मगर….र मगरहरु को धर्म….

Read Time:15 Minute, 24 Second

विश्वमा परापुर्वकाल मा मानिसको तिनवटा रंगका महाजाति हरु थिए! निग्रो, कौकसस र मंगोलियन एसियाको मध्ये भागमा मंगोल बंशको मानिसहरुको बसोबास थियो ! मानब विकास को साथै राष्ट्र निर्माणको क्रममा चीनको उत्तर मा मंगोलिया भन्ने देश आज पनि बिधमान छ भने २००० बर्ष पहिले भारत को विहार मा मगध भन्ने देश थियो! मंगोलजति हरू आजभन्दा लगभग ३५००-४०००  बर्ष अगाडि पशुपालन गर्दै दक्षिणी भागतिर सार्दै आएका हुन। पामिर को पाठर बाट तिब्बत को उत्तरी भाग सम्म ठुलो भु-पर्लय भए को थियो भन्ने कुरा चिनिया बिर्तान्तमा उल्लेख गरेको पाईन्छ।यस्तो भु-पर्लय आज भन्दा लगभग ४००० बर्ष अगाडि भएको हुनुपर्छ भन्ने कुरा भु-गर्वबिदहरू बतउछन। यस्तो बिपत्ती बाट बाँच्न को लागि त्यस क्षेत्र र आसपास का मंगोलायी हरू द्क्षिणी भागतिर सर्दै आएका थिए भन्ने सहजै अनुमान गर्नसकिन्छ। संस्कर,सस्किर्ती समय परिस्थिती अनुसार परिवर्तन् हुने भएको ले यी मंगोलयी जतिहरूमा पनि परिवर्तन हुँदै आएको हुनुपर्द्छ। आजभन्दा २२-२५ सय बर्ष अगाडी जात जाति को कुनै लिखित अवशेष पाइदैन ती समयमा मगर लाई मगर भन्ने शब्द ले उच्चारण नगरि कविला, मंग्ग, सिथियन जस्ता नाम ले उच्चारण गरिन्थ्यो । जातिको अवशेष नहुदा धर्म ग्रन्थ को आधार लिनु पार्ने हुन्छ जस मध्य पनि सबै भन्दा पुरानो धर्म ग्रन्थ बुद्ध धर्म ग्रन्थ “त्रिपिटक” मा पनि पाली साहित्य लाई लिनु पर्नेहुन्छ। ती “मंग्ग” जाति लाई नै कोलियन(नाग्) पनि भन्ने गरिन्थ्यो यी कोलियन जाति एक-आपस मा मिलेर आनन्द ले बस्ने भएको ले “मंग्ग” भनिए को हुनु पर्द्छ। अझै पनि मगर भाषा मा “मंग्न” शब्द को प्रयोग भएको पाईन्छ। जस्तो “मंग्नले” अर्थात आनन्द छ भन्ने हुन्छ, भने पाली भाषा म “मुंद” हुन्छ अर्थात आनन्द ! यी शब्द उच्चारण मा मेल हुन जान्छ। “मंग्ग” हरू ले राज्य गर्ने भएकोले “मगध” भनिए को हो। मंग्ग हरू ले बोल्ने भाषा नै पाली भाषा हो जसलाई मगधी भाषा पनि भनिन्छ। उक्त पाली (मगधि) भाषा र मगर ले बोल्ने भाषा ४०-४५ प्रतिशत मिल्न जान्छ। जस्तो- इमं, देम, पुजेम (मगर भाषामा पुजट्न), वक्क, मोचा, सुत्त (मगर भाषामा सुटटा) आनित (मगर भाषामा यानिह्त), आस्स (मगर भाषामा आस्कe), कुतो (मगर भाषामा कुटौ) इत्यादी ! 

त्यति बेला मगध को राजधानी लाई “पटलीपूत्र” भनेर भनिन्थ्यो यद्द्यपी अझै पनि मगर जाति मा पतली मगर थर रहेको पाइन्छ भने मगधी लाई  “मौर्य”   भन्ने गरिन्थ्यो भने मगर जाति को थर मारु, सारु, मायो,ल्हायो, मुरुङ्छन, मारुन्चन, मरु इत्यदी । “मंग्ग” कोलियन नाग हरू को पुर्खा लाई सूर्यबंशी थिए भन्ने कुरा पाली सहित्य मा  उल्लेख गरेको पाईन्छ भने अझै पनि सूर्यबंशी मगरहरू छदैछन।

वास्तवमा हाम्रो पुर्खाको इतिहास लाई खोज्ने हो भने धर्म ग्रन्थ लाई पल्टाउनै पार्ने हुन्छ । अझै पनि मगर जाति लाई बाराही पुत्र भन्ने गरिन्छ मगध का राजा बिम्बिसर का छोरा अजातसत्रु लाई बेदेहीपुत्र भन्ने गरिन्थ्यो पछी उहा आफै राजा भए पछी सबै नाग “मंग्ग” जाति लाई नै बेदेहीपुत्र हुन् भनेर घोषणा गरेको थियो भन्ने बौद्ध साहित्य मा पाइन्छ l त्यहि बेदेहिपुत्र शब्द अहिले सम्म आइपुग्दा बाराहीपुत्र बन्न पुगेको हो !  इशा को 7-8 औ शताब्ती मा पश्चिम कर्णाली को खस हरु को अभिलेख मा “मग्वर” पूर्वी राज्य छ भन्ने उल्लेख गरेको पाइन्छ! पछी मगर र खस हरु छाय्समिस भएर बसोबास गरेको ले मगर र खस हरु को जात मिल्न गएको हो ! जस्तै बुढाथोकी, क्याप्छाकी, थापा, बराल, कुवर इत्यादी !  यसरी मंग्ग-मगध-मंगोर-मगर बने को हुनु पर्छ।

बुद्ध धर्म अनुयायी यी मगधी (मगर्) हरूको राज्यमा शैवबादी हिन्दू ब्रह्म्न शंकराचर्य ले सन ७८८-८२० सम्ममा हजारौं मगधी भिक्षु हरू लाई खुलेआम हत्या गरेका थिए।  बुद्ध धर्म अनुयायी मगधी (मगर)लाई लखेटे कतिपय तिनी हरू सँग अत्मासमर्पण गरेर हिन्दू भएर बसे । W.T.Wilkins….! पछि फेरि मुसल्मान हरू को आक्र्मण को शिकार पनि हुन गएको थियो। मुसल्मान को आक्रमण बाट बाँच्न को निम्मित्त सुँगुर पाल्न थालेका हुन यो मगधी मगर्हरूको चलाखिपन हुनुपर्छ। सुँगुर भएको ठाउँमा मुसल्मान जादैनन्न । दुरुन्चुङ आले मगर को कुलपुजा गर्दा कुलबखान गर्दा हामी मुसल्मान बैरी सँग “युज्जे” युद्ध गर्दा हाम्रो ठाउँ “सग्गलुङ, नग्ग्रलुङ” बाट लखेट्यो त्यस पछि उनिहरु बाट बाँच्न को लागि सुँगुर पल्न थालिउ सुँगुरको मासु खान थालिउ भन्दै कुल बक्नेले बक्ने गरेको सुन्न सक्छौ । मगधी भाषा “सग्ग”अर्थत सुन्दर वा स्वर्ग भने “लुङ” अर्थत मगर भाषा मा फाँट हुन्छ त्यस्तै “नगर” वा “नग्ग्र” शहर हुन्छ। यसरी आफ्नो सुन्दर स्वर्ग जस्तो ठाउँ बाट लखेटिएका मगधी (मगर) त्यस पछि को समय मा बुद्ध धर्म को बज्रयान आपनाए को हुनुपर्छ किन की मगर ले बज्रभैरव को पूजा गरेको पाईन्छ जस्तो की म्याग्दी को अर्जम भन्ने ठाउँमा बज्रभैरुङ भनेर पूजा गर्ने चलन रहेकोछ त्यहा को मगर हरू मा के विश्वास रहेकोछ भने उक्त बज्रभैरुङ थानमा पूजा गरियो भने च्ट्यङ (बज्र) लाग्दैन, असिना, पानी पर्दैन भन्ने विश्वास गरिन्छ l त्यस्तै गोर्खा को मनकामना मा पनि बज्रभैरव को पूजा गर्ने गरिन्छ । मनकामनामा रहेको बज्रभैरव को मुर्ती प्रत्येक १२ बर्षमा हुने स्वयम्भु पूजामा स्वयम्भुमा ल्याउने प्रचलन रहेको छ। स्मरण रहोस् स्वम्भु चैत्य २५०० बर्ष पुरानो चैत्य हो। यद्यापी मनकामनामा मगर् नै पुजरी रहेकोछ l  बज्रभैरब भने को बोधिसत्व हुन । बुद्ध धर्म को बज्रयान शाखामा मन्त्रको धेरै प्रयोग गरिएको पाइन्छ। मगरहरू धामी झाक्री हुने प्रकिर्तीको पूजा गर्ने हुन भन्ने कुरा पनि जोडिन्छ मगरको धर्म पनि यहि हो की भन्ने गरेको पाईन्छ l धर्म को अर्थ “धारेति ती धम्म” प्रकिर्तिक रुपमा परिवर्तन् भएको स्वभाबलाई जान्नु वा धारण गर्नु धर्म हो अथवा प्रकिर्तिक रुपमा परिवर्तन हुने स्वभाब धर्म हो । उदाहरणको लागि आगोको स्वभाव भनेको जल्नु, जलाउनु, पोल्नु आदि हो ! यो कुनै पनि “जातपात, उच-निच, धनि-गरिब” आदिको ख्याल नगरी सबैलाई एकैनास जलाई दिन्छ, पोलिदिन्छ त्यसैले यो धर्म हो।  भने पाप को अर्थ रिस, राग, क्रोध, लोभ, मोह, डाह उत्पन गर्नु जगाउनु नै पाप हो । पूजाको अर्थ सेवा गर्नु संरक्षण गर्नु हो, पूजा को अर्थ बिनाश गर्नु हत्या गर्नु होइन । नकी धर्म भनेको हिन्दू, बुद्धिस्ट, क्रिसटीयन, मुस्लिम नै हो यी भनेको त सम्प्रादाय मात्र हुन । धर्म सबै को एउटै हुन्छ त्यो हो प्रकिर्तिक रुपमा परिवर्तन् हुने स्वभाब । बुद्धले यहि प्रकिर्तिक रुपमा परिवर्तन हुने स्वभाब लाई जान्ने शिक्षा सिकाउनु भयो त्यसैले बुद्धको शिक्षा नै धर्म हो । मगर जातिको एतिहासिक एबम सास्कृतिक परम्परालाई अध्यन नगरी हिन्दु वा प्राकृतिक पुजक हौ भन्नु गलत हो l किन कि यी तर्कहरु मगरको एतिहासिक आधारमा आधारित छैनन् l मगर हिन्दु हुनको लागि बर्णश्रमको ब्यबस्थालाई स्विकारेको हुनु पर्छ ठुलो सानो जात भनेर छुटाएको हुनु पर्छ ! जुन मगर समाजमा पाइदैन l हिन्दुहरुले मानेको देवताहरुको मन्दिर मगरले बनाएको पाइदैन l समयको कालखण्डसंगै मगरले आफ्नो राज्य गुमाए पछी ब्रामणको प्रभुत्तोसंगै अन्तत: मगरले आफ्नो प्राचिन मौलिक धर्म बुद्ध धर्म बिस्तारै बिर्सदै गए l तर पनि मगर समाजमा ब्रामणहरुले आफ्नो पेट पाल्न कर्मकाण्ड पुरेत्याई बाहेक मगर समाजमा आफ्नो जरा गाड्न सकेन l मगरको परम्परागत सस्कृतिले पनि मगरहरु हिन्दु होइन भन्ने कुरा प्रष्ट हुन्छ l मगर प्राकृतिक पुजक हुन् भन्ने कुरामा मगर मात्र होइन सबै मानव जाति नै प्राकृतिक पुजक हुन् l पछि राज्यसत्ताले मगरहरूलाई जबर्जस्ती हिन्दुकरण गरिएको हो । हिन्दू राज्यसत्ताले मगरहरूलाई यति सम्म दम्मन गरेर राखेयो कि मगरले मगर भाषा बोल्यो बुद्ध धर्म मान्यो भने ४ पैसा जरिवान पनि लगाइयो l जसको करणले मगरहरूले भाषा, धर्मलाई आफू बच्नको लागि त्यग्नु पारेको थियो। मगरहरूलाई ४ पैसा दण्ड लगाइएको क्षेत्र बाग्लुङ, म्यग्दी, पर्वत र गुल्मी हो।  Shamanism भनेको हिन्दू धर्म कै अंश हो किन की यसमा धेरै शिवको काहानी जोड्दिने गर्छ  यी कुरालाई Shamanism research center Kathmandu, Nepal का संस्थापक मोहंन राइ पनि स्विकारछन ।

मानव बसोबास नभएको ठाउँमा जुन जाति पहिलो चोटि पुगेर बसोबास गर्छन् त्यस ठाउँको नाम पनि आफ्नै भाषामा राख्ने गर्छन् l नेपाल को अधिकांश नदि नाला, ठाउँहरूको नाम मगर भाषामा रहेको पाईन्छ ।  मगरको सास्कृतिक परम्परा बुद्ध धर्मसंग मेल रहेकोछ l जस्तो चण्डी पुजा, भगवान बुद्ध गृहत्याग गरेर जानु भए पछी उहाले आफ्नो कपाल जसलाई “चुडा” भनिन्छ काटेर फाल्नु हुदा उक्त कपाललाई देवताहरुले लगेर पुजा गर्थे भन्ने विश्वास मा नाग “मंग्ग” हरुले चुडा पुजा गरेका हुन् त्यहि चुडा पुजा भन्दा भन्दै चण्डीपुजा हुन गएको हो l पछी हिन्दु ब्रामणको प्रभाव बढे पछी सोहि चण्डी पुजालाई बलि पुजाको रुपमा परिवर्तन गरिएको हो l नाग “मंग्ग” हरुले बुद्ध भगवानलाई देउ- बडा भनेर पुजा गर्ने गरिन्थ्यो मगर भाषामा देउ को अर्थ देवता र बडा को अर्थ ठुलो भन्ने हुन्छ देवताहरुमा पनि सबै भन्दा ठुलो देवता भनेर पुजा गरेको पाइन्छ तर त्यहि पुजा लाई हिन्दुहरुले एउटा शक्ति पिठको रुपमा पशु बलि दिएर देउबाराही बनाए l अझै पनि मगरहरुको घरमा कमल फुल को बुट्टा कुद्दने चलन छ बुद्ध धर्ममा कमलको फुललाई शुभ चिन्हको रुपमा लिइन्छ भने बुद्ध धर्ममा भिक्षुहरुले भिक्षा मागेर जीवन यापन गर्नु पर्ने नियम भएकोले भिक्षु हुने परम्परा मगर समाजमा हराएर गएको भएता पनि इलामको बर्दुबतासे भन्ने गाउका समल मगरहरुले बर्षको एक पल्ट भिक्षुहरुको कठिन दानको समयमा भिक्षा माग्ने चलन अझै रहेकोछ l यी कुराहरुले पनि हामी मगरहरु बुद्ध धर्मको नजिक रहेका छौ l सम्बन्धको हिसाबले पनि बुद्ध भगवानको आमा महामायादेवी कोलियन नाग “मंग्ग”  राजाका छोरी हुन् भने बुद्ध भगवानले आफ्नै मामाको छोरी यसोधरासंग बिहे गरेका थिए जुन मगर समाजमा अझै पनि आफ्नो मामाको छोरी बिहे गर्ने चलन छ!

मगरको शब्दिक अर्थ कोट्याउन खोजे को मात्रै हुँ यो मेरो अधयन मात्र हो पूर्ण रुप भने होइन।  अझै अध्यन अनुसन्धान को जरुरी रहेकोछ।  

अन्तिम मा भगवान बुद्धको शिक्षा सार्वजनिक असम्प्रादायीक शिक्षा हो l सबै मानव प्राणीको लागि हो सबैले बुद्ध शिक्षालाई पालना गरौ…!!! सबै को कल्याण होस्……..!!!!

भवतु सब्ब मंगलंग……..!!!!!!!

भिक्षु-नाम मगर
थाईलण्ड

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %