अर्थ राज्य मन्त्री खेवाद्धारा सम्बोधन: धेरैमा १० प्रदेश हुने

Read Time:1 Minute, 14 Second

६ मे हंगकंग, हिन्सको कार्यालय, याउ मा तेइमा लिम्बुवान मुक्ति मोर्चाद्धारा आयोजित अन्र्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै धनकुटा क्षेत्र नं. २ का सभासद तथा लिम्वुवान मुक्ति मोर्चा नेपालका केन्द्रिय कोषाध्यक्ष साथै अर्थ राज्य मन्त्री हरिराज खेवाले नेपालमा धेरैमा १० प्रदेश हुने बताए । फिलिपिन्सबाट आउने क्रममा हंगकंग ट्रान्जिट भएका खेवाले प्रमुख आतिथ्य ग्रहण गर्दै विशेष गरेर आदिबासी र लिम्वुवानको बारेमा अन्र्तरक्रियामा बोलेका थिए । मोर्चाका अध्यक्ष एम वि थोप्राको अध्यक्षतामा, सचिबको सञ्चालन र सहसचिब बेद प्रसाद लिम्बुले स्वागत मन्तब्य दिएका थिए । विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरुले आतिथ्य ग्रहण गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %