गैरआवासीय नेपाली संघ उत्साहित

Read Time:3 Minute, 23 Second

 

प्रेस वक्तव्य

 

प्रमुख राजनैतिक दलहरु विच हिजो भएको सहमतीले जेष्ठ १४ गते भित्र नेपालको संविधान जारी हुने वातावरण सृजना भएकोमा गैरआवासीय नेपाली संघ उत्साहित भएकोछ। सम्वृद्द नेपालको निर्माणमा  देश बाहिर रहेका नेपालीहरुलाई सहभागी गराउन संघले उठाउदै आएका नेपाली नागरिकताको निरन्तरतालगायतका विषयहरु नयाँ संविधानमा सुनिश्चित हुनेमा हामी विश्वश्त छौं। विदेशको नागरिकता लिदा नेपालको नागरिकता स्वत: रद्द हुने व्यवस्था खारेज गरी एक पटकको नेपाली सधैको नेपालीहुन पाउने हाम्रो चाहना पुरा गर्ने प्रतिवद्दता राजनैतिक दलका शीर्ष नेताहरु, राष्ट्रपती,प्रधानमन्त्री, सभासद लगायत सबै पक्षबाट पटक पटक हुदै आएको स्मरण गराउन चाहन्छु ।

 

संघ स्थापनाको शुरु  देखि आज सम्म देश भित्र र बाहिर भएका  विभिन्न अन्तर्कृया, सम्मेलन तथा औपचारिक र अनौपचारिक कार्यक्रमहरुमा शीर्ष नेताज्यूहरु  तथा सभासदहरुलाई आमन्त्रित गरी लगातार  यस बिषयमा छलफल हुदै आएको छ र नारिकताको निरन्तरता नेपालको हितमा रहेको आम धारणा बनेकोछ। तर यसलाई नयाँ संविधानमा लिपिवद्द गर्न भने बाकिँ नै छ। यसका लागी संघको शीर्षस् नेतृत्व र नागरिकता निरन्तरता कार्यदलका सदस्यहरु राजनैतिक दलका नेताहरु, सभासदहरु र संवन्धित पक्षसँग दिनहुँ जस्तो सम्पर्कमा रनु भएको छ  र संविधान बन्ने अन्तिम घडि सम्म यो प्रयास जारि रहने छ।  

 

कानूनविदहरुसँगको परामर्शमा नागरिकता निरन्तरतालाई  प्राविधीकरुपमा नयाँ संविधानमा समावेश गर्न मिल्ने गरी तयार पारिएको संघको अवधारणापत्र सम्वन्धित पक्षमा पुर्याई सकिएकोछ। संघमा आवद् सदस्यहरु, विदेशमा रहेका राजनैतिक संघका भातृ संगठनहरु, गैरआवासीय नेपालीहरुका स्वदेशमा रहेका आफन्त तथा शुभचिन्तकहरु तथा समस्त नागरिक समाजले पनि आ-आफ्नो तर्फबाट नागरिकता निरन्तरताको लागि पहल गर्न गैरआवासीय नेपाली संघको तर्फबाट अनुरोध गर्दछु ।

 

यही मे २१ तारिखका दिन सम्म संघका सबै  राष्ट्रिय समन्वय परिषदहरुले संबन्धित नेपाली दूतावास र कूटनीतिक नियोग मार्फत एक ज्ञापनपत्र बुझाई यस विषयमा नेपाल सरकारलाई पुन: ध्यानाकर्षण गराउनु हुन समेत अनुरोध गर्दछु।

 

जीवा लामिछाने

अध्यक्ष, गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद

मिति: १६ मे २०१२  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %