१३ मार्च हंगकंग, नव वर्ष २०६९ को अबसरमा डीएबि एथ्निक मैनोरोटिसज कमिटीले याउ मा तेइ कम्युनिटी हलमा कार्यक्रम आयोजना गरि सभापति अल्बेर्ट लाम ले खुसि व्यक्त गर्दै नेपालीमा सुभकामना दिएका थिए l
उनले नेपाली नव वर्ष डीएबि एथ्निक मैनोरोटिसज कमिटीले अहिलेसम्म गरेर सात पटक मानिसकेको जानकारी गराउदै आगामी दिनमा हामी सदैब नेपाली समुदाय बीच हुनेछौ भनि बचन बद्ध गरेका थिए l उक्त कार्यक्रममा डीएबि केन्द्रीय समितिकी उपसभापति तथा लेजिस्लेतिब काउन्सिलर ली वाइ किंग स्ताररी, याउ चिम मोंग डिस्ट्रिक काउन्सिलर बेनी योंग, क्रिस्प इप, डेरेक हंगले पनि सुभकामना दिएका थिए l कार्यक्रममा आदिबासी जनजाती महासंघका सभापति एम बि थापा मगर तथा हंगकंग नेपाली महासंघका सभापति प्रदिप थापा मगरको पनि उपस्थिति रहेको थियो l मगर संघ हंगकंगकि सभापति चन्द्र ज्योति आले मगर तमु ट्य ह्येलका सभापति अर्जुन गुरुङ तेस्तै विभिन्न संघ सस्थाका सभापति तथा प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो l

भिम बरही मगर