पानीको प्रवाह भएन साकेलामा

Read Time:1 Minute, 36 Second

१४ मे हंगकंग, किरात राई यायोख्खा हङकङले ताइमोशानमा साकेला उभौली पर्व आदिवासी जनजाती महासंघ हङकङका अध्यक्ष एम बी थापा मगरको प्रमुख अतिथ्यमा सम्पन्न गरेको छ । किरात राई यायोख्खा हङकङका अध्यक्ष शशी मदन राईको अध्यक्षतामाउपाध्यक्ष रजिन राईले कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सचिव बिमल राईले कार्यक्रम सन्चालन गरेका थिए ।  बिशेष अतिथि नेपाल बाट आएका धरान नगरपालिकाका पूर्व मेयर ध्यान बहादुर राई र नेकपा एमालेका केन्द्रिय सदस्य शुशिला श्रेष्ठलाई आतिथ्यता प्रदान गरिएको थियो । उक्त कार्यक्रमको अन्य अतिथिहरुमा हङकङका बिभिन्न संघ सस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिती रहेको थियो । प्रमुख अतिथि थापा मगरको बाहुल्यबाट भोजपुर दर्पण,यलम्बर-मुख पत्र र गजलकार बिष्णु नन्द चाम्लिङको गजल संग्रह अन्तर्मनको चित्र बिमोचन गरिएको थियो । किराती राईहरूको उल्लेखनिय उपस्थिती रहेको उभौलीमा पानी परेपनी कुनै प्रवाह नगरी रुझी रुझी नाच्नेहरूको भिड राती अवेर सम्म थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %