“बाहुन र बाहुनबादीहरूले मुलुकमा परिवर्तन चाहेका छैनन् “

Read Time:11 Minute, 44 Second

म बाहुनहरूलाई मात्र होईन बाहुनबादीहरूलाई (एकात्मक पुरातनबादी सोचले ग्रसित ब्यक्ति र समूहलाई बाहुनबादी भन्न रुचाउछु मैले र त्यो सत्य पनि हो) यो सुझाव दिदैछु । यसमा बाहुनहरू र केही गैर बाहुनहरू पनि पर्नु हुन्छ । नेपालको बाहुनहरू र केही गैर बाहुनहरू बाहुनबाद सिद्धान्त र शैलिमा नेपालको सबै भन्दा ठुलो शक्ति र समूह, आदिवासी जनजातिहरूको बिरुद्धमा उभिएको छ । आफूहरूले दशकौ देखि एक छत्र रजाइ गर्दै आएको एकाधिकार खोसिने डरले अझै पनि हिजो पछाडि पारिएका समूह र बर्गहरूलाई अगाडि बढ्न दिनु हुन्न भन्ने मै छन् र अझै पनि तानावाना बुन्दै छन् बाहुनबादहरूले । आदिवासी जनजातिहरूले समान अधिकार सहितको परिबर्तित नयाँ नेपाल चाहेका र खोजेका छन् । मुलुकले परिवर्तन खोजेको छ भनिन्छ त्यो परिवर्तन वास्तव मै बाहुनबादीहरूले चाहेका र खोजेका छैनन्, त्यो वास्तबिक परिवर्तन नेपालको सबै भन्दा ठुलो शक्ति र समूह, आदिवासी जनजातिहरूले खोजेका छन् । बाहुन र बाहुनबादीहरूले मुलुकमा परिवर्तन चाहेका छैनन् भन्ने कुरा हामी आदिवासी जनजातिहरूले प्रत्यक्ष गन्ध तीन ठुला राजनितिक दलका शिर्ष बाहुन नेताहरूको पछिल्लो कृयाकलाबहरुबाट थाहा पाइरहेका छौ ।

हामी सबैले ०६२/०६३ को दोश्रो जन आन्दोलनमा पनि बहुसंख्यक आदिवासी जनजातिहरूको प्रत्यक्ष संलग्नता र सहभागिता देखेका थियौं । त्यस पछिको आदिवासी जनजातिहरूको निरन्तर आन्दोलनको उपज नेपाल सरकारको तत्कालिन शान्ति मन्त्री र आदिवासी जनजाति संघर्ष समिति बिच २० बुढे सम्झौता भयो । तर त्यो २० बुढे सम्झौता अहिले कोमामा बस्न वाध्य भएको छ । त्यो २० बुढे सम्झौता अझै कार्यान्वयन हुन बाँकी नै छ । त्यस्को पूर्ण कार्यान्वयनको लागि तथा जनजातिहरूको पूर्ण अधिकार प्राप्तीको लागि आदिवासी जनजातिहरूले आज सम्म पनि आन्दोलनलाई निरन्तरता दिइरहेकै छन् । आदिवासी जनजातिहरूले निरंकुश राजतन्त्रको बदलामा बाहुनबादको गणतन्त्र खोजेको होईन र बाहुनबादलाई सर्बोच्चता मानेको छैन । हिजोको निरंकुश राजतन्त्रात्मक पद्धतिमा पनि त्यहि बाहुनबादको हाबी मुहाली हामीले प्रत्यक्ष भोगेकै र देखेकै थियौं । त्यसैले हामी आदिवासी जनजातिहरूले निरंकुश राजतन्त्रको साथ साथै त्यहि बाहुनबादको हाबी मुहालीलाई पनि समाप्त पारेर समान अधिकार सहितको नयाँ गणतान्त्रिक पद्धतीमा मुलुकलाई बदल्न खोजेका छौ । बाहुनबादीहरूले हिजो निरंकुश राजतन्त्रसँगको साझेदारीमा मुलुक कै सबै भन्दा ठुलो शक्ति र समूह, नेपाल आदिवासी जनजातिहरूलाई बाइ पास गरेर, तिनीहरूको अधिकारलाई खोसी एकात्मकबाद लादेको पनि ईतिहास साँक्षी छदै छ । तर अझै पनि नेपालको वास्तबिक परिवर्तनलाई बुझेर पनि बुझ पचाइ उही बाहुनबाद लाद्न  खोजिन्छ भने त्यो परिबर्तित नयाँ नेपाल कुनै हालतमा हुनै सक्दैन । आदिवासी जनजातिहरूले यो पनि महसुस गरेका छन् की बाहुनबादीहरूले जनजातिहरूको ठुलो सहयोगमा निरंकुश राजतन्त्रलाई सत्ताबाट गलहत्याउन सफल भयो र अहिले बाहुनबादीहरूले एकलौती रुपमा सत्ता हडापेर बाहुनबाद पूर्ण रुपमा लाद्न खोजिएको भान हामीलाई भएको छ । हिजो निरंकुश राजतन्त्र हुँदा बाहुनबादीहरूको राजतन्त्रसँग प्रत्यक्ष रुपमा साझेदारी थियो । अब बाहुनबादीहरूले एकलौती रुपले मुलुकमा एक छत्र रजाइ गर्न खोजेका छन्, भन्ने बुझ्दै छौ हामी । तर बाहुनबादीहरू अब यो दुस्सपना नदेख्दा र दुस्साहस नगर्दा हुन्छ । आदिवासी जनजातिहरू बाहुनबादीहरूले जस्तै जसरी आदिवासी जनजातिहरूलाई गलहत्याएर पूर्ण रुपमा बाहुनबाद लाद्न खोजिए जस्तो जनजातिहरूले बाहुनबादीलाई गलहत्याएर मुलुक टुक्र्याइ एकलौती शासन गर्न खोजेको पनि होईन । नेपाल आदिवासी जनजातिहरूले मुलुकमा बस्ने सबै बर्गहरू र जात जातिहरूको समान हैसियत र सहभागिता सहितको समान प्रतिनिधित्व हुने गरि राज्यमा साझेदारिता खोजेका छन् ।  कैयौ दशक यता डुंगामा एकल सैयर गर्ने बाहुनबादीहरूलाई सन्तुलन मिलाउनको लागि डुंगाको अर्को पट्टी जनजातिहरूले पनि संगै सैयर गरौ, त्यसो गर्दा सन्तुलन मिलेर त्यो डुंगा बिना दुर्घटना नदी पार गर्नेछ भनेको छ जनजातिहरूले । यदि जनजातिहरूलाई नदी वारी नै छाड्ने प्रयत्न गरेर एकलै डुंगा सैयर गर्न खोजियो भने डुंगाको सन्तुलन नमिलेर नदीको बिचैमा त्यो डुंगा घोप्तिएर सबै बाहुनबादीहरू नदीमा नडुबियोस भनेका छौ हामी आदिवासी जनजातिहरूले ।       

अब अहिलेको प्रमुख बिबादमा रहेको बिषय उठाऔ, राज्य ूपुनस् संरचनाू जुन अती नै जटिल र सम्बेदनशील बिषयको रुपमा लिइएका छन् । यदि राज्य पुनस्संरचना गर्दा जातिय पहिचान बिनाको संघिय राज्य बनाउने प्रमुख ठुला तीन राजनितिक दलहरू भनाउदाहरू र संघियता बिरोधीहरूले फेरि पनि आदिवासी जनजातिहरूलाई अधिकार बिहिन बनाउने दुस्साहस त के कल्पना सम्म पनि नगरे हुन्छ । जातिय पहिचान सहितको संघियता बनाउदा देश टुक्रिन्छ भनि अभिब्यक्ति दिनेहरू मुलुकको पुरातनबादी सोचले ग्रसित एकात्मक अराष्ट्रबादीहरू हुन् भन्ने हामीले प्रस्ट बुझेका छौ । मुलुक एउटा बहु-जाति, बहु-भाषी, बहु-धार्मिक तथा बहु-साँस्कृतिकले सम्पन्न राज्य हो भन्ने कुरा व्यबहारिक रुपले संघियतामा ढालेर जनजातिहरूले देखाउन खोजेको हो भने त्यसले सिंगो राष्ट्रको एकताका लागि सहयोग गर्छ नकी मुलुक टुक्रिन सक्ने । हिजो नेपाल मुलुकमा हरेक जात जाति धर्मावलम्बीहरूको बसोबास हुँदा हुँदै अल्प संख्यक बाहुनबादी अथवा हिन्दुबादी समूहले नेपाल बिश्व कै एक मात्र हिन्दू राष्ट्र नेपाल भनि रहदा बहुसंख्यक आदिवासी जनजाति र अहिन्दुबादीहरू चुप लागि सहेर बसेकै थियो त l  आदिवासी जनजातिहरूको आफ्नै धर्म र संस्कृती हुँदा हुँदै मिचाहाबादी प्रबृतीले ओत्प्रोत एकात्मक हिन्दुबादीले नेपालका सबै जनताहरूलाई जबर्जस्ती हिन्दू बनाइदा पनि सहेरै चुप चाप बसेकै थियो त l  ल हेर्नुस् त, कति धैर्य गरे होलान् त ती आदिवासी जनजातिहरू अथवा अहिन्दुबादीहरूले ।

आदिवासी जनजातिहरू अथवा अहिन्दुबादी नेपाली जनताहरू जस्को आफ्नै पहिचान, धर्म र संस्कृती छ है र त्यसलाई अब बल्ल नेपालले विश्व सामु बहु-साँस्कृतिक, बहु-भाषिक र बहु-धार्मिक राष्ट्रको रुपमा नयाँ संबिधानबाट विश्वमा चिनाउन खोज्दा अथवा नेपालको वास्तबिक परिचय विश्व सामु चिनाउन खोज्दा कसरी मुलुक टुक्रिन सक्ने भन्ने हुन्छ रु मुलुकको वास्तविक बिशेषता र पहिचान विश्व सामु छर्लङग पार्ने कोशिश् गर्दा देश टुक्रिनेछ भन्नेहरू उल्टो बुद्धिका र यथास्थितिबादीहरू नै हुन् भन्ने आदिवासी जनजातिहरूको ठहर हो । तिनीहरू त कैयौ बर्ष देखि हामी जस्ता आदिवासी जनजातिहरू अथवा अहिन्दुबादी नेपाली जनताहरूको अधिकारलाई खोसेर लत्याएर आदिवासी जनजातिहरू माथी शासन जमाउन खोजिएको दुस्प्रयास र कुचेष्टा गर्न खोजिए कै हो भन्ने बुझेका छन् । 

हिजोको एकात्मक र एकाधिकारबाद मिचाहा राज्य सत्ताले मुलुकको हरेक भाषा भाषीहरूलाई आफ्नो भाषा प्रयोग गर्नबाट बन्देज बनाई एउटा मात्र नेपाली भाषालाई राष्ट्रिय भाषा बनाई जबर्जस्ती प्रयोग गर्न वाध्य पारियो । बहु-धार्मिक बिशेषता भएको मुलुकलाई एउटै मात्र हिन्दु धर्ममा लाद्ने काम गरियो । यो तानाशाही हिन्दुबादी प्रबृती हो की होईन रु  बिभिन्न जात जातिहरूले आ-आफ्नो भाषालाई जिवित गरि प्रयोगमा ल्याउन पाऊँ, आ-आफ्नो खोसिएको अधिकारहरूलाई पुनर्बहाली गरि आत्मा निर्णयको अधिकार प्रयोग गर्नु पाऊँ । कसैको डर र त्रासबाट मुक्त भै स्वइच्छाले निर्धक्कसँग जिउन पाऊँ भन्ने जस्ता कुराहरू के प्रजातान्त्रिक पद्धती भित्र पर्दैन र ? के आफूले प्राप्त गरेको अधिकार सदुपयोग गर्दा देश टुक्रिन्छ र ? 

हुम सुनारी मगर
अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ, साउदी अरेबिया   

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %