थापा लेख्ने कि ठापा ?

Read Time:2 Minute, 36 Second

जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य सचिव लोकबहादुर थापा मगरले मगर भाषामा लेख्दा कथ्य परम्परालाई पछ्याउनु पर्ने बताएका छन् । प्रतिष्ठान र नेपाल आदिवासी मगर फाउण्डेसनले वैशाख १९ गते ललितपुरमा आयोजनाका गरेको कार्यक्रममा कार्यपत्र प्रस्तुत गरेका थापाले बहादुरलाई बहाडुर थापालाई ठापा गतेलाई गटे दुधलाई डुट लेख्न सुझाएका हुन ।

मगर भाषामा मानक लेखन शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थापाले मगर लेखक संघसंग मिलेर आफूले विगतमा गरेका कार्यक्रमलाई आत्मघाती गोलको संज्ञा दिए । उनले मगरहरुको आधिकारिक अक्खा लिपीको घुमाउरो पारामा विरोध गरे ।

फाउण्डेसनका अध्यक्ष श्याममाया पुनको अध्यक्षतमा सम्पन्न कार्यक्रममा मगर लेखक संघका उपाध्यक्ष विष्णुकुमार सिँजाली, मगर पाठ्यपुस्तकका लेखक मानबहादुर थापा, नेपाल प्रज्ञा प्रतिष्ठानका विष्णु प्रभात लगायतले बहादुरको साटो बहाडुर रुपन्देहीको साटो रुपन्डेही काठमाडौंलाई काठमादौ लेख्दा मगर युवाहरु लोकसेवा लगायतले लिने सरकारी परिक्षामा अझैपछि पर्ने धारणा राखेका थिए ।

हिमालयन इन्टरनेशनल बोर्डिङका पि्रिन्सपल भीम राना मगर मगर, चलचित्रकर्मी सन्जोग लाफा मगर लगायतले मगर संघको निर्णय अनुसार अख्खा लिपि नै मगरहरुको आधिकारिक लिपि भएको धारणा राखे । अख्खा लिपिको विरोध गर्नु भनेको पराजित मानसिकताको उपज मात्रै भएको वक्ताहरुको भनाई थियो ।  

कार्यक्रमका प्रमुख अतिथि मगर संघका वरिष्ठ उपाध्यक्ष बसन्त घर्ति मगर, मगर लेखक संघका अध्यक्ष कर्ण बुढा, मगर विद्यार्थी संघकी रेनुका काउछा, ताराबहादुर थापा लगायतले पूर्वाग्रह राखेर अनावश्यक विरोध गर्नुभन्दा वैज्ञानिकतालाई जोड दिनुपर्ने धारणा राखे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %