 Second

जेठ १६ गते दशौं तेिजङ-हिलारी एभरेष्ट म्याराथन दौड हुने भएको छ ।  सगरमाथा दिवसको अवसरमा आयोजना गरिने दौडमा समुद्र सतहबाट पाँच हजार ३६४ मिटरको उचाइमा अवस्थित सगरमाथा आधार शिविरबाट सो म्याराथन प्रारम्भ भइ नाम्चेबजारमा समाप्त हुनेछ ।

४२.९ किलोमिटरको दौडमा विभिन्न देशका १६० जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । अमेरिका, बेलायत, दक्षिण अपि्रुका, पोल्याण्ड, नर्वे, न्युजील्याण्ड, नेदरल्याण्ड, इटाली, भारत, हङकङ, जर्मनी, क्यानाडा, अष्ट्रिया र अष्ट्रेलियाले म्याराथनमा सहभागिताको सुनिश्चितता गरेका छन् ।  एभरेष्ट म्याराथन प्रथम सगरमाथा आरोही एडमन्ड हिलारीको सम्मानमा आयोजना गरिएको हो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %