नेपाल मलेसियामा जारी एसिसि एलिटकपको फाइनलमा प्रवेश गरेको छ । वैशाख २९ गते भएको खेलामा सिँगापुरलाई १०१ रनले पराजित गर्दै नेपालले फाइनल यात्रातय गरेको हो ।
नेपालले प्रस्तुत गरेको २४१ रनको चुनौतिलाई सिँगापुर पुरा गर्न सकेन । ३६ ओभर ५ बलमा अलआउट हुँदा सिँगपुरले १३९ रन मात्रै जोडेको थियो ।
समूह वि विजेता बन्दै नेपालले सेमीफाइनलको यात्रातय गरेको थियो । समूह ए को उपविजेता सिँगापुरलाई पराजित गर्दा नेपालको लगातार पाँचो जीत दर्ता गरेको हो ।
वैशाख ३१ गते नेपालले मलेसियासँग खेल्नेछ ।