२८ अप्रील हंगकंग, चेमजोङ परिवार हंगकंगको आयोजनामा याउ मा तेइ कम्यूनिटी हलमा लिम्वु चलचित्र माराम प्रर्दशन भएको छ । परिवारका अध्यक्ष भूपेन्द्र चेम्जोङको अध्यक्षता सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुडका अध्यक्ष कृष्ण राज लावती प्रमुख अतिथि रहेका थिए । नेपालबाट आएका मारामका लेखक तथा निर्दैशक र आदिवासी जनजाति चलचित्र महासंघका सचिव सूर्य प्रकाश चेम्जोङले माराम बनाउनको उदेश्यको बारेमा प्रकाश पार्दै लिम्वुहरुको धर्म र सस्कृति र आदिवासी जनजातिको कुरालाई अगाडि बढाउन र विशेष सन्देश दिनु रहेको बताएका थिए । आदिवासी जनजातिको चलचित्र प्रर्दशन गर्नको लागि हलहरु नपाउने, सेन्सर गर्दा यो भएन र त्यो भएन भनेर सेन्सर बोर्डले दुख दिने गरेको तितो यथार्थ पनि भनेका थिए ।
नायिका सिमाङ किरात धर्म प्रति समर्पित हुन्छिन भने नायक समिप किरात धर्म प्रति आस्था राख्दैनन् । नायक सेनामा जागिरे हुन जानु अगावै उनीहरुको प्रेम एफेयर चलेको हुन्छ । तर नायिका बलिपूजाको विरोध गर्छिन र बलिपूजा रोक्ने अभियानमा लाग्छिन । तर नायक बलिपूजा गर्ने पक्षमा हुन्छ । यसरी उनीहरुको र्धािर्मक भावनाको संगम हुन नसके पछि दुई विचको सम्वन्धको अर्को समाधान खोजिएको पाइन्छ ।
समग्रमा लिम्वुहरुको धर्म र संस्कृतिलाई जर्गेना गर्ने उदेश्यले चलचित्र माराम बनेको हुन पर्छ । लिम्वुहरुको धर्म किरात हो र मान्नु पर्छ भन्ने सन्देश पनि दिन खोजिएको छ । तर काटमारको संस्कारबाट जेलिएको लिम्वु परम्परा शुभकार्य होस वा अशुभ मासु नभइ नहुने चलन छ । त्यसमा पनि मांशहारी स्वादमा लठ्ठीएको जिव्रोको लागि यो किरात धर्मले अप्ठ्यारो पारेको बुΣन सकिन्छ । तर पनि धर्मप्रति आस्था राखेर काम गर्ने हो भने समाज सभ्य बन्न र मान्छे परिबर्तन हुन समय लाग्दैन l
हंगकंगमा माराम प्रदर्शन
Read Time:2 Minute, 48 Second