स्याङ्गजा जिल्लाको आलमदेवी गाविसको कोटाकोट बेशीमा मगरहरुको महान पर्व यौनाटको अवसरमा प्रथम जीउमामा नृत्य प्रतियोगिता कोटाकोट मगर सेवा समाजको प्राङ्गगणमा सम्पन्न भयो । जनजाती महासंघ आलम देवी आयोजक तथा कोटाकोट मगर सेवा समाज सह-आयोजक रहेको उक्त कार्यक्रमम समाजका अध्यक्ष ओमबहादुर िसंजाली मगरको अध्यक्षता तथा नेपाल मगर संघका केन्द्रिय समितिका अध्यक्ष महेन्द्र थापाकॊ प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा स्थानीय बुिजीवी शिक्षकहरुको सहभागिता थियो ।
हिमालयन इन्टरनेशनल बोर्डिङ स्कूलका प्राचार्य तथा यौनाट डकुमेन्ट्रीका निर्देशक भीम राना मगरको संयोजकत्वमा सम्पन्न प्रतियोगितामा स्थानीय मुक्ति नाथ आमा समूह, झेबिरडाँडा जनविकास समिति, आलम देवी समाज सेवा, संजिवनी यूवा संघ, लसर्घा वेशी तथा सृजनशील आमा समूह कोटाकोटका गरी जम्मा ५ वटा समूहले सहभागिता जनाएका थिए । उक्त प्रतियोगितामा सहभागी समूहमध्ये जनविकास समिति प्रथम, सृजनशील आमा समूह द्वितीय र आलम देवी समाज सेवा समिति तृतीय भई क्रमशः रु. १००००, रु.५००० र रु ३००० नगद पुरस्कार प्राप्त गर्न सफल भए । प्रतियोगितामा सहभागी अन्य दुई समूहलाई पनि प्रोत्साहन स्वरुप रु १०००सान्त्वना पुरस्कार प्रदान गरियो ।
मगरहरुको मौलिक पर्व यौनाट तथा यो पर्वमा नृत्य गरिने जीउमामा नाचको संरक्षणको लागि आयोजना गरिएको यस ऐतिहासिक जीउमामा नृत्य प्रतियोगिताको पुरस्कारको प्रायोजन हङ्गकङ्गबाट लक्ष्मण थापा मगर, एमवी थापा मगर, केशु थापा मगर र रमेश थापा मगरले गरेका थिए । त्यसैगरी एमएस थापा मगर, लालबहादुर थापा मगर र लुद्र बहादुर पल्ली मगरले पनि उक्त प्रतियोगिता सम्पन्न गर्न आर्थिक सहयोग गरेका थिए ।