गुरुङ फिल्म एशोसियसन नेपाल(जिफान)ले शुभकामना आदान प्रदान तथा चियापान गरी आफ्नो पाँचौ वार्षिकोत्सव मनाएको छ । जिफानको कार्यलय अमरसिँहमा वैशाख २५ गते आयोजित कार्यक्रममा जिफानका प्रमुख सल्लाहकार गुरुङ चलचित्रका वरिष्ठ निर्माता निर्देशक लोकबहादुर गुरुङले केक काटेर उद्घाटन गर्नुभएको कार्यक्रममा जिफानका पदाधिकारी कार्यसमिति आजिवन तथा साधारण सदस्यहरु एवं चलचित्रकर्मीहरुले एक आपसमा शुभकामना साटासाट गरेका थिए ।
जिफानका अध्यक्ष माओत्से गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख सल्लाहकार लोकबहादुर गुरुङ, जिफानका वरिष्ठ उपाध्यक्ष बेदबहादुर गुरुङ, श्याम सचिव राजेश गुरुङ, कानुनी सल्लाहकार कृष्णकुमार गुरुङ, कोषाध्यक्ष गोरे गुरुङ, जसु गुरुङ, प्रेमा गुरुङ, गमन घले, नौजंग गुरुङ, खिमबहादुर गुरुङ, मनोज गुरुङ, सुकलाल गुरुङ, बलबहादुर गुरुङ, सुनिल गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुहुदै गुरुङ चलचित्रकर्मीहरुले गुणस्तरीय चलचित्र निर्माणमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।
जिफानको स्थापना गुरुङ चलचित्रकर्मीहरुको छाता संस्थाको रुपमा २०६५ बैशाख २५ गते गरिएको हो ।
हुम तमु, पोखरा