आमन्त्रित खेलाडीको गोलले नेपाल प्रहरीद्वारा मोहन बागन पराजित

Read Time:1 Minute, 0 Second

 
काठमाडौंमा भएको मैत्रीपूर्ण प्रतियोगितामा नेपाल प्रहरी क्लबले भारतको मोहन बगान क्लबलाई पराजित गरेको छ । वैशाख ३० गते साँझ भएको खेलामा नेपालले भारतलाई २-० ले हराएको हो ।
 
प्रहरीका लागि दुबै गोल आमन्त्रित खेलाडीहरु सन्तोष साउखल र भरत खवासले गरेका थिए ।

उदीयमान फुटवल स्टार भरत खवासलाई प्रहरी सहायक निरीक्षकमा अनुत्तीर्ण गराएपछि उनले क्लब छाडेका थिए । खवासले ८६ औं र साउखलले खेलको ८० औ मिनेटमा एक गोल गरेका थिए ।  ३४ वर्षपछि नेपाल प्रहरी क्लबले मोहन बगानसँग बदला लिएको हो । सन् १९७८ मा भएको मैत्रीपूर्ण खेलमा बगानले नेपाललाई हराएको थियो ।

तस्विर सौजन्य:- गोलनेपाल डटकम

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %